Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा ‘मदिरा नखुवाएको निहुँमा’ वडा सचिवका छोराको समूहद्वारा युवकमाथि कुटपिट
बैतडीमा ‘मदिरा नखुवाएको निहुँमा’ वडा सचिवका छोराको समूहद्वारा युवकमाथि कुटपिट
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, असोज ३०, २०७९

धनगढी । बैतडीमा मदिरा नखुवाएको निहुँमा वडा सचिवका छोराको समूहले युवकमाथि कुटपिट गरेको आरोप लागेको छ । जिल्लाको डिलासैनी गाउँपालिका–५ का ३१ वर्षीय धनन्जय नाथलाई स्थानीय उमेश धामीको समूहले महाअष्टमीका दिन कफलासैनी मन्दिरबहमा मेला हेरेर घर फर्किने बेला कुटपिट गरेको पीडित पक्षले जनाएको छ ।

धनगढीस्थित निसर्ग अस्पतालमा उपचाररत नाथकी श्रीमती जानकीले धामीसहित वडा नम्बर ५ कै अम्बि लुहार र कमल लुहार लगायतले मेला हेरेर घर फर्किने क्रममा श्रीमानमाथि कुटपिट गरेको बताइन् । उनकाअनुसार नाथले एक महिना अघि सोही वडाका सचिव समेत रहेका धामीका बुवा भानसिंह धामीको घरबाट दुहुँनो गाई १४ हजारमा खरिद गरेर ल्याएका थिए ।

गाईले दुध नदिएपछि सचिवकै आग्रहमा फिर्ता गरिएको थियो तर गाई फिर्ता गर्न गएकै दिन उमेश धामीसँग बीच बाटोमा भेट भएपछि मदिरा खुवाउन आग्रह गरेका थिए । पैँसा नभएको भन्दै मदिरा नखुवाएको झोकमा मेलाबाट फर्किने बेला उनीमाथि कुटपिट गरेको जानकी बताउँछिन् ।

‘उहाँहरुबीच पूर्व रिसीइबी केही पनि थिएन । गाई फिर्ता गरेको दिन मेरो श्रीमानलाई मदिरा खुवाउन आग्रह गरेका रहेछन् । पैँसा नभएर खुवाउन सकेन,’ जानकीले भनिन्, ‘त्यही कुरालाई लिएर मेलाका दिन उहाँमाथि कुटपिट गरियो । बाटोमा बेहोस भेटेपछि अस्पताल ल्याएका हौँ ।’

बेहोस अवस्थामा भेटिएका नाथको निसर्ग अस्पतालमा उपचारपछि होस् खुलेपछि उनैले घटनाबारे बताएका थिए । होस आएपनि नाथको तल्लो शरीर चलिरहेको छैन भने राम्रोसँग बोल्न सक्ने अवस्थामा पनि छैनन् । प्रहरीले कुटपिट गरेको आरोप धामीसहित अम्बि र कमल लुहारलाई पक्राउ गरेको थियो तर राजनीतिक चलखेल गरेका छाडिएको आरोप लगाइएको छ ।

‘उहाँहरुलाई पक्राउ गरिएको थियो तर घटनामा संलग्न नभएको भन्दै इलाका प्रहरी कार्यालय पाटनले छाडिदिएको छ,’ जानकीले भनिन्, ‘आर्थिक अभावमा श्रीमानको उपचार गराउन सक्ने अवस्था पनि छैन । दोषीलाई कारवाहीको दायरामा ल्याउन माग गर्दछु ।’ नाथ दम्पत्तीका दुई जना छोराछोरी छन् ।

यता इलाका प्रहरी कार्यालय पाटनले भने पीडित पक्षले घटनाको अनुसन्धानका लागि प्रहरी चौकी गोकुलेश्वरमा निवेदन दिएपछि सोधपुछका लागि तीनै जनालाई बोलाइएको जनाएको छ । तर संलग्न भएको प्रारम्भीक प्रमाण नभेटिएकाले बोलाएको बेला उपस्थित हुने गरी छाडिएको छ ।

‘पीडित पक्षले दिएको निवेदनका आधारमा आरोपीतलाई सोधपुछका लागि उनीहरुलाई बोलाएका थियौँ,’ इप्रका पाटनका प्रहरी निरीक्षक कमल चौधरीले भने, ‘बोलाएका बखत आउनेगरी छाडिएको हो । हामी घटनाको अनुसन्धान गरिरहेका छौँ ।’


प्रकाशित मिति: आइतबार, असोज ३०, २०७९  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्