बैतडी,
बैतडीको पाटन नगरपालिका–२ घर भई डडेल्धुराको अमरगढी नगरपालिका १ का सचिव सचिव ५८ वर्षीय खगेन्द्र प्रशाद पन्त मृत फेला परेका छन् । डडेल्धुराको अमरगढी नगरपालिकाकै स्याउले नजिक पन्त खाल्डोमा मृत भेटिएका हुन् । पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको अनुमान गर्न सकिने जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।