Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बुढाल मृत्यु प्रकरण : आफन्त आन्दोलीत
बुढाल मृत्यु प्रकरण : आफन्त आन्दोलीत
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, चैत १७, २०७९

बैतडी । 

गएको फागुन १३ गते पीकनिक मनाउन गएका दशरथचन्द नगरपालिका-१० का ३० वर्षीय जिवन बुढाल मृत्यु प्रकरणका मुख्य आरोपित मध्ये तीन जनालाई जिल्ला अदालत बैतडीले धरौटीमा रिहा गरेको भन्दै पीडित पक्षले शुक्रबार जिल्ला अदालत र प्रशासन कार्यालय अगाडी शान्तिपुर्ण धर्ना दिएका छन् । अदालतले अन्तिम फैसला गरिनसकेको भएपनि मृतककी पत्नी सहित पीडित पक्षले धर्ना तथा जुलुस गरेका छन् । 

पीडित परिवार र बुढालका गाउँलेहरुले धर्ना तथा जुलुस निकालेका हुन् । दोगडाकेदार गाउँपालिका-४ जाडाबगडस्थित चमेलीया नदी किनारमा साथीहरुसंग पिकनिक गएका बुढाल मृत अवस्थामा फेला परेका थिए । उनि मृत भेटिएको स्थानमा विष्फोटक पदार्थ समेत फेला परेको थियो । उक्त विष्फोटक पदार्थ माछा मार्न प्रयोग गरिएको अनुसन्धानबाट खुलेको छ । 

बुढालको मृत्यु पछि पीडित पक्षले उनिसंगै पीकनिक गएका १२ जना बिरुद्ध हत्या आरोपमा किटानी जाहेरी दिएका थिए । आरोपितहरूलाइ प्रहरीले फागुन १४ गते पक्राउ गरेको थियो । १२ मध्ये तीन जाना पीकनिकमा सहभागिका लागि खाना बनाउने काममा भएको बुझिएको छ भने एक एक गाडी चालक हुन् ।

मृत्यु प्रकरणमा मुख्य दोषिको आरोप लागेका ७ जनामध्ये जिल्ला अदालत बैतडीले तीन जानालाई बिहीबार जनही एक लाख ५० हजार धरौटीमा रिहा गरेको छ भने चार जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । अदालतले आरोपित गजेन्द्रसिंह रावल, नारायणसिंह ऐरी, अर्जुनसिंह रावल र भीमसिंह गठुन्नालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने दिपेन्द्रसिंह ऐरी, पुष्पराज भट्ट र टेकसिंह खत्रीलाई धरौटीमा रीहा गरेको छ । 

अदालतले घटनामा संलग्न भनिएका नविनसिंह ठगुन्ना र श्यामसिंह ऐरीलाई जनही ५० हजार धरौटीमा रीहा गरेको छ भने मोहन सिंह ठगुन्ना, केशबसिंह बुढाल र भुवनराम लुहारलाई राधारण तारेखमा रिहा गरेको जिल्ला अदालतका तहसिलदार तिर्थराज आचार्यले बताए । 


प्रकाशित मिति: शुक्रबार, चैत १७, २०७९  १६:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन सोमबार, वैशाख २२, २०८२
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति
माओवादी प्रवेश गरेका बिस्ट एमालेको कुनै जिम्मेवारीमा नरहेको एमालेको स्पष्टोक्ति बिहीबार, वैशाख १८, २०८२
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित 
बैतडीको दोगडाकेदारमा शिक्षकको आन्दोलनका कारण ग्रेडवृद्धि परीक्षा स्थगित  आइतबार, वैशाख ७, २०८२
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र  ऐनमा समेट्नुपर्ने बिषय
नेपाल निजामति कर्मचारी संगठन स्थापना दिवस २०८२ र ऐनमा समेट्नुपर्ने बिषय शनिबार, वैशाख ६, २०८२
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई  शुक्रबार, वैशाख ५, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सभापति देउवाद्वारा बैतडी–काठमाडौं उपत्यका सम्पर्क समितिको भित्तेपात्रो विमोचन
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
सीप र क्षमताको प्रयोग गरी स्वदेशमै आत्मनिर्भर बन्न युवाहरूलाई आग्रह
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
औद्योगिक उन्नतिको बाटो र सहजीकरण
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैशाख २ गतेदेखि बैतडीको पाटनमा महोत्सव लाग्ने, जिल्लामा उत्साह
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको पाटन बहुमुखी क्याम्पसमा अनेरास्ववियु अखिलको सयुक्त प्यानल विजयी
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडीको जिल्लास्तरीय रनिङ सिल्डको उद्घाटन मन्त्री भण्डारीले गर्ने
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि पुर्चाैडीलाई 
बैतडीमा एक वृद्ध मृत फेला
बैतडीमा एक वृद्ध मृत फेला
NOC NOC
BN Kast Gokule Ad BN Kast Gokule Ad
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्