Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सुर्नया–४को पञ्चदेव आविमा चरम अनियमितताः दिवाखाजादेखि शिक्षक नियुक्तिमा मनपरी
सुर्नया–४को पञ्चदेव आविमा चरम अनियमितताः दिवाखाजादेखि शिक्षक नियुक्तिमा मनपरी
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, जेठ २८, २०८१

बैतडीको सुर्नया गाउँपालिका–४ स्थित पञ्चदेव आधारभूत विद्यालयमा चरम अनियमितता भएको पाइएको छ । विद्यालय व्यवस्थापन समिति र प्रशासनको मनलाग्दीका कारण चरम अनियमितता भएको विषय सतहमा आएको हो । 
विद्यालयमा शिक्षक नियुक्त गरेबाफत पैसा असुल्ने गरेको पाइएको छ, भने विद्यालयको दिवाखाजामा पनि मनोमानी गर्ने गरेको तथ्य फेला परेको हो । 
गत वर्ष पालिका अनुदान कोटामा शिक्षक हेमराज भट्ट र सरस्वती लुहारलाई नियुक्त गरिएको थियो । उक्त नियुक्ती गरे वाफत ५८ हजार रुपैया रकम असुलेको पाइएको हो । शिक्षक नियुक्त भएपछि उनिहरुबाट सो रकम विद्यालयको खातामा राखिएको प्रद्यानाध्यापक केशव बहादुर मडैले स्वीकार गरेको छ । सोही अनुसारको  पूर्व सहमती  अनुसार सो रकम असुलिएको प्रद्यानाध्यापक मडैले बताए । 
यतिमात्रै होइन विद्यार्थीहरुको दिवा खाजा कार्यक्रमको लागि भन्दै किनेको चामल योजनामा काम गर्ने कामदारलाई खुवाएको पाइएको छ । विद्यालयको खानेपानी योजनामा काम गर्ने कामदारहरुलाई विद्यार्थीको नाममा आएको चामल खुवाएको पाइएको हो । दिवा खाजामा मोटो चामल खुवाउने गरेको पाइएको छ भने, दिवा खाजाका नाममा मसिनो चामल खरिद गरी कामदारलाई खुवाएको पाइएको छ । 
पालिकाबाट योजनाको रकम कम दिएपछि दिवा खाजाको चामलबाट कामदारहरुलाई खुवाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष करुणाकर भट्टले बताए । तर विद्यालयबाट खानेपानीको योजनामा कुनै रकम लगाउने वा श्रोत सधान उपयोग गर्ने कुनै निर्णय गरिएको छैन । 
पालिकाले भने खानेपानी सुधार योजनाको काम अनुसारको सबै भुक्तानी भइसकेको गाउँपालिकाको  योजना शाखाले स्पष्ट पारेको छ । यसैगरी विद्यालय विदाको समय र विव्यसको बैठकमा समेत खाजाको व्यवस्था गरिएको भन्दै विद्यालयको रकमबाट तिर्ने गरिएको खुलेको छ । 
यस विषयमा गाउँपालिकाका शिक्षा शाखा प्रमुखले ध्यानाकर्षण भएको बताएका छन् । नियम विपरित गरिएको काम सरासर गलत भएको बताउदै उनले सम्बन्धित पक्षले करवाहीको भागेदार हुनुपर्ने चेतावनी दिएका छन् ।

आर्थिक चलखेलमा कुरा नमिल्दा शिक्षक नियुक्तीमा ढिलाईको आसंका  
पञ्चदेव आधारभूत विद्यालयले शिक्षक नियुक्तीमा ढिलाई गरेको छ । गत वि.स.२०८० फागुन मै अंग्रेजी शिक्षक नियुक्तीको लागि प्रक्रिया सुरु गरेको थियो । पहिलो विज्ञाप आह्वान गरेकोमा ४ जनाको आवेदन परेको थियो । ती मध्ये २ जना शिक्षक भान बहादुर महरा र हेमराज भट्ट सोही विद्यालयमा कार्यरत थिए  । विव्यस समितिले सोही विद्यालयमा कार्यरत शिक्षक भान बहादुर महरालाई अनुदान कोटाको लागि प्राथमिकता राख्ने निर्णय गरेको थियो । महरा विगत १० वर्षदेखि निजिश्रोतमा कार्यरत रहेको भन्दै उनैलाई नियुक्त गर्ने विव्यसको मनसाय थियो । 
त्यसपछि गत चैत्र १० गते शिक्षक नियुक्तीका लागि लिइएको परीक्षामा आवेदक चारैजना शिक्षकहरु अनुर्तीण भएको खुलेको छ । छनौट समितिले चारै जना अनुर्तीण रहेको बताएको थियो । 
तर आर्थिक चलखेलमा कुरा नमिल्दा शिक्षक नियुक्ती नभएको आसंका गरिएको छ । सुरुवातको परीक्षा हुनुभन्दा पहिले नै विव्यस अध्यक्ष भट्टले आर्थिक सहयोग गर्नेलाई शिक्षक नियुक्त गर्न सकिने धारणा राखेपछि चारैजनालाई अनुर्तीण गरेको आसंका गरेको हो । 
समाचार संकलनका क्रममा अध्यक्ष भट्टले भनेका थिए, ‘कसैले भनेको मान्दैन, कसैलाई बनाउनु छ भने धो गरी ल्याउनु, अनि बनाउछु भनेको छु, मेरो जागरि जाने हैन,’ भट्टले भनेका थिए । राजनितिक दल वा कुनैपनि स्थानीयले विव्यसको बैठकमा राखेको कुरा आफुलाई राम्रो सँग थाहा भएको भट्टको भनाइ थियो ।  
अहिले पुनः विज्ञापन आह्वान गरिएको छ । उक्त विज्ञापनमा ६ जनाले आवेदन भरेका छन् । परीक्षा भने हुन सकेको छैन । परीक्षा समिति गठनका लागि बोलाइएको पहिलो विव्यस बैठकमा सहमती जुट्न नसकेपछि दोश्रोदिन राजनितिक दलका प्रतिनिधिहरु बोलाएर समिति गठनको निर्णय गरिएको छ । 
तर विव्यसका केही सदस्यहरुको असन्तुष्टि जनाएका छन् । 
यस सामाचारमा उल्लेख गरिएका विवरणको सबै प्रमाणहरु सुरक्षित छन् ।
 


प्रकाशित मिति: सोमबार, जेठ २८, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्