Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा बिद्युत कार्यालयको लापरवाही, बिजुली जडान नगरीकनै ५ वर्षदेखि महशुल उठाउदै
बैतडीमा बिद्युत कार्यालयको लापरवाही, बिजुली जडान नगरीकनै ५ वर्षदेखि महशुल उठाउदै
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, पुस २८, २०७९

बैतडी, 
बैतडीको पाटन नगरपालिका ६ स्थित सुकेलीमा रहेको भुमिराज मन्दिर र भगवती मन्दिरमा बिद्युत मिटर जडान गरेका ५ वर्ष भयो । पोलपनि गाडियो, मिटर समेत जडान गरियो तर बिजुली भने पुगेन ।
विद्युत वितरण केन्द्रले केहि समयमा बिद्युत पुगीहाल्ने आश्वासन दिएपछि २०७४ सालमै मिटरबक्स ल्याएर जडान गरिएको भुमिराज मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नारायण सिंह बिष्टले जानकारी दिए । ‘पोलहरु गाडेर ठिक्क पारिएको अवस्थामा केहि समयमा बिद्युत पुगिहाल्छ भनेर मिटर जडान गरियो, तर पाँच वर्षभन्दा बढी भइसक्यो, बिजुली बलेन,’ उनले भने । 
बिद्युत जडान नभएपनि विद्युत वितरण केन्द्र पाटनले भने महसुल लिने गरेको छ । बिद्युत जडान नगरेपनि मिटर जडान भएदेखि हालसम्म महसुल लिने गरेको पाइएको छ । मिटर जडान भएदेखि नै महशूल लाग्नेभन्दै महशुल माग्ने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिष्टले बताए । 


२०७४ सालदेखि पटक पटक बिद्युत जडानका लागि लिखि तथा मौखिक रुपमा बिद्युत वितरण केन्द्रलाई आग्रह गर्दापनि कुनै सुनुवाई नभएको स्थानीयहरुको गुनासो रहेको छ । ‘बिद्युत जडान गर्न पटकपटक निबेदन दिइयो, कुनै सुनुवाई भएन,’ अर्का स्थानीय नमराज बिष्टले भने ।
मन्दिरमा मात्रै होईन पाटन ६ कै सुकेलीमा रहेको दलित बस्तीमा बिजुली पुगेको छैन । स्थानीहरुले घरमा वाईरिङ गरेको एक वर्षभन्दा बढी भइसकेको भएपनि बिजुली भने पुगेको छैन । घरअगाडी पोल गाडीएको र घरमा वाईरिङ समेत गरेको लक्ष्मण लुहारले बताए । बेलाबेला वितरण केन्द्रसमक्ष आग्रह गर्दां कुनै सुनुवाई नभएको लुहारले सुनाए । ‘घरनजिकैका टोलहरुमा झलमल्ल बिजुली बलीरहन्छ, हामि अन्धकारमा छौँ ।’ विजुली केहिदिनमा पुग्ने आश्वासन दिएपछि गतवर्ष वाइरिङ गरेको उनले बताए । 

No description available.
नमुना सहरको रुपमा रहेको पाटन बजार छेउमै रहेको दलित बस्ती अन्धाकारमा बस्न बाध्य छन् । नमुना सहरको क्षेत्रमा अन्धकारमा बस्न बाध्या भएको अर्का स्थानीय मदन लुहारले सुनाए । ‘घर नजिकैका बजार क्षेत्रमा करोडौँका योजनाहरु भइरहेका छन् भन्ने सुनिन्छन, हामिले भने विजुली बाल्न पाइरहेका छैनौँ, बिद्युत जडानको माग गर्दा पनि आनाकानी गर्छन,’ लुहारले   सुनाए । 
तार लगयतका केहि उपकरणको अभावमा विद्युत जडान गर्न नसकिएको वितरण केन्द्र बैतडीले जनाएको छ । विद्युत पूर्णरुपमा नपुगिकनै घरमा वाईरिङ र मिटर जडान गर्ननहुने उनले बताए । तर वितरण केन्द्रले नै मिटर दिइसकेको थियो । 
बैतडीको पाटन नगरपालिकामा झण्डै ९० प्रतिशत घरहरुमा विजुली पुगीसकेको नगरपालिकाले जनाएको छ । केहि टोलहरु जिुली नपुगेको र पूर्ण विद्युतीकरणका लागि माथिल्लो निकायसँग पहल भइरहेको पाटन नगरपालिकाले जनाएको छ । ‘बिद्युत नपुगेक टोलहरुमा लाईन बिस्तारका लागि बिद्युत वितरण केन्द्र बैतडी, क्षेत्रीय कार्यालय अत्तरीया र प्रदेश तथा संघीय सरकारसँग समन्वय भइरहेको छ,’ उपप्रमुख कमल बोहराले बताए ।
तत्कालिन समयमा बिद्युतका पोलहरु गाडिएको भएपनि विद्युत जडान गर्न नसकिएको विद्युत वितरण केन्द्र बैतडीका प्रमुख पवन भट्टले बताए । ‘विभिद कारणले विद्युत जडान हुन सकेन, अब प्रक्रिया अघि बढाउछौँ,’ उनले भने । यसै वर्षभित्र विद्युत पुग्नेगरी काम अघि बढाउने उनले बताए । 

No description available.
विद्युतीकरणको काममा सम्बन्धित निकायको तदारुकता नदेखाएका कारणले पनि विद्युतीकरणको काममा ढिलाई हुने गरेको छ । बैतडीमा करिब ३८ प्रतिशतघरधुरीमा मात्रै विजुली पुगेको छ । विद्युत वितरण केन्द्रका अनुसार बैतडीमा १९ हजार घरधुरीमा मात्रै बिजुली पुगेको छ । ५०,४७२ घरधुरी रहेको बैतडीमा १९,१९२ घरधुरीमा मात्रै विद्युत पुगेको विद्युत प्राधिकरण बैतडीले जनाएको छ । यो कुल परिवार संख्याको ३८ प्रतिशत मात्रै हो । 
जिल्लालाई पूर्ण विद्युतीकरणको लागि चार ठाउँमा सबस्टेसनको कामलाई अघि बढाएको वितरण केन्द्र बैतडीका प्रमुख भट्टले बताए । जिल्लाको पाटन नगरपालिका र मेलौली नगरपालिका तथा दोगडाकेदार र सुर्नया गाउँपालिकामा सबस्टेसनको काम अघि बढेको प्रमुख भट्टले बताए । पाटन र मेलौलीमा बन्ने भनिएको सबस्टेसनको लागि ठेक्का म्याद दोश्रो पटक थपिएको छ भने सुर्नया र दोगडाकेदार गाउँपालिकामा बन्ने भनिएको सबस्टेसनको लागि पहिलो ठेक्का सम्झौता भइसकेको छ ।


प्रकाशित मिति: बिहीबार, पुस २८, २०७९  ०८:१५
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्