Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • गठबन्धन भएका ठाउँमा महिलाले मुख्य पदको उमेदवारी पाएनन् 
गठबन्धन भएका ठाउँमा महिलाले मुख्य पदको उमेदवारी पाएनन् 
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, वैशाख १२, २०७९
3 gathabandhan party.jpg

बैतडी,
स्थानियतहको प्रमुख वा उपप्रमुख मध्ये एकजना महिला हुने अवधारणा अनुसार यसअघि बैतडीका १० ओटै स्थानियतहका उपप्रमुख वा उपाध्यक्ष पदमा महिला निर्वाचित भएका थिए  । तर यसपाली भने चुनावी गठबन्धन गरेका दलहरुले महिलालाई प्रमुख वा उपप्रमुखमा उम्मेदवार बनाएका छैनन् । 

जिल्लाको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र डिलाशैनी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी)का बीच गठबन्धन भएको छ । 
गठबन्धका तर्फबाट पाटन नगरपालिकामा कांग्रेसका गौरीसिंह रावललाई उम्मेदवार बनाइएको छ भने, उपप्रमुखमा माओवादी केन्द्रका कमल बोहरालाई उम्मेदवार बनाएको छ । दोगडाकेदार गाउँपालिकामा कांग्रेसका देवराज जोशीलाई अध्यक्षको उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा नवराज भट्टलाई उम्मेदवार बनाएको छ । यसैगरी पञ्चेश्वर गाउँपालिकामा कांग्रेसका रमेश भण्डारीलाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा नेकपा(एकिकृत समाजवादी)का राजेन्द्र चन्दलाई उम्मेदवार बनाएको छ । 

यसैगरी डिलाशैनी गाउँपालिकाको अध्यक्षमा माओवादीका लोकेन्द्र रानालाई उम्मेदवार बनाएको छ भने, उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरालाई उम्मेदवार बनाएको छ । जिल्लाको शिवनाथमा अध्यक्षका लागी कांग्रेसका कर्णसिंह साउद र उपाध्यक्षका लागी माओवादी केन्द्रका नरेन्द्र साउदलाई उम्मेदवार बनाएको छ । 

यस्तै नेकपा(माओवादी केन्द्र) र नेकपा(एकिकृत समाजवादी) बीच गठबन्धन भएको दशरथचन्द नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रले प्रेम थापालाई उमेदवार बनाएको छ भने, एकिकृत समाजवादीले उपप्रमुखमा राजुराम भुललाई उमेदवार बनाएको छ । सुर्नया गाउँपालिकामा एकिकृत समाजवादीले नरेन्द्र बिष्टलाई अध्यक्षको उमेदवार बनाएकोमा उपाध्यक्षमा माओवादीले दिलाराम भट्टलाई उम्मेदवार बनाएको छ । सुर्नयामा यसअघि स्वेता भट्टले उपाध्यक्षको टिकट पाएको भन्दै सामाजिक सञ्जालमा चर्चा समेत भएको थियो । तर उम्मेदवारी दर्ता गराउने बेलामा दिलारामले दर्ता गराए । 

यस्तै नेकपा(एमाले) र राप्रपा बीच गठबन्धन भएको सुर्नया गाउँपालिकामा अध्यक्षमा एमालेका अमर कुवरले उम्मेदवारी दिएका छन् भने, उपाध्यक्षमा राप्रपाका देवबहादुर चन्दले उम्मेदवारी दिएकाछन् । 

यसरी दुवै पदमा पुरुषलाई मात्रै उम्मेदवार बनाउनु दुखःद भएको महिला अधिकारकर्मी शुसिला चन्दले बताइन् । उनले भनिन्,‘अहिले सबै पार्टीमा सक्रिय महिलाहरु रहेकाछन् । । पुरुष प्रधान देश भएकाले नेतृत्वमा अझैपनी महिलालाई स्वीकार गर्न सकेका छैनन् । पार्टी नेतृत्वहरुले गल्ती गरेका छन् । यदि गठबन्धनले दुवै पद जितेमा महिलाको नेतृत्व अझ पछाडी धकेलिने छ ।’

महिला नेतृत्व मञ्च पाटनका संयोजक अनिता जोशी भट्टले भनिन्‘हामीले सबै पार्टीहरुलाई महिलालाई मुख्य पदहरुका उमेदवार बनाउन सबै दलहरुलाई ज्ञापनपत्र बुझाएका थियौँ । उम्मेदवार बनाउने आश्वासन पनि पाएका थियौँ भने, अधिकांश ठाउँका महिलाहरुले मुख्य पदहरुमा दावी समेत गरेका हुन् । तर अन्तमा परिणाम भने ठ्याक्कै उल्टो आयो ।अहिले गठबन्धनका कारण उपप्रमुखको पद समेत महिलाबाट खोसिने अवस्था आएको छ ।’

यस बिषयमा गठबन्धनमा सामेल दलहरुले भने संबैधानीक व्यवस्था अनुसार नै निर्णय गरेको र महिलाहरुले स्वःस्र्फुत रुपमा दावेदारी छाडेको प्रतिक्रिया दिएकाछन् । 


प्रकाशित मिति: सोमबार, वैशाख १२, २०७९  १९:५८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्