Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • शिबनाथ गाउँपालिकाको भान्छेमा नेपाली
शिबनाथ गाउँपालिकाको भान्छेमा नेपाली
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, माघ ८, २०७९

स्थानीय तहका जनप्रतिनिधिले नातागोता र आफ्नै घरका सदस्यलाई भान्छे र स्वकीय सचिव राख्ने प्रवृत्ति बढेका बेला बैतडीको शिवनाथ गाउँपालिकाले समाजमा हुने जातीय छुवाछूत हटाउन दलित समुदायका व्यक्तिलाई खाना पकाउने भान्छे नियुक्त गरेको छ। 

समाजमा हुने जातीय विभेद हटाउनुपर्छ भन्ने सन्देश दिन गाउँपालिकाले दलित समुदायका व्यक्तिलाई भान्छे नियुक्त गरेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो। 

नेपाली कांग्रेसका नेता कर्ण साउद शिवनाथ गाउँपालिका अध्यक्षमा विजयी भएपछि उहाँले गाउँपालिकाको भान्छेमा प्रकाश नेपाली औजीलाई नियुक्त गर्नुभएको हो। साउद दोस्रो पटकको स्थानीय तहको निर्वाचन २०७९ मा पनि गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको छ। 

समाजमा व्याप्त कुरीति र कुसंस्कार हटाउने आफ्नो ध्येय रहेकाले प्रकाश नेपालीलाई गाउँपालिकामा खाना पकाउने भान्छे नियुक्त गरेको गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो। 

गाउँ समाजमा अहिले पनि दलितले छोएको नखाने परम्परा कायमै रहेका बेला नेपालीलाई भान्सेमा नियुक्त गरेपछि समाजका टाठाबाठा कहलिएका व्यक्तिको आलोचना खेप्नु परे पनि अहिले सबैले कुरा काट्न छाडेको अध्यक्ष साउदले बताउनुभयो। 

पढाइ छाडेर भारत जाने तयारीमा रहेका बेला गाउँपालिकाले बोलाएर भान्छेको नियुक्ति दिँदा सुरुमा त विश्वास नै नलागेको शिवनाथ गाउँपालिका–२, सनकोट गाउँका प्रकाश नेपालीले बताउनुभयो। 

उहाँले भन्नुभयो, “घरको आर्थिक अवस्था निकै कमजोर छ। पढाइ पूरा गर्न नसकेपछि जीविका चलाउन भारत जाने तयारी गरिरहेको थिए तर मलाई गाउँपालिकाले बोलाएर खाना पकाउने भान्छेको नियुक्ति दियो। सुरुमा त विश्वास नै लागेन। म पाँच वर्षदेखि शिवनाथ गाउँपालिकाको भान्छेका रूपमा कार्यरत छु। खाली समयमा कम्प्युटर सिक्दै पढाइमा खर्च गरिरहेको छु।”

गाउँपालिकाका भान्से प्रकाश नेपाली अहिले भान्छेका रूपमा काम गर्दै प्रवीणता प्रमाणपत्र तहसम्मको पढाइसमेत पूरा गर्नुभएको छ। नेपालीले हालै शिक्षकसेवा आयोगको निमावि तहको लाइसेन्सको परीक्षासमेत दिएको बताउनुभयो। 

समाज बदल्न भौतिक विकास निर्माणसँगै सामाजिक कुरीति र कुप्रथा हटाउनु पनि स्थानीय सरकारको दायित्व भएकाले दलितलाई भान्छे नियुक्त गर्न कार्यपालिकाको निर्णय नै गरेर कार्यान्वयन गरेको शिवनाथ गाउँपालिकाले जनाएको छ। 

स्थानीय तहका जनप्रतिनिधिले नातागोतालाई काखी च्याप्ने होइन, समाजको पिँधमा रहेका, शोषण र उत्पीडनमा परेका वर्गलाई अवसर दिँदा सानो कुराले पनि ठूलो परिवर्तन आउँछ भन्ने कुरा पुष्टि गरेको गाउँपालिका अध्यक्षले बताउनुभयो।  

बैतडीमा चार नगरपालिका र छ गाउँपालिका गरेर कुल १० स्थानीय तह रहेका छन्। अधिकांश स्थानीय तहमा भान्छे र सहयोगीका रूपमा जनप्रतिनिधिले आफन्त र नातागोतालाई नियुक्त गरेर तलब खुवाउँदै आइरहेका छन्।    


प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १५:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्