Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • जातिय भेदभाव हटाउन अझै अभियान चलाउनुपर्ने बैतडीका सरोकारवालाको भनाई
जातिय भेदभाव हटाउन अझै अभियान चलाउनुपर्ने बैतडीका सरोकारवालाको भनाई
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, माघ २०, २०८०

बैतडी, 
बैतडी जिल्लामा जातीय भेदभाव तथा छुवाछुत अन्त्यका लागि शसक्त रुपले अभियान चलाउनुपर्ने सरोकारवालाले बताएकाछन् । सुक्रबार जिल्ला प्रशासन कायाएलयमा जातिय भेदभाव अन्त्य सम्वन्धी भएको अन्तरकृयाका सहभागीले जातीय भेदभाव तथा छुवाछुतको भयानक स्थीति कायमै रहेको बताएकाछन् । 

मानव अधिकारकर्मी सरस्वती नेपालीले बैतडीमा धारा, मन्दीर र होटलमा मात्रै नभई सरकारी कार्यालयहरुमा समेत जातीय विभेद कायम रहेको बताइन् । उनले भनिन्,‘दलित कार्यालय सहयोगीलाई चिया÷खाजा वितरणमा रोक लगाउने गरिन्छ । दलित कार्यालय सहयोगीलाई सरसफाईका काममा प्रयोग गरिन्छ तर कर्मचारीका लागि चिया पकाउने वा खाजा ल्उाने कामबाट बन्चीत गरिन्छ । दलित कार्यालय पमुखले भान्से पाउनै मुस्कील छ । हिजोका दिनमा तँ भन्नेबाट तिमि भन्नेसम्म पुगेको छ तर विभेद पटक्कै हटेको भन्ने होइन् । मन्दीर, धारा र होटलमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति बाहेकलाई  पराम्परागत शैलीमै विभेद गरिन्छ, दलित जनप्रतिनिधीहरुले समेत आफ्नै सहकर्मीबाट विभेद सहनुपर्ने बाध्यता छ ।’

sar 11706940284.jpgपुर्व वडासदस्य पार्वती भुलले दलित महिला सदस्यहरुलाई वडाअध्यक्षले माइनटमा बाटोमै हस्ताक्षर गराउने गरेको सुनाइन् । हरेक निर्णयहरु मनलाग्दी ढंगबाट गरेर दलित सदस्यलाई फकाएर हस्ताक्षर गराउने गरेको दुखेको सुनाइन् । 
दशरथचन्द नगरपालिकाका कार्यपालिका सदस्य प्रेम दयालले सबैभन्दा बढी छुवाछुत दशरथचन्द नगरपालिकामा कायम रहेको बताए । उनले कार्यपालिकाकै बैठकमा विभेद खेप्दै आएको दुखेको पोखे । उनले बैठक चलिरहकै अवस्थामा समेत जनप्रतिनिधिबाट विभेदजन्य शब्दहरु प्रयोग हुदैँ आएको सुनाए । दलितको बजेट प्रभावकारी कार्यान्वयनमा जनप्रतिनिधिको चासो नभएको उनको भनाई छ । “नजान्ने व्यक्तिभन्दा जान्नेबुझ्ने पढेलेखेका कर्मचारीबाट बढि विभेद गरिन्छ, कार्यालयमा कामगर्न जादाँ दलितको काममा बढी ढिलासुस्ती गर्ने, नागरिकता बनाउन जाने बेला होच्याउने नाम राखिदिने, विद्यालयमा एक शिक्षकले दलित विद्यार्थीको हातै टुटाइदियो, कोहि शिक्षकले दलित विद्यार्थीलाई पढाउदाँ होच्याउने शब्दहरु प्रयोग गर्ने, ठुलो पदमा रहेका दलितले सानो पदमा रहेकाहरुलाई पहिला नमस्कार गर्नुपर्ने अवस्था छ । यो अवस्था कायम रहेमा म सबैको नाममा मुद्धा दायर गर्छु मलाई प्रशासनले साथ दिनुपर्छ ।” उनले भने ।

अधिवक्ता गोर्वधन नाथले जातीय भेदभाव तथा छुवाछुत गर्ने व्यक्तिलाई २बर्ष सम्म जेल सजायको व्यवस्था रहेको बताए । बैतडीमा हालसम्म जातीय विभेद सम्बन्धी २वटा मुद्धामा कारवाही भएको उनले बताए । 

प्रमुख जिल्ला अधिकारी भिमाकान्त शर्माले बैतडीमा जातीय विभेदको अन्त्य गर्नका लागि आफु शसक्त रुपले अघि बढ्ने बताए । उनले भने, “यस बिषयमा हामी हरेक महिनाको १ पटक बैठक गरौँ, पालैपालो समस्याहरुको समाधान गर्ने योजना बनाऔँ, अन्य विषमा भन्दा यस सम्वन्धीका मुद्धाहरुमा बलियो ढंगबाट कारवाही गर्न हामी सक्रिय हुन्छौँ, समस्याहरुको पहिचान गर्नमा अधिकारकर्मी र पत्रकारहरु सहयोग गर्नुस्, सबै सरोकारवाला निकाय संगको समन्वयमा समस्याको सामुहिक पहलबाट समाधान गरौँ । यस बिषयमा एकदुई स्टेप अगाडी बढेर काम गर्न न काम म तत्पर छु ।”

prasasan1706940344.jpgदशरथचन्द नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश जोशीले जातीय भेदभावको अन्त्य नभएसम्म कुनैपनि विकास निर्माण सम्भव नभएको बताए । परापुर्व कालमा विभदे नभएपनि बाठाँ मान्छेले अर्का माथी आफ्नो हक जमाउनका लागि विभेद गर्ने गरेको उनले बताए । विभेदको अनत्य गर्नका लागि नगरपालिकाका तर्फबाट खेल्न सकिने भुमिका प्रभावकारी ढंगले निर्वाह गर्ने यनको भनाई छ । अधिकारकर्मी बलभद्र दयालले जातीय भेदभाव अन्त्यका लागि सबै सरकारी तथा गैर सरकारी  निकायहरु लागिपरेमा समस्या समाधान गर्न सकिने बताए । 

dsp1706940371.jpg


प्रकाशित मिति: शनिबार, माघ २०, २०८०  ११:४७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्