बैतडी,
बैतडीको पाटनमा जारी मेयर तथा उपमेयर कप क्रिकेट प्रतियोगितामा आज क्वाटरफाइनलका खेलहरु हुने भएका छन् । आज पहिलो खेल कुलगडे क्रिकेट क्लब र भुमेश्वर क्रिकेट क्लबबीच खेल हुने छ ।
आजको दोश्रो खेल हिमचुली क्रिकेट क्लब र पाटन ३ ‘ए’बीच हुने छ । त्यसैगरी आजको तेश्रो खेल वडा नं १ र कैलपालबीच हुने छ ।
चौथो तथा क्वाटर फाइनलको अन्तिम खेल पाटन भ्याली र रोयल सुपर किङ एकआपसमा भिड्ने आयोजक पाटन िक्रकेट क्लबका अध्यक्ष किरन चन्दले जानकारी दिए ।
आज हुने चार वटै खेलका बिजेट सेमिफाइनलमा प्रवेश गर्नेछन् ।