Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा करोडौँ लगानीका खेलमैदान अलपत्र
बैतडीमा करोडौँ लगानीका खेलमैदान अलपत्र पुर्वाधार बिना जिल्लामा हुने खेलकुद प्रतियोगिताहरु मादपण्ड अनुसार खेलाउने गरिएको छैन  खेलकुद प्रतिनिधि भन्छन्, ‘पुर्वाधार बिना खेलकुदको विकास सम्भव छैन,’ ।  
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, फागुन ७, २०७९

बैतडी, 
बैतडीको पञ्चेश्वर गाउँपालिकामा एक सय मिटरको छोटोदुरीको दौड कच्ची सडकमा गरियो । पालिकास्तरीय रनिङ सिल्ड प्रतियोगितामा पञ्चेश्वर ३ को कुलाउ मावि र वडा कार्यालय नजिकै रहेको निर्माणाधीन खेलमैदानमा सञ्चालन गरिएको थियो । भलिबल लगायत अन्य एथलेटिक्सका खेलहरु निर्माणाधिन खेलमैदान र कुलाउ माविको मैदानमा खेलाइएको भएपनि छोटो तथा लामो दुरीको दौड प्रतियोगिता भने कच्ची सडकमा गराइएको हो । 
खेल मैदानको अभावमा छोटो दुरीको दौड प्रतियोगिता समेत सडकमा गर्नुपर्ने बाध्यता रहेको खेल प्रशिक्षक हरि भण्डारीले जानकारी दिए । ‘निर्माणाधिन खेल मैदानमा सय मिटरको दौड समेत गराउन सकिएन, छोटो तथा लामो दुरीका दौडहरु कच्ची सडकमै गरायौँ, अन्य एथलेटिक्सका खेलहरु मैदानमै खेलायौँ,’ खेल प्रशिक्षक भण्डारीले भने । 
प्रतियोगिता जारी रहेको निर्माणधिन खेलमैदानमा ८० लाख खर्च भइसकेको छ । तर सम्पन्न हुन सकेको छैन । वडा नं ३ का वडा अध्यक्ष मिन बहादुर चन्दका अनुसार संघीय सरकारबाट प्राप्त ८० लाख बजेटबाट ५० प्रतिशत मात्रै काम भएको छ । थप बजेट नआएकाले निर्माण सम्पन्न नभएको वडा अध्यक्ष चन्दले बताए । 
वडा नं ४ मा पनि दुई वटा खेलमैदान निर्माणाधीनको क्रममा थिए । तर सम्पन्न भएनन् । वडा नं ४को जवलपुर मावि करिब ७ लाख र कैलपाल मन्दिर नजिकै बन्न लागेको खेल मैदानमा पनि करिब १० लाखबढी बजेट बिनियोजन गरी काम भएको भएपनि अपुरो रहेको वडा अध्यक्ष जनक बहादुर चन्द बताउछन् ।
पञ्चेश्वर–५ को धिर्मडा देउथला खेलमैदानमा १० लाख खर्च भइसकेको छ । ८ लाख बजेट यसवर्ष पनि बिनियोजन गरेको छ । यसरी लाखौँ रकम खर्च गरेर निर्माण सम्पन्न गर्न नसकेको गाउँपालिकाले यस वर्षको पालिकास्तरीय राष्टपति रनिङ सिल्ड प्रतियोगिताको एक सय मिटरको दौड प्रतियोगिता समेत कच्ची सडकमा गनुपर्ने बाध्यता रहेको छ । 
संघीय सरकारबाट प्राप्त भएको बजेट अनुसार खेलमैदान निर्माणको काम गरिएको पञ्चेश्वर गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । ‘वडा नं ३ को खेलमैदानको लागि संघीय सरकारबाट बजेट प्राप्त भएको हो,’ बजेट अनुसार काम भएको छ, केहि खेलहरु पनि खेलाईएका छन्, उनले भनिन्, ‘सबै खेल खेलाउन उपयुक्त  भने छैन,’ उपाध्यक्ष भट्टले भनिन् । 
पञ्चेश्वर गाउँपालिकामा मात्रै होईन जिल्लाका १० वटै पालिकामा स्तरीय खेलमैदानको सुबिधा छैन । एकसय देखि तीन हजार मिटरका दौडहरु सबै सडकमा गरिने गरिएको छ ।  पुर्चाैडी नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको कमल विशाल पार्क खेलमैदानमै यस वर्ष रनिङ सिल्ड प्रतियोगिताको आयोजना गरिएको थियो । वडा नं १ स्थित कमल विशाल पार्कमा निर्माणाधीन खेलमैदानमा २० लाखभन्दा बढी बजेट खर्च भइसकेको छ । उक्त मैदान सम्पन्न गर्नको लागि नगरपालिकाले यस वर्ष थप दुई करोड पचाँस लाख रुपैयाँ बजेट बिनियोजन गरेको नगर प्रमुख दिपक बहादुर बमले जानकारी दिए । ‘यसवर्ष निर्माणाधीन खेलमैदानमै खेल सम्पन्न गरेका हौँ, दुई करोड बजेट पचाँस लाख बजेट बिनियोजन गरेका छौँ, अर्काे वर्ष स्तरीय खेलमैदान बन्छ,’नगर प्रमुख बमले भने । 
बैतडीको दोगडाकेदार गाउँपालिकामा बन्न लागेका पाँच वटा खेलमैदानले पनि पूर्णता पाएको छैन ।  संघीय सरकार र गाउँपालिकाको बजेट गरी ५० लाख रुपैया लगानी गरेपनि खेलमैदान तयार भएका छैनन् । यसवर्षको राष्ट्रपति रनिङ् सिल्ड प्रतियोगिता निर्माणाधीन चनैराज खेलमैदानमा सम्पन्न गरेको पालिकाले जनाएको छ । पछिल्ला आर्थिक वर्षमा खेलमैदानमा बजेट बिनियोजन नगरेको गाउँपालिका उपाध्यक्ष पार्वती कार्कीले जानकारी दिइन् । बजेट अभावले नै खेलमैदान निर्माण सम्पन्न हुन नसकेको पालिकाले जनाएको छ । वडा नं ७ मा दुई, वडा नं ५, ६ र ८ मा एकएक खेलमैदानगरी पाँच वटा खेलमैदान निर्माणाधीनको क्रममा रहेका छन् । 
मेलौली नगरपालिकामा बन्न लागेको नगरस्तरीय खेलमैदान निर्माणले समेत पूर्णता पाएको छैन । आर्थिक वर्ष २०७४÷०७५  देखि हालसम्म १ करोड ८ लाख खर्च भइसकेको छ । यस वर्षपनि प्रदेश सरकारबाट थप ८ लाख रुपैया प्राप्त भएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा डिपिआर गरी ३० करोड लागतमा निर्माण सम्पन्न हुने अगुमान गरिएको थियो । ६० तर हालसम्म १० प्रतिशत पनि प्रगति भएको छैन । 

जिल्लाको सुर्नया गाउँपालिकामा पनि दुई वटा खेलमैदान अलपत्र परेका छन् । वडा नं २ मा प्रदेश सरकारबाट प्राप्त बजेटबाट बन्न लागेका दुईवटा खेलमैदानहरु अलपत्र अवस्थामा परेका छन् ।  
यसैगरी सिगास गाउँपालिकामा पनि दुई वटा खेलमैदान अलपत्र परेका छन् । प्रदेश सरकार र स्थानीय सरकारको लगानीमा बन्ने भनिएका दुई वटा खेलमैदान अलपत्र अवस्थामा रहेका छन् । सिगासमा यस वर्षको रनिङ सिल्ड अर्जुन माविको मैदानमा गराइएको थियो । 
यसैगरी डिलासनैनी गाउँपालिकामा १ करोड १० लाखभन्दा बढी रुपैया खेलमैदानमा खर्च गरेर दुई वटा खेलमैदान तयार भएका छन् । स्थानीय, प्रदेश र संघीय सरकारबाटगरी ९० लाख लागतमा पंसेरा खेलमैदान सम्पन्न भएको छ भने २० लाख लगानीमा वडा नं ५ को हरिनगर खेलमैदान निर्माण सम्पन्न भएको छ । अन्य वडाहरुमा पनि खेलमैदान निर्माणको तयारी भइरहको गाउँपालिका अध्यक्ष सन्तोष प्रकाश जोशीले जानकारी दिए । 
बैतडीका सबैजसो पालिकामा स्तरीय खेलमैदान नहुदा खेलकुद प्रतियोगिता प्रभावित हुने गरेको छन् । खेलमैदान अभावकै कारण मापदण्ड अनुसार खेलकुदका प्रतियोगिताहरु सञ्चालन गर्न नसकिएको जिल्ला खेलकुद विकास समितिको कार्यालय बैतडीका प्रमुख तर्कराज जोशीले जानकारी दिए । ‘जिल्लाका सबैजसो पालिकामा खेलमैदान अभाव छ, सबैखाले दौडहरु समेत सडकमा गर्नु परेकोछ, कामचलाउ प्रतियोगिताहरु गरीरहेका छौँ,’ प्रमुख जोशीले भने । 
जिल्लाका १० स्थानीय तहमा बन्न लागेका दर्जनबढी खेलमैदानहरुमा करोडौ बजेट बिनियोजन गरिएको भएपनि पूर्णता पाउन सकेको छैन ।  तीनै तहको सरकारको लगानीमा करोडौँ बजेट बिनियोजन गरिएको भएपनि खेलमैदान तयार भएका छैनन । आर्थिक वर्ष २०७४÷०७५ देखि निर्माण सुरु गरिएका खेलमैदान समेत तयार भएका छैनन् ।  
स्थानीय तहहरुले खेलमैदान निर्माणको सुरुवात गरेको भएपनि लामोसमयसम्म पूर्णता दिन नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष चमन कुमार भण्डारीले बताए । ‘स्थानीय तहलाई बेलाबेला आग्रह गर्दै आएकाछौँ, खेलमैदान अझै पूर्णता पाउन सकेको छैन, पुर्वाधार बिना खेलकुदको विकास सम्भव छैन,’ उनले  भने ।
 


प्रकाशित मिति: आइतबार, फागुन ७, २०७९  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै
टी–२० विश्वकप छनोट : सुपर सिक्समा नेपाल र ओमान भिड्दै बुधबार, असोज २९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्