Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • अवैध सम्बन्धबाट जन्मेका ‘प्रिन्स’ले २७बर्षसम्म जन्मदर्ता र नागरिकता पाएनन् 
अवैध सम्बन्धबाट जन्मेका ‘प्रिन्स’ले २७बर्षसम्म जन्मदर्ता र नागरिकता पाएनन्  तमसुक बनाएर पाएको सुन र २०हजार लुटियो, प्रहरी समक्ष देखाइएको तमसुक समेत गायव
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, चैत २७, २०७९

बैतडी,

घटना वि.स. २०५१ को हो । सिगास गाउँपालिका २ मा एक महिला बलात्कृत भइन् । सो घटनाबारे आफन्तलाई सुनाइन् । महिलाले बताए अनुसार स्थानीय गाणो धामी नाम गरेका ब्यक्तिले ती महिलालाई बलात्कार गरेर गर्भ बसेको थियो । ती महिलाका श्रीमानको वि.स. २०४४ सालमै मृत्यु भएको थियो । बलात्कृत भएकी ती महिलाले २०५२ माघमा बच्चा जन्माइन् । ती एकल महिलाले आफुमाथी घटेका घटनाबारे आफन्तलाई सुनाइन् । 

आफन्त भनिएका दान सिंह धामीसहितका ठुला भनाउँदाहरु गाउँमा मिलेर बलात्कारमा संलग्न भनिएका गाणो धामीले ती महिलालाई नगद २० हजार रुपैया र दुई तोला सुन दिनुपर्ने सहमती गराएर गाउँमै मिलाईयो । तर त्यो समयमा २ तोला सुन र २० हजार रुपैया महिलाका आफन्त भनिएका दान सिंह धामीले नै राखे । उक्त पैसा र सुन ५ वर्ष सम्म पालन पोषणका लागि महिलालाई दिइएको थियो । तमसुक नै बनाएर उक्त पैसा दिएको देखिएको छ ।

बलात्कार पछि जन्मिएका ब्यक्ति अहिले २७ बर्षका भएकाछन् तर उनले जन्मदर्ता गर्न र नागरिकता बनाउन पाएका छैनन् । पीडित महिलाका अनुसार आफन्त भनिने दान सिंह धामीले न्वारन गर्न आएका बाहुनलाई धम्काएर घर पठाइदिए । न्वारन समेत नभएका ती बालकको जन्मदर्ता पनि गरिएको छैन् । घटना भएको २७ वर्षपछि यो मुद्धा फेरी सतहमा आएको छ । 

जन्मदर्ता गर्न नपाएका ‘प्रिन्स’(नाम परिवर्तन)ले अहिले नागरीकता पाऊँ भनि गाणो धामी बिरुद्ध जिल्ला अदालत बैतडीमा फिरादपत्र पेस गरेका छन् । आफ्नो बुवाको बारेमा आफु २० वर्षको हुदाँ थाहा पाएको बताउँदै प्रिन्सले गाणो धामी समक्ष नागरीकतामा बुवाको हक र अंश माग गरेका छन् । 

प्रिन्सले बताए अनुसार गाणो धामीले आफुले पैसा र सुन दिइसकेकाले फेरी पनि सम्पती र बुवाको नाम दिन नसक्ने बताउने गरेका छन् । ‘त्यतबेला २० हजार रुपँैया र २ तोला सुन दिइसकेको बताउँछन्, अब सम्पती र बुवाको हक नदिने भन्छन्,’ प्रिन्सले भने ।   

प्रिन्सकी आमा भन्छिन् ‘गाणो धामीले  आफुमाथी बलात्कार गरी गर्भ बसाएको हो, त्यो बारे आफन्तसँग भन्दा दान सिंह धामीले २० हजार रुपैँया र २ तोला सुन लिएर गाउँमै मिलाए, उनले भनिन्, त्यो मिलाएको पैसा र सुन आफुलाई दिएन, दान सिंहले नै खाए,’ । 

आमाको नामबाट नागरीकता बनाउन वडा कार्यालयमा सिफारिसका लागि जाँदा आफन्त भनिने दान सिंह धामीले ‘गाणो धामीको छोरा हो’ भन्दै आमाको नामबाट नागरिकताको सिफारिस समेत बनाउन नदिएको प्रिन्स बताउछन् । दानसिंह धामीले त्यतिबेला २० हजार रुपैँया र २ तोला सुन समेत खाएको र न्वारन देखि जन्मदर्ता र नागरिकता बनाउन समेत नदिने गरेको प्रिन्स बताउछन् । प्रिन्सले स्कूल समेत जान पाएनन् ।

गाणो धामीले आफुमाथी बलात्कार गरेको र उक्त मुद्धा दान सिंह धामी लगायतका ठुला भनाउँदाहरुले २० हजार रुपैँया र २ तोला सुनमा गाउँमा मिलाएको ती महिलाले हामिसँगको गरेको कुराकानीमा दाबी गरिन् । गाणो धामीले दिएको २० हजार रुपैँया र २ तोला सुन समेत आफन्त भनिने दान सिंह धामीले नै खाएको ती महिलाको दाबी छ । ‘त्यो बेला सुन र पैसा दिएर तमसुक नै बनाइएको हो, र पाँच वर्षपछि बुवाको हक दिने र अंश समेत दिन सहमती भएको तमसुक अझै पनि गाणो धामीसँग छ’ ।

नागरिकताको हकको लागि प्रिन्सको पक्षमा भनाइ पेस गर्न जिल्ला अदालत बैतडी गइरहेकाहरुलाई समेत दान सिंह धामीले धम्क्याउने गरेको आरोप लागेको छ । ‘सुन र पैसा खायो, जन्मदर्ता बनाउन दिएन, नागरिकता समेत बनाउन दिएन, अहिले अदालतमा फिरादपत्रका विषयमा मेरो र मेरा छोराको पक्षमा बोल्न आइरहेकाहरुलाई दान सिंह धामीले धम्क्याइरहेका छन्,’ ती महिलाले भनिन् । 

घटना पश्चात दान सिंह धामीले बेला बेला छोरामाथी कुटपिट गर्ने गरेको समेत ति महिलाले रुदैँ बताइन् । ‘छोराले स्कुल बढ्न सकेन, सानै छँदा भारत गएको हो, यसले कमाएको पैसा समेत दान सिंहले खाइदियो,’ उनले रुदै भनिन्, ‘आफ्ना छोराहरु लगाएर कुट्न समेत लगायो,’ ।  
रुपैँया र सुन दिएर मिलोमतो गरेका गाणो सिंह धामी अहिले आएर आफुमाथी लागेको आरोप झुटो रहेको जिकिर गर्दै आएका छन् । ‘म माथी झुटो आरोप लगाएको छ, उनले भने, मुद्धा परीसकेको छ, जे भन्छु अदालतमै भन्छु,’ धामीले भने ।  
गाणो धामीले आदालतमा समेत तमसुकबारे जानकारी नभएको बताउने गरेको पीडित पक्षले रेडियो सेभेनस्टार लाई बताए । 

दान सिंह धामी पनि तमसुकको बारेमा कुनै जानकारी नरहेको बताउछन् । ‘कुनै तमसुकको बारेमा जानकारी छैन, मलाई झुटा आरोप लगाएको छ,’ दान सिंह धामीले भने ।

प्रहरी चौकीसम्म पु¥याइएको तमसुक गायव 
जिल्ला अदालत बैतडीमा फिराद दर्ता गर्नुभन्दा पहिले पीडित परिवार गाजँरी प्रहरी चौकीमा गएको बुझिएको छ । त्यहाँ २०५१ सालमा बनेको तमसुक गाजँरी प्रहरी चौकीमा समेत देखाइएको थियो । उक्त तमसुक प्रहरी, सरोकारवाला निकाय, जनप्रतिनिधि र आरोपीत तथा पिडित पक्षले पढेका थिए । प्रहरीले पनि प्रहरी चौकीमा तमसुक पुगेको पुष्टि गरेको छ । 

तर आरोपीत गाणो धामी र सुन तथा पैसा खाएको आरोप लागेका दान सिंह धामीले भने तमसुकको बारेमा थाहा नभएको दलिल पेस गरीरहेका छन् । तर जनप्रतिनिधि र प्रहरीले समेत गाजँरी प्रहरी चौकीमा तमसुक देखाएको पुष्टि गरीसकेका छन् । ‘प्रहरी चौकीमा ल्याएका थिए, गाजँरी प्रहरी चौकीका इन्चार्ज पुस्कर भट्टले भने, तमसुक सबैले हेरेकै हुन्, हाम्रो अधिकार क्षेत्रभित्र नपर्ने भएकाले हामिले अदालत जान सुझाव दिएका हौँ,’ प्रहरी सहायक निरिक्षक भट्टले भने । 

पिडि दुबै जना, पिडितको पक्षमा अदालतमा बहस गर्ने पक्ष, बलात्कार आरोपीत गाणो सिंह धामी, सुन र पैसा लिने भनिएका दान सिंह धामी, केहि जनप्रतिनिधि, प्रहरी लगायतका प्रतिनिधिसँग गरिएको कुराकानी सुरक्षीत छ । 
 


प्रकाशित मिति: सोमबार, चैत २७, २०७९  १२:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्