Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीः आगलागी र आहारा अभावले मर्दैछन् पहाडका गिद्ध
बैतडीः आगलागी र आहारा अभावले मर्दैछन् पहाडका गिद्ध
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, फागुन २९, २०७९

बैतडी, 
बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धनाथ धाम क्षेत्र प्रकृतिको कुचीकारको रुपमा रहेको गिद्धको उपयुक्त बासस्थान हो । ठुलो भीर रहेको यस क्षेत्रमा बाह्रैमास चिल तथा गिद्धहरु देखिने गरेका छन् । विगत एक दशकदेखि बेलाबेला गरिदै आएको अध्यान, अनुसन्धान तथा अनुगमनका क्रममा औधीमात्रामा गिद्धहरु देखिने गरेको भएपनि पछिल्ला केही वर्षयता यस क्षेत्रमा गिद्धको संख्या स्थिर रहेको चरा विज्ञ तथा अनुगमनकर्ता  बताउछन् । 


‘पाटन–८ सिद्धनाथ धामको भीरमा वर्षाैदेखि गिद्धहरु बस्दै आएका छन्, यहाँ गिद्धको लागि उपयुक्त बासस्थान पनि छ,’ नेपाल पंक्षी संरक्षण संघका चरा विज्ञ हिरुलाल गङौरा भन्छन्, ‘केहि वर्षयता गिद्धहरुको चहलपहल कम छ, गिद्धको संख्या स्थिर देखिएको छ, यो संक्षणका हिसाबले राम्रो संकेत होइन,’ चरा बिज्ञ डङौराले भने । अतीसंकटापन्न सूचीमा रहेको गिद्धको संरक्षणमा चुनौती थपिदै गएको चरा विज्ञ गङौरा बताउछन् । पहाडी क्षेत्रमा गिद्धका लागि आगलागी र आहारा अभाव मुख्य समस्या रहने गरेको छ ।  फागुन देखि जेठसम्म प्रजनन गराउने समयमा रहेकाले यहिँ समयमा आगलागीका घटनाहरु बढ्ने गरेकोको चराबिज्ञ डङौरा बताउछन् । ‘पहाडी क्षेत्रमा आहाराको कमी पनि एउटा कारण हो, त्यसैमाथी आगलागीको पनि जोखिम छ, प्रजनन हुने समयमा अगलागीका घटना बढ्न भएकाले चुनौती थपिउको छ,’ उनले भने  । गिद्धले आहरा खोज्न बासस्थानाट सय किलोमिटर दुरीसम्म जाने गर्दछ ।   

गिद्धको उपयुक्त बासस्थानमा समेत गिद्धहरुको संख्या स्थिर रहेका अवस्थामा अन्य क्षेत्रमा भने गिद्ध देखिनै छाडेका छन् । बैतडीको पाटन नगरपालिका ३, ८, ९ र १०, सिगास गाउँपालिका–७ र ८ र पुर्चाैडी नगरपालिका केहि क्षेत्रमा गिद्धहरु देखिने गरेका छन् । तर यी क्षेत्रमा पनि पछिल्लो समयमा फाट्टफुट्टमात्रै गिद्ध देखिने गरेका छन् । अन्य क्षेत्रको तुलनामा पाटन– ८ को सिद्धनाथ धाममा गिद्धहरु बढी देखिन्छन् ।  

चरा विज्ञका अनुसार बैतडीमा हिमाली गद्ध, हाडफोर, गोब्रे गिद्ध(सेतो गिद्ध), राज गिद्ध, सुन गिद्ध, डङर तथा सानो खैरो गिद्धगरी आधादर्जन बढी गिद्धहरु बस्ने गरेका छन् । गिद्धहरु आफैले सिकार नगरीकन मरेका जनावर तथा सिनो खाने गर्दछन् । फोहोर तथा हानिकार मासुजन्य सिनोलाई खाएर वातावरणलाई प्रदुशित बनाउनबाट जोगाउने गरेको छन् । गिद्धले हानिकारक तत्वलाई पनि पचाउनसक्ने क्षमता हुने भएकाले वातारवरणलाई पनि स्वच्छ राख्ने काम गर्दछ । 

पछिल्लो समयमा डाइक्लोफेनेकसँगै किटोप्रोफेन, निमुस्लाईड(जनावरमा दुखाई कम गर्ने औषधी)जस्ता औषधीको प्रयोगले पनि गिद्धको स्वास्थ्य प्रतिकूल असर पुर्याउने पनि गिद्ध संरक्षणमा चुनौती थपिएको चराबिज्ञहरुको भनाइ छ । यतिमात्रै होइन विद्युतीय धरापमा परेर पनि चील लगायत सिकारी प्रजातीका चराहरु मर्ने गरेका छन् । बासस्थान छेउछाउ भएर जाने हाइटेन्सन विद्युत लाईनमा ठोक्कीएर पनि चिल तथा गिद्धहरु मर्ने गरेको चरा विज्ञ डङौरा बताउछन् । ‘सिकारु चराहरुको ध्यान सिकारमा हुन्छ, द्रुत गतीमा उडिहरहेका चिल तथा गिद्धहरु हाइटेन्सन लाईनमा ठोक्किएर पनि मर्ने गरेका छन्,’ । 

हाइटेन्सन विद्युत लाईन, आगलागीका कारण बासस्थान मासिनु र हानिकारक औषधीका प्रयोगले गिद्धहरु लोप हुने अवस्थामा छन् । तर बैतडी लगायत सुदूरपहाडमा आहारा अभावमा गिद्धहरु लोप हुने अवस्थामा पुगेका छन् । 

आहाराको कमीले गर्दा गिद्धहरु लोप हुने अवस्थामा यहाका स्थानीयहरु पनि बताउछन् । बासस्थान सुरक्षीत रहेको अवस्थामा आहारा नै नपाउने गरेका कारणले पनि गिद्धहरु नदेखिने स्थानीयहरु बताउछन् । ‘किसानहरु गाईभैंसी खुबै पाल्थे, मरेको अवस्थामा खोला कन्लामा फाल्थे, गिद्धहरु पनि आउथे,’ पाटन नगरपालिका ३ का स्थानीय मान सिंह बिष्ट भन्छन् ‘पछिल्लो सयमा भैुंसी पाल्नै छोडे, पाल्नेहरु पनि मासु प्रयोजनको लागि बिक्रि हुन थाले, अहिले पशुहरु मरेको अवस्थामा पनि खाडलमा गाड्ने गरेकाले गिद्धहरु देखिदैनन्,’ उनले भने ।
गिद्ध संरक्षणको लागि प्रदेश र संघीय सरकारले आवस्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने पाटन नगरपालिका ८ का वडा अध्यक्ष हरिश बिष्ट बताउछन् । ‘पालिकाको तर्फबाट बन्यजन्तु र पशुपंक्षी संरक्षण तथा आगली नियन्त्रणका लागि सचेतनाका सामान्य कार्यक्रमहरु भइरहन्छन् तर गिद्ध संरक्षणका लागि प्रदेश र संघीय सरकारले ठोस कार्यक्रम सञ्चालन गर्नुप¥यो’ उनले भने । यहाँ गिद्ध तथा संकटापन्न वन्यजन्तु र पशुपंक्षीहरु पाइने गरेको भएपनि दिर्घकालिन योजना कार्यान्वयन गर्न आवस्यक रहेको उनल औँल्याए । 

पहाडमा डढेलोका कारणले गर्दापनि गिद्धहरु लोप हुने अवस्थामा रहेका छन् । फागुन देखि जेठ सम्म प्रजनन गराउने समयमा रहेकाले यहिँ समयमा आगलागीका घटनाहरु बढ्ने गरेका छन् । 

डिभिजन वन कार्यालयका प्रमुख भीम प्रशाद कंडेलका अनुसार सरकारबाट बैतडीमा गिद्ध संरक्षणका लागि छुट्टै कार्यक्रम नभएको बताउछन् । स्थानीय तहबाट पनि सचेतनाका कार्यक्रम ल्याउनुपर्ने उनको भनाइ छ । जथाभावी भइरहने डढेलोका कारणले पनि गिद्धं संरक्षणमा चुनौती थपिएको अवस्थामा डढेलो नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम र तालिमको आयोजना भइरहेको डिभिजन वन कार्यालयको भनाइ छ । 
 


प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  ०८:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्