Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीः राज्य र अधिकारकर्मीको नजरमा नपरेका एकल महिला, परिवार पाल्नै धौधौ 
बैतडीः राज्य र अधिकारकर्मीको नजरमा नपरेका एकल महिला, परिवार पाल्नै धौधौ  वडा तहबाटै राज्य गम्भिर नबन्दा एकल महिला तथा टुहुरा बालबालिकाहरुले समस्या भोग्दै आएका छन् । 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, माघ २२, २०७९

बैतडी, 
मेलौली नगरपालिका ६ पोखरी, गोदापानीकी ३० वर्षीया पुस्पा पोखरेललाई छोराछोरी हुर्काउन धौधौ छ । बिरामी वृद्धा सासुआमा र एक छोरा एक छोरीको लालनपालनको जिम्मेवारी उनैसँग छ । साहारा दिने श्रीमान बितेको चार वर्ष भयो । २०७५मा रोजगारीको सिलसिलामा भारतमा रहेका उनका श्रीमान बिरभानको जण्डीस रोगका कारण  उपचार नपाएर निधन भयो । 
‘छोरी कोखमै छदा श्रीमानको भारतमै निधन भयो, बस्ने झुप्रोबाहेक  सागपात लगाउने खनलो (सानो जमिनको टुक्रा)समेत छैन, पुस्पाले भक्कानिदै भनिन्, लाउखाउँ भन्ने उमेरमै श्रीमानले सदाका लागि छोडे, जिविका चलाउन गाह्रो भयो’ उने आँसु पुछ्दै सुनाइन् । 
चाँडबाँडमा लुगाफाटो त परको कुरा छोराछोरीलाई पेटभरी खान समेत नपुग्ने गरेको उनले दुःख सुनाईन् । उनका ६ वर्षीय छोरा सुरज कक्षा २ मा पढ्छन्,भने ४ वर्षीया छोरी सिता शिशु कक्षामा पढ्छिन् । सामाजिक सुरक्षा भत्ताको रकमले मात्रै घरव्यावहार चलाउन गाह्रो हुने गरेको पुस्पाले बताइन् । ‘सबै थोक किनेरै खानुपर्ने, गहुँ चामल किन्न पनि भत्ताको पैसा पुग्दैन, उनले भनिन्, छोराछोरीको कापी कलम किन्ने समेत पैसा हुदैन ।’  
भत्ता बाहेक आयश्रोत केहि नभएको पुस्पाको भनाइ छ । राज्यका कुनै पनि निकायबाट आफुले अविभावकत्व नपाएको पुस्पाले बताइन् । एकल महिला तथा साहारा गुमाएका परिवारका लागि राहात तथा आर्थिक उपार्जनका कार्यक्रमहरु हुने भन्ने सुनेको भएपनि आफुले यस्ता कार्यक्रमबारे कुनै जानकारी नभएको पुस्पाको भनाइ छ । 

बुवाको उपचार गर्न लिएको ऋण तिर्न छोरा भारत गए, छोरीले पढाइ छाडिन् 
सोही ठाउँकी ४७ वर्षीया कमला पोखरेलको दुःख पनि भनि नसक्नु छ । दुई वर्ष पहिले श्रीमानको निधन भयो । श्रीमानको उपचारको लागि निकालेको ७ लाख रुपैया ऋण समेत तिर्न सकेकी छैनन् । आर्थिक अभावले बिथोलिएपछि १७ वर्षीय  छोरीले कक्षा ७ मा अध्यान गर्दागर्दै पढाइ छोड्नु परेको छ भने छोरालाई कलिलै उमेरमा बढाइ छुटाएर रोजगारीको लागि भारत पठाउनु पर्ने बाध्यता छ । 
‘श्रीमान पनि रोजगारीको सिलसिलामा भारतमा हुन, उनी बिरामी परेपछि उपचार गर्न ७ लाख रुपैया ऋण निकाल्यौँ, तर श्रीमानलाई बचाउन सकेनौँ, दुई वर्ष पहिले श्रीमानको निधन भयो, कमलाले भनिन्, श्रीमानको लागि निकालेको ऋण तिर्न छोरालाई भारत पठाए, कापी कलम किन्ने समेत पैसा नभएर छोरीले पढाइ छोडिन्,’ उनले भनिन् ।  दुई छोरा एक छोरी रहेकी पार्वतीका कान्छा छोरा कक्षा ३ मा अध्यान गर्छन् । 
घरको छाप्रो बाहेक सम्पतीको नाउमा केहि नभएको कमलाले सुनाइन् । ‘चुहिने घरबाहेक गरिखाने कति पनि जमिन छैन, काम गरेर खान गाउँठाउँमा कुनै अवसर छैन,’ उनले भनिन् । 
रोजगारी नभएका, राज्यबाट कुनै अवसर नपाएका आर्थिक अवस्था कमजोर भएकाहरुका लागि स्थानीय तहदेखि देखि संघीय सरकारसँम्म खुबै चाँखलाग्दा कार्यक्रम आउने गरेको भएपनि बैतडीको मेलौलीका पुस्पा र कमला जस्तो परिवारले हालसम्म अझै पनि कुनै अवसर पाएका छैनन् । 
स्थानीयतह देखि प्रदेश र संघ सरकारको सहयोगमा एकल महिला तथा अविभावक गुमाएका बालबालिकाका लागि विभिन्न उद्यमसिलताका कार्यक्रम तथा आर्थिक सहयोग हुने गरेको भएपनि वास्तविक पिडित छुट्ने गरेका छन् । वडा तहबाटै राज्य गम्भिर नबन्दा एकल महिला तथा टुहुरा बालबालिकाहरुले समस्या भोग्दै आएका छन् । महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्ने संघसस्था र अधिकारकर्मीहरु समेत वास्तविक पिडितसामु अझै पुग्न नसेको यी घटनाहरुले प्रष्ट पारेको छ । 
वडाको बजेटले सबै एकल महिला र असाहाय बालबालिकाको लागि नभ्याउने वडा नं वडा अध्यक्ष तारादत्त भट्टले बताए । ‘वडामा धेरै यस्ता महिला तथा बालबालिकाहरु छन्, सबैका लागि वडाको बजेटले सबै कार्यक्रम ल्याउन सकिदैन, वडा अध्यक्ष भट्टले भने, नगरपालिकाबाटै केहि कार्यक्रमहरु ल्याउनुपर्ला,’ उनले भने ।
एकल महिला तथा अविभावक गुमाएका बालबालिकाहरुका लागि छुट्टै कार्यक्रम नल्याएको मेलौली नगरपालिकाका नगर प्रमुख भिम बहादुर चन्द बताउछन् । ‘आर्थिक उपार्जनका कार्यक्रमसँग जोड्नको लागि खासै कार्यक्रम छैनन्, प्रदेश सरकारसँग आवस्यक समन्वय गर्ने तयारी छ ।’ नगर प्रमुख चन्दले भने । 
आर्यआर्जनका कार्यक्रममा यस्ता महिलाहरुलाई समेट्ने योजनामा रहेको समेत उनको भनाइ छ । ‘आयआर्जनका कार्यक्रमतर्फ महिलाहरुलाई जोड दिनुपर्नेमा हामि सकारात्मक छौँ, प्रदेश र संघीय सरकारबाट सञ्चालन हुने गरेका कार्यक्रममा उनीहरुलाई समेट्ने छौँ,’ उनले भने । नगरपालिकाका लागि दलिततर्फ छुट्याएको बेजटबाट केहि सहयोग गर्न सकिने नगर प्रमुख चन्दले बताए । 

टुहुरा बालबालिका र आर्थिक अभावले पढाईबाट बञ्चित भएका बालबालिकाहरुका लागि आगामी आर्थिक वर्षदेखि छुट्टै कार्यक्रम ल्याउने नगरपालिकाले जनाएको छ । 
 


प्रकाशित मिति: आइतबार, माघ २२, २०७९  ०८:५०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्