बैतडी,
बैतडीको पाटन नगरपालिकालाई यसवर्ष जिल्लाकै पहिलो खोपयुक्त पालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप तालिका अनुसार बालबालिकाहरुले खोप पाइसकेको हुनाले पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको हो ।
माघ, फागुन र चैत्र महिनामा प्रत्येक वडामा बालबालिकाहरुले पउनुपर्ने सबै खोप पाएनपाएकोबारे घरधुरी सर्वेक्षण गरिएको थियो । ५ वर्षमुनिका बालबालिकाहरुको खोजीगरी १५ महिना पुगेका बालबालिकाले पूर्ण खोप लगाएनलगाएको बारे अनुगमन गरी पूर्णखोपयुक्त वडा हुदै पालिका घोषणा गरिएको पाटन नगरपालिकाका स्वास्थ्य साखा प्रमुख मदन सिंह महराले जानकारी दिए । प्रत्येक वर्ष पूर्ण खोपयक्त वडा, पालिका हुदै जिल्ला समेत घोषणा गरिदै आएको छ ।
बैतडी जिल्ला २०७२ सालमा पूर्णखोपयुक्त जिल्ला घोषणा गरिएको थियो । त्यसपछि पनि थप जन्मिएका बालबालिकाले पनि पूर्ण खोप पाएनपाएको विषयमा सर्वेक्षण गरी खोपयुक्त घोषणा गरिने गरिएको छ ।
क्रमैसँग १० वटै पालिकालाई खोपयुक्त घोषणा गरिने र त्यसपछि जिल्लालाई पनि पूर्ण खोपयुक्त सुनिश्चितता जिल्ला घोषणा गर्ने गरिएको छ ।