बैतडी,
बैतडीमा वडा अध्यक्षले ब्राह््रमण जातीमाथि अपशब्द प्रयोग गरेका छन । बैतडीको पाटन नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष धनवहादुर कुँवरले सामाजिक संञ्जाल फेसबुकको माध्यमबाट ब्राह््रमण जाती, देवताका धामी र नेता जनप्रतिनिधीलाई आच पुर्याउने शब्द प्रयोग गरेका हुन । यस वर्ष गौराको विवाद भइरहेकाबेला कुँवरले भैसिया बाहुन, ठेउके धामी र भुरे नेता भनेर सामाजिक संञ्जालमा लेखेका छन ।
पाटन नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष एवम कार्यपालिका सदश्य समेत रहेका वडा अध्यक्ष कुँवरले आफ्नो पदको ख्याल नगरी उक्त्त शब्द प्रयोग गर्नु ठिक नभएको पाटन नगरपालिका वडा नम्बर ९ का स्थानिय शिबराज भट्टले बताएका छन ।
सार्वजनिक पद धारण गरेका वडा अध्यक्ष कुँवरले कुनै जातीलाई आँच आउने खालका शब्द प्रयोग गरि सामाजिक संञ्जालमा राखेको प्रती ध्यानाकषर्ण भएको पाटन २ का स्थानिय महेश पन्तले सामाजिक संञ्जालमानै लेखेका छन ।
पाटन नगरपालिकाले अपहेलित नामले चिनिएका गाउँ टोलका नाम परिर्वतन गरिरहेका बेला वडा अध्यक्ष बाट नै अपहेलित शब्द प्रयोग हुनु उचित नभएको पाटन नगरपालिकाका उपप्रमुख कमल बोहराले बताएका छन ।
यता वडा अध्यक्ष कुवँरले यस वर्षको गौरालाई लिएर केहि सिमित ब्रामण ब्यक्ति तथा स्थानीय नेता भनिनेहरुका कारण गौरा बिगारेको हुनाले बाध्य भएर सामाजिक सञ्जालमा बिरोध गरेको बताएका छन् । ‘बिरोध गर्न पाइन्छ, सामाजिक सद्भाव खल्बल्याएको हुनाले उनिहरुको बिरुद्धमा बोलेको हु,’ उनले भने ।