Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीकी बेपत्ता किशोरीका आफन्त भन्छन्ः कि सास देऊ कि लास !
बैतडीकी बेपत्ता किशोरीका आफन्त भन्छन्ः कि सास देऊ कि लास !
कृष्ण बिष्ट
कृष्ण बिष्ट सोमबार, असोज २८, २०८१

बैतडी, 
बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी अन्दाजी १७ वर्षीया किशोरी बेपत्ता भएको ३ दिन भएको छ । प्रहरीले नै बेपत्ता बनाएकी किशोरी अझै फेला पर्न नसकेको भन्दै आफन्तहरु आक्रोशीत बनेका हुन् ।
शुक्रबार बिहान करिब ४ बजेको समयमा घरबाट पानी भर्न गएकी किशोरी अबरेसम्म नफर्किएपछि स्थानीयले खोजी गरेका थिए । त्यसपछि दिउँसो करिब १ बजेको समयमा भारतपट्टीबाट भाग्दै गरेको अवस्थामा हवल्दार कृष्णराज जोशीलाई महाकाली नदीपारी भारतपट्टबीबाट नियन्त्रणमा लिएका थिए ।
डिम्बर गाउँमै रहेको प्रहरी चौकी महाकालीका निमित्त इन्चार्ज समेत रहेका जोशीले किशोरीलाई बेपत्ता पारेको आफन्तको दावी छ । प्रहरी चौकी नजिकै किशोरीले पानी भर्न लगेको ग्यालन र ग्यालनमा प्रयोग गरिएको डोरी भेटिएको छ ।  
किशोरी बेपत्ता भएको ३ दिनसम्म पनि कुनै अत्तोपत्तो नलागेपछि आफन्तहरु  झनै आक्रोषीत बनेका छन् । किशोरीका काका नाता पर्ने प्रेम सिंह मंगोला भन्छन्, ‘प्रहरीले नै हाम्री छोरीलाई बेपत्ता बनाए, कि सास चाहीयो कि लास, ।’
यस घटनामा प्रहरी चौकीमा कार्यरत अन्य प्रहरी पनि संलग्न भएको प्रेमसिंह मंगोलाको दावी छ । प्रहरी हवल्दार जोशीले भारत तर्फ भाग्ने क्रममा नजिकैको डिम्मर घाट छोडेर करिब २ किलोमिटर टाढा रहेको नागार्जुन घाटबाट भारत गएका छन् । 
नागार्जुन घाटबाट भारत जाने क्रममा त्यहासम्म जोशीको झोला सहायक हवल्दार चन्द्र धामी र प्रहरी जवान बिरेन्द्र कार्कीले बोकेर सहयोग गरेको मंगोलाको दावी छ ।
हवल्दार जोशी र किशोरीबीच जिनाजान र बोलचाल रहेको बुझिएको छ । जोशीले प्रारम्भिक अनुसन्धानको क्रममा यो कुरा भनि सकेका छन् । 
हवल्दार जोशीले किशोरीले यसअघि ललाईफकाई राखेको आफन्तले बताएका छन् । ‘हामिले मोवाइलमा केही तस्विरहरु पनि  भेटाएका थियौँ, यसबाट पनि थप प्रष्ट हुन्छ,’ प्रेमसिंह मंगोला भन्छन् । 
किशोरीका बुवा रामसिंह बंगोला, काका प्रेम सिंह मंगोलासहितका आफन्तहरु सोमबार प्रहरी कार्यालयमा  जाहेरीका दिन पुगेका छन् । 
जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक जनकराज ढुंगानाले किशोरीको खोजी भइरहेको र यस घटनासँग जोडिएका विषयमाथि अनुसन्धान भइरहेको बताए । ‘हामि सुक्ष्म तवरले अनुसन्धान गर्दैछौँ, हामिले किशोरीको खोजीमा प्रहरी परिचालन पनि गरेका छौँ,’ प्रहरी निरिक्षक ढुंगानाले भने । 
पक्राउ परेका जोशीले प्रहरी समक्ष बचाउको बयान दिएका छन् । गाउँको पानी भर्न जाने धोरोको बाटोमै प्रहरी चौकी रहेकाले किशोरीसँग चिनाजान भएको र बेपत्ताको घटनामा कुनै संलग्न नरहेको दाबी गरेका छन् । ‘किशोरी हराएको गाउँलेले जानकारी गराएपछि किशोरीलाई नै खोज्न भनि आएको हु, खोज्ने क्रममा नै आफुलाई आरोप लगाउन थाले, त्यसपछि भारतपट्टी भएर जिल्ला प्रहरी कार्यालय आउने योजनामा थिए, गाउँलेले भारतपट्टीबाटै समात्यो,’ बयानको क्रममा भनेको प्रहरी निरीक्षक ढुंगानाले भने । 
प्रहरी नै संलग्न रहेको यो घटनामा भइरहेको अनुसन्धानप्रति नै स्थानीयहरुले आशंका गरेका छन् । 
 


प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्