Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मैलौलीमा १५ शैयाको अस्पतालः ९ वर्षसम्म के के निर्णय भए, कस्ता कदम चालिए ?
मैलौलीमा १५ शैयाको अस्पतालः ९ वर्षसम्म के के निर्णय भए, कस्ता कदम चालिए ?
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, पुस १२, २०७९

बैतडी, 
बैतडी—बैतडीको मेलौली नगरपालिका–७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्र स्तरबृद्धीगरी १५ शैयाको अस्पताल निर्माणको लागि २०७० सालदेखि विवाद छ । जग्गा हस्तान्तणको बिषय सुरुदेखिको अहलेसम्म कायमै रहेको छ । 
१५ शैयाको अस्पतालका लागि १५ रोपनी जग्गा आवस्यक पर्ने नितिअनुरुप सुरु देखि नै जग्गा खोजी गर्न थालिएको थियो । मेलौली–७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्रमा २०७० असोज ६ गते स्वास्थ्य व्यवस्थापन समितिको बैठकबाट अस्पताल निर्माणका लागि जग्गादाता खोज्ने पहिलो निर्णय गरियो । 
त्यसपछि २०७० कार्तिक २२ गतेका दिन बसेको बैठकमा करिब ९ जनाले जग्गा उपलब्ध गराउन इच्छा देखाए । तर जग्गा उपलब्ध भएन । 
त्यसपछि २०७० पुस २० गते अर्काे बैठक बस्यो । उक्त दिन पुस मासन्तभित्र जग्गा दान गर्न चाहाने जग्गाधनीले निबदेन दिन आग्रह गर्ने निर्णय भयो । पुस मसान्तभित्र जग्गा दान गर्न चाहानेहरुलाई आवस्यक सहयोग गर्ने समेत निर्णय गरियो । सोहिदिन प्रकाश सिंह साउदको संयोजकत्वमा जग्गा खोजी गर्न समिति समेत गठन गरियो । 
त्यसपछि २०७० पुस २४ गते पुनः बैठक बसाली पुस २८ गतेभित्र जग्गा उपलब्ध गराउन भनि निर्णय गरियो तर कुनै पनि जग्गादाता भेटिएनन् । तर मेलौली नगरपालिका १ (साबिकको मेलौली गाविस ७)का गंगा सिंह नायकले २ रोपनी जमिन दान गरीसकेको उक्त बैठकमा जानकारी गराइयो ।
तर आवस्यक पर्ने १५ रोपनी जमिन भने प्राप्त भएन । पुस मसान्तसम्म जग्गा उपलब्ध गराउन स्वास्थ्य कार्यालयले अघि नै जानकारी गराइसकेको थियो । यसरी पटक पटक बसेको बैठकबाट जग्गा उपलब्ध हुने अवस्था नआएपछि तत्कालिन जिल्ला स्वास्थ्य कार्यालयले १५ दिनको म्याद दिएर पुनः जग्गा खेज्न समय दिइयो । त्यसपछि २०७० माघ ८ गते मेलौली नगरपालिका १ मा रहेको बिट्ठेनामा स्थानीयहरुले जग्गा दान गरे । तत्पश्चात अस्पताल बिट्ठेनामै बनाउन प्रक्रिया  अघि बढाउन आग्रह गरियो । तर त्यसपछि २०७१ बैशाखमा मेलौली नगरपालिका ७ को केशरपुर स्वाथ्य केन्द्र परिसर आसपास नै जग्गा दान गरियो । 
यसअघि २०७० माघ ८ गते जिल्ला स्वास्थ्य कार्यालय बैतडीमै गएर मेलौली १का जग्गाधनीले बिट्ठेनामा जग्गा दान गरिएकै अवस्थामा त्यसको ३ महिनापछी २०७१ बैशाखमा मेलौली ७ का स्थानीयले केशरपुर स्वास्थ्य केन्द्र परिसर आसपास जग्गादान गरे ।  
मेलौली ७ मा रहेको केशरपुर स्वास्थ्य केन्द्रमै १५ शैयाको अस्पताल निर्माण हुनुपर्ने माग सहित वडा नं ७ बासीले बेला बेला मेलौली नगरपालिका हुदै स्वास्थ्य मन्त्रालय समक्ष समेत ज्ञापन पत्र पेस गरीरहे । नगरपालिामा समेत बेला बेला ज्ञापनपत्र सहित ध्यानाकार्षण गरीरहे । 
विवादकाबीच न मेलौली नगरपालिका १ को बिट्ठेनामा अस्पताल निर्माणको पक्रिया अघि बढ्यो न केशरपुर स्वस्थ्य केन्द्रमै । दुबै ठाउँबाट सोही प्रयोजनको लागि जग्गा दान भइसकेपछि उल्झन सुरु हुदै गयो । २०७१ देखि बिवाद सुरु भएको २०७४ सालसम्म बिवाद कायमै रहेपछि २०७४ फागुनमा स्वास्थ्य मन्त्रालयबाट उक्त बजेट तथा बन्ने भनिएको १५ शैयाको अस्पतालको योजना नै कटौती भयो । 
त्यसपछि तत्कालिन (निवर्तमान) नगर प्रमुख कृष्ण सिंह नायकले स्वास्थ्य मन्त्रालयको योजना साखामा योजना कटौतीको बिषयमा बुझे । जग्गा बिवादकै कारण उक्त योजना कटौती भएको योजना साखाबाट जानकारी पाए । त्यसपछी स्वाथ्य मन्त्रालयले पनि अन्तिम मौकाको रुपमा कार्यापालिकाबाट स्थान छनौटगरी निर्णय गर्न भनियो । तत्कालिन नगर प्रमुख कृष्ण सिंह नायकका अनुसार २०७४ सालको चैत्र २१ गते र २२ गते नगरपालिकाको पूर्ण बैठकबाट बृहत छलफल गरी मेलौली नगरपालिका १ को बिट्ठेना मै १५ शैयाको अस्पताल निर्माण गर्ने र केशरपुर स्वास्थ्य केन्द्रमा नगरपालिकाबाट १ करोड बजेट बिनियोजन गरी केहि थप संरचना निर्माण गर्नेगरी सहमती जनाइयो । उक्त कार्यपालिका बैठकको निर्णय स्वास्थ्य मन्त्रालयमा पेश गरी बिट्ठेनामै अस्पताल निर्माणको प्रक्रिया सुरु गर्ने तयार थालिएको थियो ।  
यतिमात्रै होइन स्वास्थ्य मन्त्रालयले २०७८ पुस २० गते बिट्ठेनामै अस्पताल निर्माणको लागि डिपिआर गर्न समेत पत्राचार गरेको थियो । मेलौली १ को बिट्ठेनामा अस्पताल निर्माणको प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयले डिपिआर स्वीकृत गरी टेण्डर समेत खोल्न नगरपालिकालाई पत्राचार गरीसकेको छ । नेपाल हेल्थ सेक्टर सर्पाेट पोग्राम (एनएचएसएसपी)ले डिपिआर गरेको क्षेत्र बिट्ठेनामै अस्पतल निर्माणको लगि ठेक्का खोल्न यहि २०७९ कार्तिक ६ गते पत्राचार गरेको छ । तर नगरपालिकाले टेण्डर आह्वान गरेको छैन । दुबैपक्षको विवादका कारण टेण्डर आह्वान गर्न नसकेको प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले बताए । 
तत्कालिन समयमा स्थलगत अनुगमन गरेको नापी कार्यालय, शहरी विकास तथा भवन डिभिजन कार्यालय र जिल्ला मालपोत कार्यालय बैतडीको सयुक्त प्रबिधिक टोलीले गरेको अनुगमनमा केशरपुर स्वास्थ्य केन्द्रमै १५ शैयाको अस्पताल बन्नुपर्ने आधार सहित तयार पारेको प्राविधिक प्रतिबेदनमा उल्लेख गरिएको वडा नं ७ बासीको दाबी थियो । उक्त प्राबिधिक प्रतिबेदनमा बजार क्षेत्रको पहुँच, खानेपानीको व्यवस्था, सडक पुर्वाधारले छोएको लगायतका आधारमा केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल बन्नुपर्ने भएपनि नगरपालिकाले  निर्णय गर्दा वास्ता नगरेको वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र भट्टले बताए । सोही दावी सहित वडा नं ७ बासीले बेलाबेला नगरपालिकालाई ध्यानाकार्षण सहित पालिकालाई ज्ञापनपत्र बुझाइरहेका थिए । 

 प्राबिधिक प्रतिबेदनको अंस 


मेलौली १ का स्थानीयले अघि नै जग्गादान गरेको र प्रक्रिया समेत अगाडी बढीसकेकाले नगरपालिकाको पूर्ण बैठबाट सहमतीसहित बिट्ठेनामै १५ शैयाको अस्पताल निर्माणको निर्णय गरिएको निवर्तमान नगर प्रमुख कृष्ण सिंह नायकले बताए । २०७४ चैत्र २१ र २२ को पूर्ण बैठकमा सबै कार्यापालिका सदस्यहरुको रायसुझाजव र सहमतीमा बिट्ठेना मै अस्पताल निर्माण गरीसकेको हुनाले सोहि निर्णयलाई आधार मानी स्वास्थ्य मन्त्रालयले ठेक्का आह्वानको लागि परिपत्र समेत गरेको उनको दाबी छ । 

२०७४ चैत्र २१ र २२ को पूर्ण बैठकको निर्णय 


सुरुवात देखिको जग्गा विवादको बिषय अहिले उत्कर्षमा पुगेको छ । मेलौली नगरपालिका वडा न १ का स्थानीयहरुले केशरपुर स्वस्थ्य केन्द्रलाई स्तरोउन्नती गर्ने र नयाँ बन्न लागेको १५ शैयाको अस्पतालको प्रक्रिया बिट्ठेनामै बन्नुपर्ने भनाई छ ।

 बिट्ठेनामा उपलब्ध गराएको जमिन 

No description available.

सबै प्रक्रिया पुरा गरेर ठेक्का आह्वान गर्न गरिएको परिपत्रलाई कार्यान्वयन गर्नुपर्ने मेलौली १ का जगदिश सिंह नायकले बताए । ‘पुरानो केशरपुरलाई सार्ने भन्ने होइन, उक्त अस्पताललाई पनि स्तरोन्नती गर्नुपर्छ र नयाँ बन्ने अस्पतालको प्रक्रिया पुगे अनुसार बिट्ठेनामै बन्नुपर्छ,’ उनले भने । 

 बिट्ठेनामा उपलब्ध गराएको जमिन  

No description available.
पुरानो केशरपुर स्वास्थ्य केन्द्र स्तरबृद्धीको योजना भएको र उक्त ठाउँमा जमिन समेत उपलब्ध गराइसकेको हुनाले केशरपुरमै १५ शैयाको अस्पताल बन्नुपर्ने वडा नं ७ का वडा सदस्य लोकमणी भट्टले बताए ।

 केशरपुर स्वास्थ्य केन्द्र परिसरको जमिन 

बिभिन्न सम्भाव्यता अध्ययनबाट समेत २०१६ सालमा स्थापना भएको केशरपुर स्वास्थ्य केन्द्रमै अस्पताल निर्माण गर्नुपर्ने आधार देखाएकाले केशरपुरमै अस्पताल निर्माण हुनुपर्ने वडा नं ७ का  स्थानिय केशव सिंह भाटले बताए ।

 केशरपुर स्वास्थ्य केन्द्र परिसरको जमिन 

बिट्ठेनामा दान गरिएको जमिन एकलौटी नभई टुक्राटुक्रा गरी दान गरिएको र नजिकै ठुलो क्षेत्रफलमा सरकारी जमिन रहेको उनको दाबी छ । 
दुबै क्षेत्रका स्थानीयहरुले आ–आफ्नै दाबी राखीरहेका कारण केहिदिन यता पालिकामा आन्दोलन जारी रहेको थियो । दुबै पक्षले सडक अबरुद्ध पार्ने, तालाबन्दी गर्ने र झडपको समेत स्थिती आएको थियो । यहि पुस ७ गते भएको झडपमा परी करिब ३५ जना घाइते भएका थिए । लगातारको आन्दोलनका कारण नगरपालिकाले पनि स्वास्थ्य मन्त्रालयले बिट्ठेनामै अस्पताल निर्माणका लागि ठेक्का आह्वान गर्न जारी गरेको परिपत्र कार्यान्वयन गर्न नसकिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले बताए ।  
अझै पनि दुबै पक्षसँग आवश्यक समन्वय तथा छलफल गरेर अघि बढ्नुपर्ने नगर प्रमुख भिम बहादुर चन्दले बताए । दुबै पक्षले आन्दोलन जारी राखेको र दुबै पक्ष सहित अन्य सरोकारवाला निकायसँग छलफल गरी अघि बढ्ने उनले बताए । कुनै एक ठाउँमा अस्पताल बनेको अवस्थामा अर्काे पक्षले हारको भावना पैदा गर्न नहुने उनले बताए । ‘अहिलेको अवस्थामा अस्पताल निर्माण प्रक्रिया अघि बढ्ने जस्तो देखिदैन, मारकाटको अवस्था भएको छ, कुनै एकठाउँमा बन्ने भनेर नगरपालिकाले अघि बढ्यो भने अर्काे पक्ष आक्रोसीत हुने भएकाले अहिले नै प्रक्रिया अघि बढ्न गाह्रो छ,’ उनले भने । दुबै पक्ष भावनात्मक रुपमा पनि एक हुनुपर्ने उनको धारणा छ ।


प्रकाशित मिति: मंगलबार, पुस १२, २०७९  २१:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्