बैतडी,
बैतडीकी बालिकामाथी बलत्कार गरेको आरोपमा डडेल्धुराका दुई जना पक्राउ परेका छन । शिवनाथ गाउँपालिकाकी १४ वर्षीया बालिकालाई बलत्कार गरेको आरोपमा डडेल्धुराको अमरगढी नगरपालिका ५ का २५ वर्षीय महेस तामाङ र २८ वर्षीय गोपाल गुरुङलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता प्रहरी निरिक्षक दर्शन खड्काले जानकारी दिनुुभयो । यहि फागुन ४ गते घटना घटेको र सोहिदिन दुुबैजनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको उहाले बताउनुुभयो । बालिकालाई घास काट्न गएकोबेला किशोरीमाथी बलत्कार भएको अनुुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।
आरोपीत दुुबैजना मेलौली पञ्चेश्वर सडकखण्डमा काम गर्दै आएको बुुझिएको छ ।