Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा ठुला भनिएका पार्टीका नेता राप्रपाकै उत्पादन हुन् : जिल्ला अध्यक्ष भट्ट
बैतडीमा ठुला भनिएका पार्टीका नेता राप्रपाकै उत्पादन हुन् : जिल्ला अध्यक्ष भट्ट
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, कात्तिक १४, २०७९
Ìndra dev saran Bhatt.jpg

बैतडी
राष्ट्रीय प्रजातन्त्र पार्टी बैतडीका अध्यक्ष इन्द्रदेव शरण भट्टले बैतडीमा सबै पार्टीका अधिकांश नेताहरु राप्रपाकै उत्पादन भएको बताएकाछन् । आइतबार रेडियो सेभेनस्टारको कार्यक्रम चुनाव चर्चामा बोल्दै उनले बैतडीका ठुला नेताहरु विगतमा राप्रपामै आवद्ध रहेका बताए । 

प्रदेशसभा सदस्यका समानुपातिक उम्मेदवार समेत रहेका भट्टले नेकपा एमालेबाट प्रतिनिधिसभाका उम्मेदवार दामोदर भण्डारीको परिवार विगतमा राप्रपामा आवद्ध रहेको दावी गरे । उनले भने, “उहाँको पुरै परिवार विगत देखी राप्रपामा थियो । उहाँले विद्यार्थी राजनितिबाट अर्को पार्टीमा लागेपनि उहाँको बुवा र कान्छो आमा अहिले पनि राप्रपा सक्रिय सदस्य हुनुहुन्छ । दामोदर जी एमालेबाट २पटक सांसद बन्नुुभयो । उहाँको परिवार राप्रपामा भएकाले मलाई खुसि नै लाग्छ ।”

यसैगरी प्रतिनिधिसभामा सत्ता गठबन्धनका साँझा उम्मेदवार माओवादी पोलिटव्युुरो सदस्य नरेन्द्र कुवर(विजय सुुन्दर) पनि विगतमा राप्रपा आवद्ध रहेको भट्टको दावी छ । उनले भने,“पछि उहाँ माओवादीमा लाग्नुुभयो तर राजनिति राप्रपाबाटै सुुरुवात गर्नुभएको हो । कुवरको परिवार पुरै राप्रपा आवद्ध हो ।” 

यसैगरी नेपाली कांग्रेस बैतडीका जिल्ला सभापती चतुर बहादुर चन्द पनि राप्रपाकै उत्पादन भएको बताए । चन्द राप्रपा निकट शिक्षक परिषदका जिल्ला अध्यक्ष बनेको उनको भनाई छ । 

यसैगरी प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार केशव बहादुर चन्द विगतमा राजसस्ंथा संगै आवद्ध रहेको बताए । भट्टले भने,“केशव जी यसअघि मन्त्री बन्नुुभयो, मेयर बन्नुुभयो, अनि पहिला राजाले राख्ने मण्डले हरुमा उहाँ हुनुुहुुन्थ्यो ।” 

यस्तै प्रदेशसभा क्षेत्र(क)मा स्वतन्त्र उम्मेदवार बनेका हरिमोहन भण्डारी २०५६सालमा राप्रपाको युवक संगठनका केन्द्रीय सदस्य भएको बताए । उनले भने “उतिबेला म युुवक संगठनको जिल्ला अध्यक्ष थिए भण्डारी जी केन्द्रीय सदस्य हुुनुुहुुन्थ्यो ।”

नेपाली कांग्रेसका नेता चन्द र भण्डारी पार्टीको टिकट वितरण प्रकृयामा असन्तुुष्टी जनाउदैँ अहिले स्वतन्त्र उम्मेदवारको रुपमा प्रतिस्प्रधा गरिरहेका छन् । 

यसैगरी नेकपा एमालेका केन्द्रीय सल्लाहकार परिषद अध्यक्ष मोहन थापा र एमालेबाट निर्वाचित दशरथचन्द नगरपालिकाका मेयर पुुस्कर राज जोशी लख्खाभाई समेत विगतमा राप्रपामा आवद्ध रहेको बताए । बैतडीमा राजनिति गर्ने व्यक्तिहरु कतै न कतै राप्रपा संग जोडीएकै गएका छन् ।

राप्रपा जिल्ला अध्यक्ष भट्टले अवसरका लागि अन्यत्र गएका व्यक्तिहरु अन्त्यमा राप्रपामै फर्किने दावी समेत गरे । 
“उनिहरुले अवसरका लागि छोटो बाटो अपनाएका हुुन केहि समयपछी राप्रपामै फिर्ता हुन्छन् ।” उनले भने ।
 


प्रकाशित मिति: सोमबार, कात्तिक १४, २०७९  ०८:२५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्