Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • करोडौँको कार्यालय संरचना प्रयोग विहिन हुदाँ जिर्ण बन्यो 
करोडौँको कार्यालय संरचना प्रयोग विहिन हुदाँ जिर्ण बन्यो 
सीपी लोहिया
सीपी लोहिया आइतबार, चैत ११, २०८०

बैतडी
बैतडीको पाटन नगरपालिका–८ अनारखोली स्थीत सडक विभाग अन्तरगतको यान्त्रीक कार्यालयका लागि वषौँ पहिला बनाएको भौतिक संरचना अलपत्र अवस्थामा रहेको छ । ५वटा घर सहित ०४२ सालमा बनाइएको उक्त भवन संरचना अलपत्र अवस्थामा हुदाँ घर जिर्ण बन्नुका साथै पर्खाल, बगैँचा, घेरबार र घरभित्रका सामानहरु सखाप हुन थालेकाछन् । विगतमा बझांग जिल्लाका लागि सडक सम्वन्धीको काम अनारखोलीबाटै हुने गर्दथ्यो । उतिबेला यहाँ कर्मचारीहरु बसोबास गर्नुका साथै कार्यालय सञ्चालनमा थियो । २०५८ सालमा तत्कालिन विद्रोहीपक्ष माओवादीले आक्रमण गर्दै घरहरुमा क्षति पु¥याएको थियो । पुनः ०६१ सालमा बाँकी संरचनामा क्षति नि पु¥याउदा भौतिक संरचना क्षयीकरण हुन थालेको हो । 

ph-3-1711251167.jpg
अहिले उक्त संरचनाको रेखदेख गर्न भन्दै १जना कार्यालय सहयोगी राखिएको छ । बझाङ्ग जिल्लाको लिम घर भएका ४२ वर्षीय लालसिंह बोहरा कार्यालय सहयोगीको रुपमा काम गर्दै आएकाछन् । उनले जस्तापाताको एक झुप्रो बनाएर श्रीमती सहित बसोबासको व्यवस्था गरेका छन् । उनलाई ज्यालादारी कामदारका रुपमा सडक विभाग बझाङ्ग कार्यालयबाट मासिक ज्याला रकम प्रदान गरिदैँ आएको छ । १८बर्षको कलिलो उमेरमा तत्कालिन चौकिदार पदमा करार नियुक्त लिई काम गरेका बोहरालाई यस संरचनाको अधिकांश कथाव्यथा बारे जानकारी छ । 

उनि भन्छन्, “२०५८साल चैत १२ गते दिउँसो माओवादी हुँ भन्दै आएको केहि अपरिचित व्यक्तिले प्रज्वलनसील पदार्थ छर्कदै कार्यालयमा आगो लगाइदिए । भवन जलेर नष्ट हुदैँगर्दा नजिकै ठुलो रुख ढलेको आवाज सुनियो र सेनाले हतियार पड्काएको भन्दै उनिहरु भागेका थिए । अर्को पटक ०६१ सालमा राति ८बजेको समय थियो ७ जना व्यक्तिहरु हतियार सहित ट्रकमा आए, उनिहरुले पुग्ने वित्तिकै संरचना जलाइहाले ।” माओवादीले जलाएको संरचना मध्ये धेरथोर पुर्ननिर्माण गरिएको उनले बताए । 

bohara-1711251265.jpg
सडक विभागले अनारखोलीमा बनाएको संरचना सरकारी निकायले प्रयोग गरेमा वा निजि स्तरलाई व्यवसाय गर्न लिजमा दिए सुरक्षा हुने स्थानियबासी बताउँछन् । यहाँ उद्योग संचालन गर्न वा रिर्साट सञ्चालन गर्न सकिने सञ्चारकर्मी अमर भट्टराई बताउछन् । संरचना जिर्ण बन्नु भन्दा निजी क्षेत्रलाई लिजमा सुम्पीएको खण्डमा संरचनाको सुरक्षा हुनुका साथै रोजगारी समेत श्रृजना हुने उनको तर्क छ ।

ph-1-1711251233.jpg
मध्यमहाडी लोकमार्गको छेउमै रहेको उक्त ठाउँका उद्योग खोलिदाँ वा व्यवसाय सञ्चालन गर्न बैतडी, बझाङ्ग र डडेल्धुरा जिल्लाको पायक पर्ने ठाउँ हो । यहाँ ३–४ जिल्लाको संयुक्त डिभिजन कार्यालय समेत राख्न पायक पर्छ । वा निजि क्षेत्रलाई दिएमा व्यवसाय गर्न अत्यन्त सहज हुने देखिन्छ । 

यस संरचनाका बिषयमा हालसम्म कुनै सुनुवाई नभएको पाटन नगरपालिकाका नगर प्रमुख गौरीसिंह रावल बताउछन् । “यो संरचना कोरियन कम्पनीले सडक निर्माण गर्ने बेलामा बनाइएको हो । अहिले अलपत्र परेपछि कसैको चासो छैन्, निजी जमिन हो जस्तो लाग्छ, नापजाँच गरेर नगरपालिका अन्तरगत पर्ने जमिन भएमा केहि व्यवस्थापन गर्न सकिएला” उनले भने,“हालसम्म यस बिषयमा केहि कसैसंग छलफल भएको छैन् ।”

तर यसतर्फ कसैको ध्यान नगएपछि संरचना जिर्ण बन्दै गएको छ । यहाँ भवन, फर्निचर, खानेपानी, विद्युत, लगायतको सुविधा रहेकाछन् । साथै मध्यपहाडी लोकमार्गको छेउमै अवस्थीत रहेकाले महत्वपुर्ण संरचनाको रुपमा हेरिएको छ । तर यस्तै अलपत्र छाडीएमा केहि समयपछी संरचनाको अवशेष मात्रै  देख्न पाइनेछ । 

यान्त्रीक कार्यालयमा आकस्मीक रुपमा सडक सुचारु गर्ने मेसिन राखिने, कार्यालय मार्फत अवरुद्ध सडक खोल्ने, मेसिनहरु मर्मत गर्ने उक्त कार्यालयमको मुख्य काम भएकाले त्यसतर्फ विभागको कुनै ध्यान छैन् । यस कार्यालयका लागि तोकिएका मेकानिकल प्राविधिक, इन्जीनियर तथा सहयोगीहरु कैलालीको बुडरमा बस्ने गरेको बुझिन्छ । उनिहरुका लागि अछाममा कार्यालय सार्ने भनिएपनि कर्मचारी बुडरमै बस्ने गरेको तर कामका बेला समेत मौन बस्ने गरेको जनगुनासो छ । 
 


प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  ०९:२१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्