Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • आईएमई समुहले बैतडीमा करिब २५ अर्ब लगानीमा सिमेन्ट उद्योग खोल्ने तयारी 
आईएमई समुहले बैतडीमा करिब २५ अर्ब लगानीमा सिमेन्ट उद्योग खोल्ने तयारी 
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, चैत २२, २०८०

बैतडी, 
व्यावसायिक घराना आईएमई समूहले बैतडीमा सिमेन्ट उद्योग खोल्ने भएको छ। केबलकार, वित्तीय संस्था, होटल तथा सेवा क्षेत्रमा समेत लगानी गर्दै आएको समूहले अब सिमेन्ट उद्योगमा पनि लगानी गर्न लागेको हो। बैतडीमा प्रदेश सरकारकै अध्ययनले नेपालकै राम्रो चुनढुंगा रहेको निष्कर्ष दिएको थियो।

विगत तीन दशकदेखि देशको बैंकिङ तथा वित्तीय क्षेत्रमा क्रियाशील रहेको आईएमई समूहले आईएमई ब्राण्डमा सिमेन्ट उद्योग स्थापना गर्न लागेको हो । रेमिट कम्पनीबाट व्यावसायिक यात्रा सुरु गरेको आईएमई समूहले बैंकिङ, बीमा, केबलकार, होटल, अनलाइन पेमेन्ट सिस्टम, अटोमोबाइल्स, हाइड्रोपावरलगायतका क्षेत्रमा काम गर्दै आएको छ ।  समूहले अब विदेशी लगानीसहित ठूलो परिणाममा सिमेन्ट उत्पादन गरेर भारततर्फ निर्यात गर्ने योजनाका साथ उद्योग स्थापना गर्न लागेको हो। सोही कारण आगामी बैशाख १६ र १७ गते हुने तेस्रो लगानी सम्मेलनमा समेत सिमेन्ट उद्योगको विषय सोकेसमा राखिँदैछ । 
समूहले यसअघि पनि नवलपरासी (पूर्व) को चोरमारामा १० अर्ब रुपैयाँमा सिमेन्ट कारखाना स्थापना गर्ने घोषणा गरेको थियो। नवलपरासीमा धेरै उद्योग खुलेको भन्दै समूहले उक्त परियोजना होल्ड गरेर बैतडीमा नयाँ उद्योग स्थापना गर्न लागेको हो। समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले भने। अहिले भारततर्फ निर्यातको धेरै सम्भावना देखिएकोले बैतडीमा सिमेन्ट उद्योग स्थापना गर्न लागिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका समूहका अध्यक्ष चन्द्रप्रशाद  ढकालले बताए। समूहले झुलाघाटबाट ३५ किलोमिटर पश्चिममा रहेको खानीमा भर पर्नेगरी सिमेन्ट उद्योग स्थापना गर्न लागेको हो।
बैतडीमा उत्पादन गरिने सिमेन्टको खानीमा अनुमानित २ करोड ४० लाख ५८ हजार ५ सय ६० टन चुनढुंगा रहेको छ।  विदेशी लगानी भित्र्याउने योजनामा रहको समूहले २० देखि २५ अर्ब रुपैयाँ लगानीमा उद्योग खोल्न लागेको हो। २०७७ सालमा सुदूरपश्चिम प्रदेश सरकारले सिमेन्ट उद्योगको सम्भावना अध्ययन गराएको थियो। बैतडी चुनढुंगा खानीका लागि उपयुक्त ठहर गर्दै ठूलो सिमेन्ट उद्योग खोल्न सकिने निष्कर्षसहित प्रतिवेदनसमेत बुझाइएको थियो । अध्ययनको क्रममा बैतडीमा उच्च गुणस्तरको लाइमस्टोन (चुनढुंगा) भेटिएको थियो। खानीसम्म पुग्नका लागि पहुँचमार्गसमेत नजिक नै पुगिसकेको छ। त्यही अध्ययनपछि नै बैतडीमा सिमेन्ट उद्योगको चर्चा सुरु भएको थियो। बैतडीमा उत्पादन भएको सिमेन्ट नेपाली बजारमा मात्रै नभएर नजिकै रहेका धार्चुला र झुलाघाट नाकाबाट भारत पठाउन सकिने भएकाले राम्रो बजार पाउने  अपेक्षा गरिएको  छ । 
 


प्रकाशित मिति: बिहीबार, चैत २२, २०८०  ०९:३२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक सोमबार, वैशाख २८, २०८३
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग शुक्रबार, वैशाख २५, २०८३
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ पाण्डे पक्राउ
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
मन्त्रिपरिषदबाट कार्यविभाजन नियमावली स्वीकृति
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पशुपति विकास कोषले सहमति पालना नगर्दा स्थानीय बासिन्दा विचल्लीमा
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
पूर्वमन्त्री दामोदर भण्डारीलाई पितृशोक
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
सुकुम्बासीबस्ती जबरजस्ती हटाउने प्रयास नगर्न एमाले बैतडीको माग
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्