बझांग
नेकपा(एमाले) अध्यक्ष एंव पुर्व प्रधानमन्त्री केपी ओली बझांग पुगेका छन् । नेकपा(एमाले) जिल्ला कमिटी बझांगले
सदरमुकाममा आयोजना गरेको बिसाल जनसभा तथा पार्टी प्रबेश कार्यक्रमलाई सम्बोधन गर्न ओली बझांग पुगेका हुन् ।
अध्यक्ष ओलीको साथमा पार्टीका उपाध्यक्ष बिष्णु पौडेल, पार्टीका सुदुरपश्चिम प्रदेश सहइन्चार्ज कर्ण थापा, प्रदेश अध्यक्ष दामोदर भण्डारी, पुर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायतका नेता कार्यकर्ता बझांग पुगेकाछन् ।
बझांगमा आयोजीत कार्यक्रममा करिब ३०हजार व्यक्ति सहभागी हुने बताइएको छ । उक्त कार्यक्रममा २हजार बढी व्यक्तिलाई अन्य पार्टीबाट एमालेमा प्रवेश गराउने कार्यक्रम तय भएको एमाले बझांगले जनाएकोछ ।