Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • डडेलधुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने
डडेलधुरा मेडिकल कलेजमा यसै वर्षदेखि पढाइ सुरु हुने
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असोज ११, २०८०

सरकारले घोषणा गरेको डडेल्धुरा मेडिकल कलेजले बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीले विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगबाट बिएमएलटी (ब्याचलर्स इन मेडिकल ल्याब टेक्लोलोजी) सञ्चालनको अनुमति पाएको जानकारी दिए ।

“अनुमति प्राप्त भइसकेको छ । यसै शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्ने गरी तयारी गरिरहेका छौँ”, उपकुलपति जोशीले भने । “विश्वविद्यालयले उपप्राध्यापक र सहप्राध्यापक माग गरिसकेको छ ।
 

उनले अहिले डडेल्धुरा अस्पतालमा एक सय शय्या सञ्चालनमा रहेको र त्यसलाई थप गरेर सुरुवातमा तीनसय शय्याको अस्पताल सञ्चालन गर्ने गरी तयारी गरिरहेको बताए । मेडिकल कलेज सञ्चालनका लागि सुदूरपश्चिम विश्वविद्यालयको नाममा डडेल्धुराको तुफानडाँडास्थित ८४ रोपनी जग्गा प्राप्त भइसकेको छ । 

 त्यसैगरी डडेल्धुरा क्षेत्रीय अस्पतालको नाममा दुई सय ३४ रोपनी जग्गा छ । सुदूरपश्चिम विश्वविद्यालयले डडेल्धुरामा डीनको कार्यालय स्थापना गरेर कलेज निर्माणको प्रक्रिया अघि बढाएको हो । अहिले प्रशासनिक भवन निर्माण, छात्रवासलगायतका संरचना निमार्णका लागि डिपीआर निर्माणको काम भइरहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशीको भनाइ छ । 

 सरकारले डडेल्धुरा अस्पताललाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन गर्ने निर्णय गरिसकेको छ । “डडेल्धुरामा मेडिकल कलेज सञ्चालनमा आए सुदूरपश्चिम प्रदेश क्षेत्रका विद्यार्थीलाई चिकित्सा शिक्षामा पहुँच विस्तार हुनेछ भने प्रदेशभरी विशेषज्ञ उपचार सेवामा पहुँच पुग्ने छ”, उपकुलपति जोशीले भने, “विशेष गरी सुदूरपश्चिमको पहाडी जिल्लाका नागरिकले छिटोछरितो स्वास्थ्य सेवा पाउनेछन ।” 

मेडिकल कलेजका लागि स्वास्थ्य तथा जनसङ्ख्या, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सुदूरपश्चिम विश्वविद्यालयबीच त्रिपक्षीय सम्झौता भइसकेको उपकुलपति जोशीले बताए । विश्वविद्यालयले एमबिबिएस सञ्चालनका लागि समेत रणनिति बनाएर तयारी गरिरहेको जनाएको छ।


प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  १६:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न शनिबार, पुस १९, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्