Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा महिलामाथी बलात्कार, गर्भ बसेपछि औषधी सेवन गराएर भ्रूण हत्या !
बैतडीमा महिलामाथी बलात्कार, गर्भ बसेपछि औषधी सेवन गराएर भ्रूण हत्या !
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, पुस २७, २०७९

बैतडीमा महिलामाथी बलात्कार गरी गर्भ बसाएर भ्रूण हत्या गरेको घटना बाहिरिएको छ ।  पुर्चाैडी नगरपालिकाकी २३ वर्षीया महिलामाथी बलात्कार गरी गर्भ बसाएको र गर्भ बसेको थाहा पाएपछि औषधी सेवन गराई भ्रूण हत्या गरेको घटना बाहिरिएको छ । 
पुर्चाैडी नगरपालिकाका २७ वर्षीय गोपाल सिंह महराले २३ वर्षीया महिलामाथी बलात्कार गरेको र बलात्कारपछि बसेको गर्भ जबरजस्ती औषधी सेवन गराएर तुहाएको आरोप लागेको हो । महिलाले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइसकेकी छन् । घटनाबारे जाहेरी प्राप्त भएको र अनुसन्धानको प्रक्रियामा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहीले जानकारी दिए । 

पिडित महिलाले जाहेरीमा मंसिर ६ गते स्याउला ल्याउन जगंल गएकाबेला महराले जंगलमा बलात्कार गरेको उल्लेख गरेकी छन् । प्रतिकार गर्दा आफुले बोकेको हसिया देखाएर परिवारका सदस्यलाई मार्ने धम्की दिएर करणी गरेको जाहेरीमा उल्लेख गरेकी छन् । ‘बलात्कार पछि घटना बाहिर ल्याए ठिक हुने छैन, तिम्रै बेज्जत हुन्छ, म नेता हु, तिम्रो कुरा कसैले सुन्दैन’ भन्ने धम्की दिने गरेको पिडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन् । 
नियमित प्रक्रिया अनुसार पुस १ गते रजस्वला हुनुपर्ने भएपनि समयमा राजस्वला नभएपछि गर्भवती भएको थाहा पाएको पिडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन् । गर्भवती भएपछि बलत्कार गर्ने पुरुषलाई उक्त जानकारी गराएपछि कसैलाई जानकारी नगराउन र आफैसित भागेर जाउ भन्ने अभिव्यक्ती दिने गरेको बताइएको छ । उक्त कुरा ती महिलाले इन्कार गरेको र पुस ५ गते साँझ साढे ५ बजेको समयमा आरोपीतले औषधी ल्याएर दिएको खुलेको छ । ५ वटा ट्याब्लेट भएको उक्त औषधी दिएको र औषधी खानपनि इन्कार गरेपछि आरोपीतले हतियार बोकेर आएको र मार्ने धम्की दिएको जाहेरीमा उल्लेख गरिएको छ । महिलाले ५ वटै ट्याब्लेट (गर्भपतन गर्ने औषधी)  सेवन गरेको र सोही राती रक्तश्राप भएको बताइएको छ । 
उच्च रक्तश्रापपछि उपचारका लागि महिला आफन्तसँग डडेल्धुरा अस्पताल गएको र उपचारबाट फर्किएपछि जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएको खुलेको छ । 
यहि पुस २४ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । पुरुषको नाममा किटानी जाहेरी परेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी योगेश खत्रीले जानकारी दिए । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
 


प्रकाशित मिति: बुधबार, पुस २७, २०७९  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै
एलाइन्सले धनगढीमा थप सुबिधा सहित कक्षा संचालन गर्दै शनिबार, साउन ३१, २०८२
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता शुक्रबार, साउन १६, २०८२
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब  बुधबार, साउन १४, २०८२
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार
अनियमितता छानबिनको माग गर्दै पाटन नगरपालिकामा घेरबार आइतबार, साउन ११, २०८२
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड बिहीबार, साउन ८, २०८२
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता मंगलबार, असार ३१, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्