बैतडी
बैतडीको पाटन नगरपालिका वडा न.१मा वडा स्तरीय शिक्षा समितीको बैठक सम्पन्न भएको छ । बैठकले वडा अध्यक्ष तर्कसिंह ठगुन्नाको संयोजकमा ७ सदस्यीय परिक्षा समिति गठन गरेको छ ।
शिक्षा समितिले बार्षिक परिक्षाका सामग्रीहरु व्यवस्थापन देखी प्रश्नपत्र निर्माण सम्म गर्नेछ भने, वडा स्तरीय परिक्षा सञ्चालन गर्नेछ ।
वडाको शैक्षीक गुणस्तर सुधारका लागि वडा स्तरीय बार्षिक परिक्षा सञ्चालन गर्न लागेको वडाअध्यक्ष ठगुन्नाले बताए ।
वडा भित्रका १०ओटै विद्यालयका लागि एकै प्रश्नपत्र तयार गरिनेछ भने, उत्तर पुस्तिका जाँचको जिम्मा फरक–फरक विद्यालयलाई दिइने छ ।
शैक्षीक गुणस्तर सुधारका लागि अन्तरविद्यालय स्तरीय परिक्षा सञ्चालन गर्न लागेको वडा कार्यालयले जनाएको छ ।
शिक्षा समितिले चैत २गते भित्र प्रश्नपत्र तयार गरेर विद्यालयहरुमा पठाइसक्ने र ५ गते देखी परिक्षा सञ्चालन गरिने छ ।
विद्यालयहरुले परिक्षाफल तयार गरिसकेपछि वडा कार्यालयमा पठाउने र वडा कार्यालयले एक प्रति वडामा राखेर प्रकाशन गर्ने बताइएको छ ।
वडाले कक्षा १देखी ७ सम्म वडा स्तरीय परिक्षा सञ्चालन गर्नेछ भने, कक्षा ८को नगर स्तरीय हुनेछ भने, कक्षा ९को समेत वडा स्तरीय परिक्षा हुनेछ ।