Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • मुडेलीधार घटनाः भैँसी बाध्ने काठको किलोले बालकमाथि बजारे, अनि खेतमा फाले !
मुडेलीधार घटनाः भैँसी बाध्ने काठको किलोले बालकमाथि बजारे, अनि खेतमा फाले !
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, असार २९, २०८०

सुरेश महरा\ कृष्ण बिष्ट
बैतडी: बैतडीको पुर्चाैडी नगरपालिका–६ मुडेलीधारका ५० वर्षीय गणेश साउँदले आफ्नै नातीको हत्या गरेका छन् । आफ्नै २ वर्षीय नाती रेसम साउँदको हत्या गरेका हुन् भने अर्का ८ वर्षीय नाती रिजन साउँदलाई गम्भिर घाइते बनाएका छन् । 
मानसिक सन्तुलन ठिक नभएको भनिएका साउँदले भैँसी बाध्ने किलोले बालकको शरिरमा बजारेको पाइएको छ । ८ वर्षीय निरज साउँद विद्यालयबाट घर फर्किन अगावै भाई रेसमलाई काठको किलोले निर्ममपूर्वक कुटपिट गरेको खुलेको छ । ‘गणेशले भैँसी बाध्ने किलोले बालकलाई हिर्काएछ,’ घटनाको जानकारी पाएपछि घटनास्थल पुगेका स्वास्थ्यकर्मी समेत रहेका सुर्नया ८ ढोल्यामोडका भान बहादुर बोहराले भने, ‘२ वर्षीय बालकलाई भैँसीको किलोले प्रहार गरि खेतमा फालेको अवस्थामा भेटिएका थिए, ८ वर्षीय रिजन विद्यालयबाट घर पुग्नेबेला कपडा बदल्ने क्रममा हिर्काएर घाइते बनाएको रहेछ, दुबै बेहोस अवस्थामा हुदाहुन्,’ उनले भने । 
गम्भिर घाइते भएका २ वर्षीय रेसमको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने ८ वर्षीय रिजनको धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरिक्षक लोकराज जोशीले जानकारी दिए । छोराका आमा र हजुरआमा घाँस काट्न पाखातिर गएकोबेला उक्त घटना भएको हो । 
 
गणेश साउँदले दुई हप्ता पहिले मात्रै छोरा दिपकलाई पनि कुटपिट गरेको बुझिएको छ । स्थानीयहरुका अनुसार मानसिक अवस्था ठिक नभएका गणेश केहिदिन पहिलेदेखि आक्रमक व्यवहार गर्ने गरेका थिए । ‘केहिदिन पहिले छोरालाई कुटपिट गरेका हुन, बिहिबार नातीमाथि आक्रमण गरे’ । एक स्थानीयले भने । 
निरज पञ्चकन्या आधारभुत विद्यालय मुडेलीमा कक्षा ३ मा अध्यानरत हुन् । 
जिल्ला प्रहरी कार्यालयका अनुसार गणेशलाई नियन्त्रणमा लिई कर्तव्य ज्यान मार्ने उद्योगमा मुद्धा दर्ता गरिएको छ । जिल्ला अदालत बैतडीले अनुसन्धानको लागि पहिलो पटक ७ दिनको म्याद दिएको छ । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।  
 


प्रकाशित मिति: शुक्रबार, असार २९, २०८०  २१:५४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी
एमालेको महाधिवेशनका लागि बैतडीबाट प्रतिनिधि चयन, समावेशिताको उदाहरण प्रस्तुत गरेको दावी शनिबार, मंसिर १३, २०८२
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु बिहीबार, मंसिर ४, २०८२
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी शनिबार, कात्तिक २९, २०८२
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा मंगलबार, कात्तिक २५, २०८२
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द
कांग्रेसमा पुस्तागत द्वन्द्व बढेसँगै देउवा नै अभिभावकीय एकताको केन्द्र : युवा नेता तेज चन्द शुक्रबार, कात्तिक २१, २०८२
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा
बैतडीमा एमालेको पालिकास्तरीय जागरण अभियान जारी, आज पाटन नगरपालिकामा मंगलबार, कात्तिक १८, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
आशा बढ्दैछ, तर परीक्षा बाँकी छ — एमालेको पुनःविश्वास यात्रा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
पूर्वाधार विकासको अदृश्य शक्ति - कन्सलटेन्सी सेवा
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
असंवैधानिक सरकारलाई जनताले स्वीकार्दैनन् भन्दै बैतडीबाट एमालेको चेतावनी
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
एमाले महाधिवेशनको बहसबीच ओली नेतृत्वको अपरिहार्यता
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
सुदूरपश्चिमेली कलाकार महराको भजन–डेब्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्