Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • ‘कमाउन गएका थिए बैतडीका जोशी, दुबईको सडकमा डेढ महिना भौंतारिएर फर्किएँ’
‘कमाउन गएका थिए बैतडीका जोशी, दुबईको सडकमा डेढ महिना भौंतारिएर फर्किएँ’
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, वैशाख २३, २०८०
दीपक जोशी

बैतडी,  
दशरथचन्द नगरपालिका– ९ बैतडीका दीपक जोशीले अभावका सयौं पहाड उक्लिए। दुःखका उकालाहरू चढ्दै गर्दा कहिले गाउँ त कहिले भारतको मजदुर बनिरहे। काकाको घरमा आश्रय लिइरहेको परिवारलाई आफ्नै झुपडीमा सार्ने सपनाले जोशीलाई दुबई पु¥यायो। तर, सपनामा देखेजस्तो सजिलो थिएन विदेश पुगेपछिको रोजगारी। दुई सय दिराम एडभान्स लिएर काम सुरु गरेका उनलाई कम्पनीले ७ दिनमात्रै काम दियो। 

स्टोरकिपरको जिम्मेवारीमा दुबई गएका जोशीले सुरुमै सामान लोड, अनलोडको कठिन काम गरे। एक हप्तापछि प्लास्टिक बनाउने कारखानामा मेसिन चलाउन लगाइयो। चलाउन जानेनन्। उही दिन नै कम्पनीले राजीनामापत्रमा सही गराएर कामविहीन बनाइदियो। कम्पनीबाट बाहिर निकालिदियो। डेढ महिनासम्म दुबईको सडकमा भौंतारिए। कहिले प्रहरी स्टेसन त कहिले लेवरकोट गर्दै दिन काटे। अन्ततः नेपाल फर्काइए। 

१ लाख ७० हजार एजेन्टलाई बुझाएर दुबई गएका दीपक काठमाडौं ओर्लिएर सहयोगको याचना गरिरहेका छन्। विदेश पठाउँदा एजेन्टलाई दिएको रकम उठाउन भन्दै कहिले प्रहरी वृत्त त कहिले रोजगार विभाग पुग्छन्। तर, न्याय पाएनन्। भन्छन्, ‘यताउता गर्दागर्दै आफ्नै देशमा शरणार्थीजस्तो भएको छु।’

दुबई लैजाने भन्दै बैतडीकै सुरेश भट्टलाई उनले पैसा बुझाएका थिए। सुरेश काठमाडौंको बसुन्धरामा रहेको साव इन्टरनेसनल ह्युमन रिसोर्स म्यानपावरका कर्मचारी हुन्। जोशीले उनलाई नै पैसा बुझाएका हुन्। तर, सुरेशले पैसा फिर्ता दिन सक्दिन भन्दै धम्की दिने गरेको दीपकले बताए। भन्छन्, ‘मेनपावरमा पनि पैसा फिर्ता हुन्न, तँ जहाँसुकेै जा भन्दै धम्की दिए।’ काठमाडौंमा मुद्दा लड्न धेरै पैसा लाग्ने भन्दै मेनपावर सञ्चालकले मेनपावरको बदनाम गरे मुद्दा लगाएर जेलमा कोचिदिने धम्की दिए। डराएको अनुहार पार्दै जोशीले पत्रकारसँग प्रश्न गरेका थिए, ‘मेनपावरले मुद्दा लगाएर मलाई थुन्न मिल्छ र ?’ 

बाल्यकालमै बुवा गुमाएका दीपक परिवारको जेठा छोरा हुन्। कक्षा ७ मा पढ्दापढ्दै भाइहरू र बिरामी आमाको हेरविचार गर्ने जिम्मेवारीले पढाइ छाडेर भारतको रेल्वे स्टेसन पु¥यायो। भारतमा उनले कहिले प्रहरी स्टेसनमा चिया पकाउने काम गरे त कहिले कोठीमा भात पकाउने काम गरे। वर्षमा एक÷दुई पटक घर आउँदा १५— २० हजार बोेकेर आउने गर्थे। दुःख,सुख चलेकै थियो जिन्दगी। आफ्ना दुई सन्तान, श्रीमती तथा आमा र भाइको लालनपालनको जिम्मेवारीको बोझले उनले गाउँका अन्य युवाझै विदेश जाने सपना देख्न थाले। यहीबीच मेनपावरका कर्मचारी सुरेशले प्रलोभन देखाए। गाउँमा ऋण खोजेर पैसा बुझाए।

कागजात बोकेर काठमाडौं आएका दीपक मेडिकल फेल भए। मेडिकल फेलको रिपोर्ट आएपछि विदेश जान्नँ पैसा फिर्ता दिनु भन्दै उनी सुरेशकहाँ पुगे। तर, सुरेशले भिसा आइसकेको बताउँदै जसरी भए पनि दुबई जानुपर्ने भन्दै दबाब दिए। दीपक दुबईको टिम्याक्स अन डिमान्ड लेवर सप्लाई कम्पनीमा काम गर्न विदेश उडेका थिए। तर, सात दिनमात्रै काम पाएका जोशी भोकभोकै सारजाहमा भौंतारिएपछि नेपाल फर्कन बाध्य छन्।

उनी भन्छन्, ‘घरमा जाउ, ऋण कसरी तिर्नु ? साहुले ताकेता गरिरहेको छ।’ एजेन्ट सुरेशले आफू रिटायर्ड प्रहरी भएकाले कसैले केही गर्न नसक्ने भन्दै धम्काउने गरेका छन्। यस विषयमा बुझ्न अन्नपूर्णले सुरेशलाई पटकपटक फोन गरेको थियो। तर, उनले फोन उठाएनन्।

 साभारः अन्नपूर्ण 


प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १३:०२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्