Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • २ होनहार युवा कलिलैमा अस्ताए ‘गाउँबस्ती सोकाकुल’
२ होनहार युवा कलिलैमा अस्ताए ‘गाउँबस्ती सोकाकुल’
सीपी लोहिया
सीपी लोहिया आइतबार, फागुन ६, २०८०

बैतडी, 
बैतडी जिल्ला सदरमुकाम नजिकैको गाउँ हो ‘जर्ग’ । भिटेजर्ग, खोलीजर्ग र चनेजर्ग गरि ३ टोलहरु रहेको यस गाउँमा ३ सयबढी परिवारको बसोबास छ । यहाँका केहि परिवार बसाईसराई गरि अन्यत्र गएपनि चाडपर्वमा गाउँ पुग्दछन् । 

कोरोना जस्तो महामारिमा समेत यहाँका व्यक्तिहरु संक्रमित हुन परेन भने केहिमा सामान्य लक्षण देखिएपनि ज्यान गुमाउनु परेन्, तर बेलाबखत रोजगारीको सिल्सिलमा रहेका युवाहरुले अकालमै ज्यान गुमाउदाँ यो गाउँ पीडामा परिरहन्छ । 

सुक्रबार पाटन नगरपालिका–५ अडतोला बस्ने जर्गकै तर्कराज पाण्डेयका छोरा प्रकाशको १९बर्षको कलिलो उमेरमा रुखले च्यापिएर मृत्यु भयो । दाउराका लागि रुख काट्न गएका उनको आफैले काटेको रुखले च्यापीएर मृत्यु भएको हो । पाण्डेयको निधनमा आइतबार सिद्धेश्वर मावि मेल्चोरामा सोक विदा दिइएको छ । उनको परिवारलाई सान्त्वना दिन जर्गबाट अडतोला पुगेका व्यक्तिहरुले घर फर्किदाँ अर्का युवाको विदेसमा मृत्यु भएको दुःखद खबर सुन्नुपर्‍यो। 

विगत ६ बर्षदेखी वैदेसीक रोजगारिका सिल्सिलामा दुवईमा रहेका बिष्णु लोहारको २८ बर्षको उमेरमा ज्यान गएको छ । मलेशियामा ६ बर्ष कामगरेर गत असोज महिनामा घर फर्केका बिष्णुलाई कम्पनीबाट कामको लागि खबर आएपछि आफ्नो ब्रतबन्ध गरेर पुनः मलेशिया गएका थिए । अघिल्लो पटक ६ बर्ष त्यहाँबस्दा खासै समस्या नभोगेका उनि यसपटक भने ४ महिनामात्रै बस्न पाए । यस बिचमा न उनि बिरामी परेको खबर सुनियो नत कुनै साधारण समस्यामा परेको । एक्कासी सामाजिक सञ्जालबाट मृत्युको खबर सुन्दा आफन्तलाई छाँगाबाट खसेजस्तै भएको छ । बेलुका कोठामा सुतेको भनिएका बिष्णुको एक्कासी निधन भएको खबरले गाउँनै सोकमा डुबेको छ ।  

ब्रतबन्ध गरी अर्कोपटक घर आउदाँ बिहेगर्ने सोच बनाएका उनि पैषा कमाउनका दोस्रो पटक वैदेशीक रोजगारिमा गएका थिए । उनले त्यहाँ रहदाँ सन्तोशजनक रुपले काम गरिरहेको खबर सुनिन्थ्यो । कुनैपनि प्रकारको कुलतमा नफकेका उनि गाउँकै सोजासाझा व्याक्तिको रुपमा परिचित थिए ।

६ भाई मध्ये चौथो नम्बरका बिष्णु कलिलैमा विदेस गएका हुन् । उनि पढाईमा अब्बल भएपनि घरको आर्थिक अवस्था कमजोर हुदाँ पढाई अधुरै छाडेर भारत गएका थिए । केहि समय भारतमा रोजगारी गरेका उनले तेस्रो मुलुकमा बढी कमाउन सकिने ठानेपछी मलेशियाको यात्रा रोजे । केहि पैषा कमाएर घरजम गरौँला भन्ने सोचले इमान्दारी साथ काम गरिरहेका उनको अन्तत सुक्रबारको रात अन्तिम बन्न पुग्यो । उनको मृत्युबारे सत्यतथ्य जानकारी आएको छैन् ।

मलेशिया स्थीत केहि नेपालीले उनको फोटो सामाजिक सञ्जालमा राखेर मृत्युको खबर घरसम्म खबर पुर्‍याइदिनु भनेको देखेपछि आफन्तले थाहा पाएका हुन् । उनको शव अझै केहि दिन मलेशिया स्थीत अस्पतालमा राखिने त्यहाँ स्थीत मृतकको छिमेकमा बस्ने व्याक्तिहरु बताउछन् । आइतबार अपराह्न्न शव प्रहरीको निगरानीमा अस्पताल लगेको बुझिएको छ । गाउँका होनहार युवाहरुको अकल्पनिय निधनले गाउँघरमा रुवाबासी चलेको स्थानिय चक्रदेव पाण्डेय बताउछन् । 

मलेशियामा रहेका सरोज राई भन्छन्, “हामी उसलाई बिष्णु भनेर बोलाउथ्यौँ, उ सानो कोठामा एक्लै चुकुल लगाएर सुत्ने गर्दथ्यो, भोलिपल्ट विदा भएकाले साथीहरुले घुम्न जानका लागि उठाउन खोजेछन्, उसुतेकै छ भन्दै अरु मान्छे घुम्न गएछन् । दिउँसो १२ बजेतिर फर्कदा पनि बिष्णुको ढोका बन्द थियो, ढकढक्याउदाँ ढोका नखुलेपछि झ्यालबाट हेर्दा मुठ्ठी बाधेँर पहेको भएको देखेछन्, पछि प्रहरीलाई खबर गरेर शव अस्पताल लगिएको हो ।” 

केहि महिनाअघि मात्रै यसै गाउँका २२ बर्षीय दिपक लोहारको भारतमा ज्यान गएको थियो । उनको मोटरसाइकल दुर्घटना ज्यान गएको भनिएको थियो । अहिले वैदेसीक रोजगारीमा गएका धेरै युवाहरुले उतै ज्यान गुमाउदाँ गाउँघर सोकाकुल बन्न थालेका छन् । कतिपय युवाले वैदेशीक रोजगारीबाट राम्रै आम्दानी गरेर आर्थिक प्रगती गरेको देखिएको छ भने, केहि घर परिवारको साहारा सधैँका लागि गुमेको छ । 

शनिबार मलेशियामा ज्यान गुमाएका बिष्णुका बुवा आमाले ७० बर्ष नाघिसकेकाछन् । उनिहरुलाई बुढेसकालमा तराईमा घर किनेर उतै बसाल्ने रहर थियो बिष्णुको । अहिले गाउँमा पनि पक्की घर बनाइरहेका थिए । आफ्नो नयाँ घर देख्ने र परिवारलाई तराईमा सुखसंग बसाउने बिष्णुको रहर अधुरै रह्यो । अलविदा ।  
 


प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १७:२३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश मंगलबार, माघ २७, २०८२
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
सर्वोच्चको आदेश पालना गर्न सामाजिक सुरक्षा कोषको आनाकानी, बेरोजगार श्रमिक आर्थिक संकटमा
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्