बैतडी,
बैतडीको पञ्चेश्वर गाउँपालिका–४ मा रहेको कल्याणपुर आधारभुत विद्यालयको छतलाई गहुँ चुट्नको लागि प्रयोग गर्ने गरेको पाइएको छ । सोही विद्यालयका प्रधानाध्यापक करबिर चन्दले नै विद्यालयको छतमा गहुँ चुटने गरेको पाइएको हो । ‘सोमबार दिनैभर विद्यालयको छतलाई गहुँ चुट्ने खलोको रुपमा प्रयोग गरिएको थियो, प्रअको परिवार नै गहुँ चुट्दै थिए, विद्यालय सञ्चालनमा थियो, लापरवाही धेरै भयो,’ एक स्थानीयले स्टार बुलेटिनसँग भने । विद्यालय सञ्चालन भइरहेकै अवस्थामा गहुँ चुट्दै गरेको पाइएको हो ।
विद्यालयका प्रद्यानाध्यापक चन्दले आफुले विद्यालय व्यवस्थापन समितिको अनुमती लिएरु नै गहुँच चुट्न प्रयोग गरेको बताए छन् । ‘ घरमा समस्या थियो, त्यसपछि छतमा चुटेको हो, विद्यालयलाई अफ्ठ्यारो पर्ने किसिमले गरेन’ प्रअ चन्द भन्छन् ।
श्रोतका अनुसार विद्यालयका प्राबिधिक उपकरणको समेत दुरुपयोग हुने गरेको छ । सोलार तथा इन्टरनेटको समेत दुरुपयोग गर्ने गरेको स्थानीयले आरोप लगाएका छन् ।