कृष्ण बिष्ट
बैतडी,
बैतडीको पाटन नगरपालिका वडा नं १० मा वडा अध्यक्ष देवेन्द्र कुवँर, चार जना जनप्रतिनिधि र वडा प्राबिधिक धन बहादुर कुवँरको बिदाई गरिएको छ ।
बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा भाग लिन वडा अध्यक्ष देवेन्द्र कुवँरसहित, वडा सदस्य बिमला सार्की, जयन्ती पन्त, रमेश प्रशाद पन्त र २८ वर्षदेखि प्राबिधिक सहायक पदमा कार्यरत धन बहादुर कुवँरको बिदाई गरिएको वडा सचिव पदम राज भट्टले जानकारी दिए । स्थानीय तहको निर्वाचनमा भाग लिन यसअघि उनिहरुले राजिनामा दिएका थिए ।

राजिनामा दिएका वडा अध्यक्ष कुवँर र सहितहरु नेकपा एमालेबाट सोही पदमा उम्मदवारी दिएका छन् भने प्राबिधिक कुवँरले कांग्रेसबाट वडा अध्यक्षपदका लागि उम्मेदवारी दिएका छन् ।
वडामा नर बहादुर महरा कार्यबहाक वडा अध्यक्षको जिम्मेवारी समाल्ने निवर्तमान वडा अध्यक्ष देवेन्द्र कुवरले जानकारी दिए ।
यसअघिको निर्वाचनमा वडा नं १० मा देवेन्द्र कुवँरको नेत्तृत्वमा एमालेको प्यानलै बिजयी भएको थियो । कुवँर सहित सदस्यहरु पनि पुन निर्वाचनमा होमिदै छन् ।