Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुदूरपश्चिममा चुनावी तालमेल गर्न एमाले र विप्लव नेतृत्वको नेकपाबीच छलफल
सुदूरपश्चिममा चुनावी तालमेल गर्न एमाले र विप्लव नेतृत्वको नेकपाबीच छलफल
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, चैत २२, २०७८
ump_biplav_sudurpaschim.jpg

धनगढी । अगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा तालमेल गर्ने विषयमा नेकपा एमाले र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बीच छलफल भएको छ । चुनावी तालमेलबारे सोमबार धनगढीमा दुवै पार्टीका नेताहरुबीच छलफल भएको हो । तर छलफलमा कुनै निष्कर्ष भने निस्किएको छैन ।

छलफलमा नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटिका अध्यक्ष दामोदर भण्डारी, सचिव धर्मराज पाठक, केन्द्रीय निर्वाचन आयोगका सदस्य रणबहादुर चन्द र नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुन तथा विभिन्न जिल्लाका सेक्रेटरी सहभागी थिए ।


बैठकमा सहभागी एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य चन्दले दुई पार्टीबीच अगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर कसरी जान सकिन्छ भन्ने विषयमा कुराकानी भएको जानकारी दिए ।

‘दुवै पार्टीबीचको आपसी सरसल्लाहमा सोमबार हामीले चुनावमा कसरी जान सकिन्छ भन्ने विषयमा छलफल गरेका हौं,’ चन्दले  भने, ‘छलफल सकारात्मक भए पनि चुनावी तालमेलबारे निष्कर्ष निस्किसकेको छैन ।’

नेकपाका केन्द्रीय सदस्य पुनले आफ्नो पार्टीले प्रभाव क्षेत्रको विश्लेषण गरेर एमालेसँगको सहकार्यमा स्वतन्त्र ढंगले उम्मेदवार उठाउने र उसको प्रभाव क्षेत्रमा सहयोग गर्ने विषयमा सकारात्मक छलफल भएको र अर्को चरणमा फेरि छलफल गर्ने सहमति भएको जानकारी दिए ।

‘हाम्रो पार्टीले अहिलेको संसदीय प्रणालीलाई स्वीकार गरिसकेको अवस्था नभएकाले प्रत्यक्ष रुपमा निर्वाचनमा सहभागी नहुने भए पनि राष्ट्रवादी शक्तिहरुलाई सघाउने पार्टीको रणनीति छ,’ नेकपाका केन्द्रीय सदस्य पुनले  भने, ‘राष्ट्रियताको सवालमा एमाले र नेकपाका धेरै मुुद्दा मिल्ने भएकाले अगामी निर्वाचनमा तालमेल गरेर जाने कुरा भएको छ ।’

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटिका पदाधिकारीको बैठकले अध्यक्ष भण्डारीको अध्यक्षतामा चुनावी तालमेलबारे विभिन्न राजनीतिक दलसँग छलफल गर्न पाँच सदस्यीय वार्ता टोली बनाएको थियो ।


प्रकाशित मिति: मंगलबार, चैत २२, २०७८  २२:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्