Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Khadya Khadya
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा मालपोतका हाकिम कार्यकक्षमै घुस लिन्छन् 
बैतडीमा मालपोतका हाकिम कार्यकक्षमै घुस लिन्छन् 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, असोज १७, २०८१

बैतडी, 
दर्ता गर्न छुट भएका जग्गा दर्ता गर्ने प्रक्रियामा बैतडीका मालपोत कार्यालय प्रमुख अशोक सार्कीले घुस लिने गरेको पाइएको छ ।
जग्गाधनीबाट विभिन्न बाहानामा सार्कीले घुस लिइरहेका हुन् । छुट भएका जग्गा दर्ता गर्ने प्रक्रियाको सुरुवातदेखि सेवाग्राहीबाट घुस लिइरहनेको खुलेको हो । 
कार्यालय प्रमुख सार्कीले सेवाग्राहीलाई फोन गरेर, भेटेर मात्रै होइन कार्यालयमै घुस लिइरहेको अवस्थामा फेला परेका छन् । 
बुधबार पाटन नगरपालिका–८ का सेवाग्राही नर बहादुर बिष्ट र धन सिंह बिष्ट दाजुभाईबाट घुस लिएका हुन् । बिष्ट दाजुभाईले आमा परु बिष्टको नाममा रहेको जग्गा दर्ता गर्नको लागि कार्यालय प्रमुख सार्कीले परु बिष्टका छोरा धन सिंह बिष्टको हातबाटै १० हजार रुपैया घुस लिएका हुन् ।
जग्गा दर्ताको काम गरिदिएको भन्दै सेवाग्राहीबाट कार्यकक्षमै घुस लिएपछि यसबारे हामिले बुझ्दा कार्यालय प्रमुख सार्कीले मिटिङ भत्ता वाफत रकम लिएको बताउछन् । ‘यो रुपैया मिटिङ वाफत लिएको हो,’ उनले छोटो जवाफ दिए ।
यसअघि पनि पटकपटक सेवाग्राहीबाट पैसा लिएका प्रमुख सार्कीले बुधबारपनि काम गरेवाफत १० हजार घुस रकम लिएको सेवाग्राही  बिष्ट बताउछन् ।
बिष्टबाट यसअघि पनि फाइल दर्ता गर्नेदेखि लालपुर्जामा जग्गा दर्तागर्ने प्रक्रियासम्म आइपुग्दा करिब ५१ हजारभन्दा बढी लिएको पाइएको छ । 
आफु मार्फत नगद ५१ हजार रुपैया लगेको र यी मध्ये ३६ हजार २सय रुपैया लिएको अडियो तथा भिडियो प्रमाणहरु सुरक्षित राखेको नर बहादुर बिष्टले बताउछन् । कार्यालयमा लिएको १० हजार र यसअघि २० हजार रुपैया बजारमै भेटेर लिएको भिडियो समेत सुरक्षित राखिएको छ । 

सुरुमा कार्यालयमा फाइल दर्ता गर्दा सूचना जारी गर्नको लागि भन्दै ५ हजार, त्यसपछि फिल्ड सर्जिमिनका बखत फिल्ड भत्ता भन्दै १० हजार, त्यसपछि ६ हजार २ सय, त्यसपछि कार्यलयमा मिलाउनुपर्ने भन्दै २० हजार र अन्तिममा काम गरिदिएवाफत १० हजार कार्यालयमै लिएको बिष्टको भनाइ छ । 

कार्यालय प्रमुख सार्कीले पैसा बिना काम नहुने भन्न थालेपछि बेला बेला पैसा लिएको प्रमाणहरु राखेको बिष्ट बताउछन् । ‘पैसा बिना काम नहुने भन्न थाले, मैलेपनि पैसा लगेको प्रमाणहरु राखेको हु,’ बिष्ट भन्छन् । 
मालपोत कार्यालयमा पैसा बिना काम नहुने नजिर नै बसेकाले यसको पर्दाफास हुनुपर्ने बिष्ट बताउछन् । 
सेवाग्राही बिष्टलाई दुई महिना पहिले देखि नै बेलाबेला रकम लिइरहने गरेको खुलेका थिए । 
आफुले प्रक्रियागत तवरले कागजात पेश गर्दा पनि कार्यालय प्रमुख सार्कीले पैसा नदिए काम पनि नहुने भन्न थालेका बिष्टले बताएका छन् । जग्गा छुट दर्ताको काममा कुनै त्रुटी नभएपनि कार्यालय प्रमुख सार्कीले पैसा दिनैपर्ने भनेपछि कसैलाई जानकारी नगरी गोप्य प्रमाणहरु संकलनको लागि यो भिडियो बनाएको बताएका छन् ।
मालपोत नियमावली, २०३६ को नियम ४(क)मा ‘दर्ता गर्नसम्म छुट भएका जग्गा दर्ता गर्नुपर्ने’ व्यवस्था छ । उक्त नियममा नापनक्सा भएको तर दर्ता गर्नमात्रै छुट भएको जग्गा दर्ता गर्न पाउने व्यवस्था छ । सरकारले यस कार्यको लागि २ वर्षको समयावधि दिएको छ । 
सोही बमोजिम बैतडीमा पनि धेरै सेवाग्राहीले छुट जग्गा दर्ता लालपुर्जामा दर्ता गर्ने कामको लागि मालपोत कार्यालय धाइरहेका छन् । तर मालपोत कार्यालयमा यसरी खुल्लारुपमा घुस लिने गरेको घटना सार्वजनिक भएको हो । 
 


प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्