Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा वन अतिक्रमण गरी विद्यालय भवन बनाएको भन्दै अख्तियारमा उजुरी
बैतडीमा वन अतिक्रमण गरी विद्यालय भवन बनाएको भन्दै अख्तियारमा उजुरी
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, चैत १, २०८०
तस्बिर सौजन्यः इन्फो खबर

बैतडी, 
सामुदायिक वन अतिक्रमण गरेर विद्यालय भवन बनाउन लागिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बैतडीको पाटन नगरपालिका–१ स्थित सरस्वती आधारभूत विद्यालय गुत्थडीको भवन निर्माणमा लमौती सामुदायिक वन अतिक्रमण गरेर विद्यालय भवन बनाउन लगिएको दावी गर्दै अख्तियारको कार्यालयमा उजुरी परेको हो । 
८० लाख लागतमा बन्ने भवन सामुदायिक वनको हातामा बनाउन लागिएको आरोपसहित उजुरी परेको हो । आगामी शैक्षिक सत्रदेखि कक्षा १० सम्मको पढाई गरी माविमा स्तरोन्नतीको तयारी भइरहेको थियो ।  
यसबारे डिभिजन वन कार्यालयले परिपत्र गर्दै वास्तविकता सहितको विवरण पठाउन भन्दै सामुदायिक वनलाई पत्र पठाएको छ । सामुदायिक वनको जमिन भए÷नभएको, विद्यालय भवन निर्माण गर्दा जग्गा प्राप्ती लगायतका विषयमा भएका प्रक्रियागत जानकारी र वनको नोक्सानीबारे विवरण जिल्लामा जानकारी गराउन परिपत्र गरिएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख दिलिप कुमार यादवले जानकारी दिए ।  
स्थानीय मिन बहादुर चन्दले उक्त विद्यालय भवन निर्माणको लागि आफ्नो जग्गा रहेको भन्दै जग्गा दान गरेका थिए । यसैगरी केही समय अगाडी मात्रै उक्त सामुदायिक वनका एक सयभन्दा बढी उपभोक्ताहरुको भेलाबाट समेत सोही जमिनमा भवन निर्माण गर्ने सहमती सहितको निर्णय गरिएको पाइएको छ । 
तर उक्त सामुदायिक वनको जमिन नै भएको भए जग्गा प्राप्ति र भोगचलन सम्बन्धी प्रक्रिया नपु¥याएको पाइएको छ । उक्त जमिन स्थानीयको हो वा समुदायिक वनको भन्नेबारे अमिन लगाएर नाँपजाँच गरिने डिभिजन वन कार्यालयले जनाएको छ । यदी सामुदायिक वनकै भए वन अतिक्रमणको आधारमा कारवाही गरिने बताइएको छ । 
वडा नं १ वडा अध्यक्ष तर्क सिंह ठगुन्नाले स्थानीय चन्दले आफ्नो जमिन रहेका भन्दै विद्यालयलाई दान गरेको र सोही जमिनमा विद्यालय भवन बनाइन लागिएको बताए । सामुदायिक वनका सबै उपभोक्ताहरुको सहमतिमा भवन बनाइन लागिएको समेत अध्यक्ष ठगुन्नाले बताए । 
माध्यामिक तहको पढाइका लागि त्यहाका बालबालिकाहरु घण्टौ हिडेर विद्यालय पुग्ने गरेकाले तीनीहरुको सहजताको लागि विद्यालय स्तरोन्नती गरी कक्षा १० सम्मको अध्यापन गराउने तयारी भइरहको बताउदै अध्यक्ष ठगुन्नाले समाजको विकास नचाहानेले यसरी मुद्धामामिला गरेको धारणा राखे । 
त्यहाका स्थानीयहरु लगायत सबै वनका उपभोक्ताहरु समेत विद्यालय सोही ठाउँमा बनाउनुपर्छभन्नेमा सहमत रहेकाले यसपछिको जिम्मेवारी स्वयम उजुरीकर्ताले व्यहोर्नुपर्ने समेत सामुदायिक वनका पदाधिकारीहरुको भनाइ रहेको छ । 
सामुदायिक वनका अनुसार कुनै रुखक कटानी नगरेको समेत दावी गर्दै आएको छ । यद्यपी यसबारे डिभिजन वनले अनुसन्धान गरिरहेको जनाएको छ । 


प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १५:२७
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस
बैतडीबाट ह्याट्रिक गरिसकेका भण्डारी एमालेबाट एकल सिफारिस आइतबार, पुस २०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्