Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सिद्धेस्वर सहकारीको जिम्मेवारी प्रजापतिलाई, कुशल नेतृत्व निर्वाह गरेका हरिशले खुवाए सपथ 
सिद्धेस्वर सहकारीको जिम्मेवारी प्रजापतिलाई, कुशल नेतृत्व निर्वाह गरेका हरिशले खुवाए सपथ 
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, मंसिर १६, २०८०

बैतडी,  
बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेस्वर बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमकाबीच नयाँ समिति गठन गर्दै साधारणसभा सम्पन्न भएको हो ।
प्रजापती महराको अध्यक्षतामा नयाँ सञ्चालक समिति गठन गरिएको छ । सहकारीका निवर्तमान उपाध्यक्ष समेत रहनु भएका महराको अध्यक्षतामा १३ सदस्य सञ्चालक समिति  सर्वसम्मत रुपमा गठन गरिएको छ । 
यसअघि निवर्तमान सञ्चालक समितिका अध्यक्ष हरिश बिष्टको सभाअध्यक्षतामा सम्पन्न साधारणसभामा पाटन नगरपालिकाका नगर उपप्रमुख कमल सिंह बोहरा प्रमुख अतिथि रहनु भएको थियो भने पाटन नगरपालिका १० का वडा अध्यक्ष धन बहादुर कुवँर र  वडा नं ९ का वडा अध्यक्ष कालु सिंह भाट बिशिष्ट अतिथि रहनु भएको थियो । 
नवनिर्वाचित सञ्चालक समितिको उपाध्यक्षमा राम सिंह बिष्ट, कोषाध्यक्षमा राजमती बिष्ट, सचिवमा दिवान सिंह बिष्ट, सह सचिवमा बिर सिंह महरा,  सदस्यमा गगन सिंह बिष्ट, हरीदत्त भट्ट, भरत चन्द, राजमती बोहरा, बहादुर सिंह ऐरी, गोमती बिक, धाना भट्ट र राम सिंह महरा चयन भएका छन् । 
यसैगरी बसन्त बिष्टको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति पनि गठन भइसकेको छ । लेखा समितिको सदस्यमा जयन्ती महरा र मदन सिंह भाट रहेका छन् । 
नव नियुक्त पदाधिकारी तथा सदस्यहरुलाई वडा नं ८ का वडा अध्यक्ष एवं निवर्तमान सञ्चालक समितिका अध्यक्ष हरिश बिष्टले पद तथा गोपनियताको सफथ खुवाएका थिए । 
सहकारीको सेयर पुजी २५ लाख, ५ हजार ३ सय रुपैयाँ बचत रहेको छ । नियमित बचततर्फ ३ करोड, ४४ लाख १८ हजार, २४१ रुपैया प्राप्त भएको छ । यसैगरी ऋण लगानी ३ करोड ७६लाख ५ हजार ४९४ रुपैया रहेको छ ।  २१ लाख ७७ हजार ४७७ रुपैया सम्पतीको रुपमा रहेको छ । 
हालसम्म यस सहकारीमा कूल ४ करोड ४८ लाख २ हजार ११६ रुपैयाको कारोबार भइसकेको छ ।
यस सहकारीमा नियमित, बाल बचत, दैनिक, शैक्षिक र आवधिक गरी पाँच प्रकारका बचतहरु रहेका छन् । 
२०५७ सालमा स्थापना भएको सहकारी एक पटक निकै घाटामा रहेको अवस्था रहेको थियो । २०६९ सम्म आइपुग्दा २०७ जना माात्रै सेयर सदस्य थिए भने ६ लाख रुपैया उठेको थियो । उक्त रकमबाट ३ लाख रुपैया ऋण उठ्न सकेको थिएन । उक्त समयमा सहकारीको सञ्चालक समितिमा हरिश बिष्टलाई  अध्यक्षको जिम्मेवारी दिइएको थियो  ।
त्यसयता लगातार सहकारीको सञ्चालक समितिको नेतृत्व गर्दै आएका बिष्टले सहकारीलाई यहाँसम्म पुर्याइ दिएका छन् । सञ्चालक समितिमा पनि उपाध्यक्ष सहित विभिन्न उपसमितिमा रहेका पदाधिकारीहरु सहज रुपमा चलायमान भएपछि सहकारी करोडौमा खेलिरहेको छ, भने यस क्षेत्रमा उदाहरणको रुपमा स्थापित भइसकेको छ । 

No description available.


२०६९ सालदेखि सफल नेतृत्वदायी भुमिका निर्वाह गरेर संस्थालाई यहाँसम्म पुग्नमा मुख्य श्रेय अध्यक्ष बिष्टलाई जन्छ भने मातहतका पदाधिकारी, सदस्य, उपसमिति र कर्मचारीको टोलीको पनि राम्रो साथ रहेको सहकारीका व्यवस्थापक समेत रहेका राम सिंह महराले बताएका छन् । ‘मैलेपनि २०६९ देखि व्यवस्थापकिय जिम्मेवारीमा छु, साच्चिकै दयनिय अवस्थामा रहेको सहकारी यहाँसम्म पुगेको छ’ उनले भने ।  

No description available.

पाटन ९ स्थित ज्ञानेश्वर माविका विव्यस अध्यक्ष तथा सिद्धेस्वर खानेपानी तथा सरकारसफाई समिति, खोडपे बजार व्यवस्थापन समितिमा समेत सफल नेतृत्वदायी भूमिकामा रहेका बिष्ट अहिले वडा अध्यक्षको रुपमा कार्यरत छन् । 
सहकारीको विकासका लागि अझैपनि आफ्नो तर्फबाट गर्नसक्ने काम गर्ने बिष्टले बताएका छन् । बिगतका वर्षहरुमा प्रदेश सरकारको युवा स्वरोजगार कोषबाट सहुलियत दरमा ४० लाख ऋण  प्राप्त भई यस सहकारीमा आबद्ध युवाहरुलाई सहुलियत दरमा ऋण प्रदान गरिएको थियो भने यस वर्ष पनि ५० लाख स्वीकृति भइसकेको बिष्टले बताए । यस सहकारीमा आवद्ध युवाहरुको लागि व्यवसाय प्रवद्र्धनमा यस रकमलाई सहुलियत दरमा ऋण उपलब्ध गराइने उनले बताए । 
सहकारीको नयाँ सञ्चालक समिति पनि अनुभवी रहेको छ । प्रजापती महरा, दिवान सिंह बिष्ट, राम सिंह बिष्ट, गगन सिंह बिष्ट, बिर सिंह महरा तथा हरिदत्त भट्ट लगायतको अनुभवी टिम यतिबेला चयन भइसकेको छ ।  


प्रकाशित मिति: शनिबार, मंसिर १६, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते
बैतडीमा जीप दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते शनिबार, असार २८, २०८२
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा बिहीबार, असार २६, २०८२
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड बुधबार, असार ४, २०८२
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा
चार दशकदेखि शैक्षिक क्षेत्रमा अग्रणीः लिटिल एन्जल्स स्कूलको वातावरणमैत्री र प्रविधिसम्बृद्ध यात्रा
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
नेपालमा पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने
नेपालमा पहिलोपटक मोटरेबल पक्की पुलसम्बन्धी प्रदर्शनी मेला आयोजना हुने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्