Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • घामको भरमा चलेको सिगास–१को टेलिकमको टावरः विद्युत जडान गर्न माग
घामको भरमा चलेको सिगास–१को टेलिकमको टावरः विद्युत जडान गर्न माग सानो लगानीमा पनि उक्त टावरमा विद्युत पु¥याउन सकिने छ । पालिकाले विद्युत जडान गरिदिएमा टावरमा जडान सहजै गर्न सकिने टेलिकम डडेल्धुराले जनाएको छ । पालिकाले नै विदुत जडानमा लगानी गर्नुपर्ने देखिएको छ । 
कृष्ण बिष्ट
कृष्ण बिष्ट बिहीबार, कात्तिक १५, २०८१
तस्बिर सौजन्यः सुरज


बैतडी,  
बैतडीको सिगास गाउँपालिका–१जुकेपानीमा रहेको नेपाल टेलिकमको टावरमा विद्युत जडानको लागि माग गरिएको छ । त्यहाका स्थानीयहरुले गत सोमबार वडा नं २को कार्यालयमा ज्ञापनपत्र पेश गरेका हुन् ।
सोमबार वडा नं १ र २ का स्थानीयहरुले गाउँपालिकाको तर्फबाट विद्युत जडानको लागि आवश्यक पहलको माग गर्दै वडा नं २ का वडा अध्यक्ष ठगेन्द्र सिंह ऐर समक्ष ज्ञापनपत्र पेश गरेका हुन् ।
नेपाल टेलिकमको टावरसम्म विद्युत जडानको लागि पहल गरिदिन माग गर्दै वडा नं १ र २ का स्थानीयहरुको तर्फबाट ज्ञापनपत्र पेश गरिएको स्थानीय सुर्य बहादुर बोहराले जानकारी दिए । दुवै वडाका ८२ जनाको हस्ताक्षरसहित ज्ञापनपत्र पेश गरिएको उनले बताए । 
ज्ञापनपत्र बुझ्दै वडा नं २ का वडा अध्यक्ष ऐरले टेलिकमको टावरसम्म विद्युत जडानको लागि पालिकाले पहल गरिरहेको अवगत गराएका थिए । विद्युत वितरण केन्द्र र नेपाल टेलिकमले चासो दिनुपर्ने उनको भनाइ छ । 
नेपाल टेलिकम र विद्युत वितरण केन्द्रबीच आपसी समन्वय र सहमती नहुदा विद्युत जडानको लागि उल्झन आएको वडा नं १ का वडा अध्यक्ष रामचन्द्र ऐरले बताए । करिब ८ सय मिटरको दुरीमा तार तान्नु पर्ने र यसका लागि गाउँपालिकाको तर्फबाट सहयोग गर्न तयार रहेको उनको भनाइ छ । 
वडा नं १ रहेको नेपाल टेलिकको टावरले सिगास गाउँपालिकाको वडा नं १,२,३ र ४ तथा पाटन नगरपालिका ८ र १० लगायतका क्षेत्रमा काम गर्ने गरेको छ । तर उक्त टेलिकमको टावर सोलारको माध्यमबाट सञ्चालन हुने गरेकाले घाम रहुन्जेलसम्म मात्रै टावरले काम गर्ने गरेको छ । साँझ परेपछि बिहान १० बजेसम्म टावरले काम नगर्ने गरेको सिगास १ का स्थानीय जनक चर्मकारले जानकारी दिए । साँझ घाम अस्ताएपछि नेटवर्कले काम नगर्ने गरेको उनले बताए ।
गाउँपालिकाको तर्फबाट विद्युत जडान हुन अवस्था रहेमा टावरको लागि विद्युत जडान गर्न सकिने नेपाल टेलिकमको कार्यालयका प्रमुख बिष्णु भण्डारीले जानकारी दिए । ‘टावर भएसम्म गाउँपालिकाले विद्युत गर्न सकेमा हामि विद्युत जडान गरिदिन तयार छौँ,’ भण्डारीले भने । 
यता विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले विद्युत जडानको लागि कुनै निकायबाट समन्वय नभएको बताए । कुनै निकायबाट विद्युत जडानको लागि आग्रह नभएकाले तत्कालै विद्युत जाडनको लागि प्रक्रिया अघि नबढ्ने बताए ।् 
गाउँपालिकाले नै सानो लगानी गरेको अवस्थामा विद्युत पुग्ने भएकाल त्यसतर्फ ध्यान दिनुपर्ने स्थानीयहरुको माग रहेको छ ।


प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १७:१७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्