धनगढी : नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश समितिको दोस्रो नियमित अधिवेशन (सेरबहादु्र दृउवा पक्ष)मा नेपाल विद्यार्थी संघ नेविसंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कपिल केसीले प्रदेश महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
उनले आफुलाई सबै सुदूरपश्चिमका ९ ओटै जिल्लाका नेविसंघ, तरुण दल, युवानेताहरु तथा लोकप्रिय नोताहरुले जिताउने योजना सहित आश्वासन दिएकाले महामन्त्रीमा उम्मेद्वारी घोषणा गरेको बताए ।
केसीले सुदूरपश्चिम प्रदेशको समृद्धि, पार्टीभित्रको एकता र जनताको अपेक्षा पूरा गर्ने प्रतिबद्धतासहित महामन्त्री पदमा अघि बढ्ने बताएका छन् ।
ुसमृद्ध सुदूरपश्चिम, सशक्त कांग्रेस र जनताको विश्वास मेरो प्रतिबद्धताु भन्ने नारासहित उम्मेदवारी घोषणा गरेका केसीले नेपाली कांग्रेसको सिद्धान्त, लोकतन्त्र र समाजवादप्रति आफ्नो प्रतिबद्धता रहेको उल्लेख गरेका छन् ।
२०६३ माच विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका केसीले नेपाल विद्यार्थी संघको विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनी श्रीकृष्ण माध्यमिक विद्यालयको नेविसंघ एकाइ अध्यक्ष, बैतडी क्षेत्र नम्बर १ को क्षेत्रीय अध्यक्ष, जिल्ला उपाध्यक्ष, कार्यवाहक जिल्ला अध्यक्ष हुँदै २०७६ सालमा जिल्ला अध्यक्ष बनेका थिए ।
त्यसपछि २०७८ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका केसी २०८१ मा नेविसंघ केन्द्रीय सदस्य र २०८२ मा नेविसंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष बनेका हुन् । उनी २०८३ मा पुनः नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि बनेका छन् ।
ुविचारमा दृढता, संगठनमा एकता र नेतृत्वमा नवीनताु लाई आफ्नो राजनीतिक मूलमन्त्र बनाएका केसीले पार्टी संगठनलाई थप सुदृढ बनाउँदै सुदूरपश्चिमको विकास र समृद्धिका लागि भूमिका खेल्ने लक्ष्यसहित महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।