पछिल्ला केहिदिन यता बैतडीमा नेपाल टेलिकमको सञ्चार सेवा प्रभावित बनेको छ । जिल्लाको सुर्नया गाउँपालिका, पुर्चाैडी नगरपालिका, पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा प्रभाविक टलिफोन सेवा पूर्ण सुचारु हुन सकेको छैन । पछिल्ला केहिदिन यता मौसम प्रतिकुलताका कारण फोन तथा इन्टरनेट सेवा प्रभावित बनेको हो ।
सोलारबाट सञ्चालमा रहेका अधिंकास टावरहरु नियमत सुचारु नहुदा सञ्चार सेवा प्रभावित बनेको बताइएको छ ।
सञ्चार सेवामा बढीजसो प्रभावित क्षेत्र पुर्चाैडी नगरपालिका हो । मौसम सफा भएको अवस्थामा पनि सिमित समयमा फोन तथा इन्टरनेट सेवा सुचारु हुने गरेको छ । फोन तथा इन्टरनेट सेवा नियमित नहुदा नगरपालिकाको कामकाजमा समेत बाधा पुगेको पुर्चाैडी स्थित हाम्रा सम्बाददाता हरि साउँदले बताए । पञ्चेश्वर गाउँपालिकामा पनि सोही समस्या छ ।
जिल्लाको सुर्नया गाउँपालिकाका अधिकांश क्षेत्रमा फोन सेवा नियमित हुन नसकेको स्थानीय प्रकाश महराले बताए ।
ग्रामिण क्षेत्रमा रहेका टावरहरु सोलारको भरमा चल्ने भएकाले नियमित सेवामा कठिनाई भइरहको नेपाल टेलिकम बैतडीले जनाएको छ ।
बैतडीका ग्रामिण क्षेत्रका दर्जनबढी टावरहरु सोलारको भरमा चल्ने गरेका छन् । विद्युत वितरण केन्द्रले टावरसाँ बिद्युत विस्तार गर्नसके मात्रै समस्याको समाधान हुने सरोकारवाला प्रतिनिधिहरुको भनाइ रहेको छ ।