Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको पञ्चेश्वरका चार ओटा बर्थिङ सेन्टर बन्द
बैतडीको पञ्चेश्वरका चार ओटा बर्थिङ सेन्टर बन्द
स्टार बुलेटिन
स्टार बुलेटिन शनिबार, असार २९, २०८१

बैतडीको पञ्चेश्वर गाउँपालिका भित्रका बर्थिङ सेन्टरहरु बन्द गरिएका छन् । आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनका लागि बजेटको अभावका कारण गाउँपालिकाले स्वास्थ्यचौकी बाहिर सञ्चालनमा रहेका  चार ओटा बर्थिङ सेन्टरहरु बन्द गरेको । 
बजेटको अभाव भएको भन्दै बर्थिङ सेन्टरहरु बन्द गरिएका पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले बताउनुभयो । स्वास्थ्य क्षेत्रको बजेटमा कटौती भएकाले बर्थिङ सेन्टरहरु सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो । 
स्वास्थ्य क्षेत्रको बजेट ३३ लाखबाट घटेर २० लाखमा झरेको छ । ६ ओटा स्वास्थ्यचौकी बाहेक चार ठाउँमा थप बर्थिङ सेन्टरहरु सञ्चालनमा रहेका थिए । सबै बर्थिङ सेन्टरको बन्द गरिएको हो । 
स्वास्थ्यचौकी बाहिरका बर्थिङ सेन्टरमा कम्तीमा एक ठाउँमा दुई जना अनमी र एक जना स्वीपर राख्नुपर्ने तर बजेटको अभाव हुँदा समस्या भएको शाहको भनाइ छ । 
पञ्चेश्वरका सबै ठाउँमा सडकको पहुँच पुगिसकेकाले समस्यामा परेका आमाहरुलाई एम्बुलेन्समार्फत नजिकको स्वास्थ्य संस्थामा ल्याइने शाहले दाबी गरे । 
गाउँपालिकाको स्वास्थ्य शाखाले बजेटको अभाव भएको भन्दै पत्र काटेर बर्थिङ सेन्टर बन्द गर्न भनेको छ । पञ्चेश्वरको आम्चोरा, रोडीदेवल र वडा नं १ मा रहेका चारओटा बर्थिङ सेन्टरहरु बन्द गरिएका हुन् । 
गाउँपालिकाले बर्थिङ सेन्टर बन्द गर्ने निर्णय गरेपछि स्थानीयबासिन्दाहरु भने आक्रोशित भएका छन् । स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा पालिकाले खेलवाड गरेको स्थानीयहरुको आक्रोश रही आएको छ ।  स्वास्थ्यचौकीबाट टाढा रहेका सेवाग्राहीहरुलाई समस्या हुने बताइएको छ छ । 
आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवालाई प्रभावकारी बनाउनुका साटो पालिकाले दुर्गममा सञ्चालनमा रहेका बर्थिङ सेन्टरहरु बन्द गर्दा गर्भवति महिलाहरुलाई झन् समस्या हुने वडा नम्बर १ को पञ्चेश्वर स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले बताउनुभयो ।

संस्थागत सुत्केरी महिलाहरुको संख्या घट्ने शिशु तथा मातृ मृत्युदर बढ्ने उहाँले जानकारी दिनुभयो । वडा नम्बर १ भित्र रहेका सल्ला बर्थिङ सेन्टर र सेरी बर्थि सेन्टर गरीने उहाँको भनाई छ । चालु आर्थिक वर्षमा सल्ला बर्थिङ सेन्टरमा १७ र सेरी बर्थि सेन्टरमा १८ जना महिलाले सेवा लिएका छन् । 
स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीलाई परिचालन गरी दुवै बर्थिङ सेन्टर सञ्चालनमा रहने स्वास्थ्य चौकी प्रमुम सार्कीको भनाई छ ।
यता गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले सबै वडामा सडकको पहुँच पुगिसकेकाले बर्थिङ सेन्टर बन्द हुँदा समस्या नहुने बताउनुभयो । उहाँले गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकीमा गुणस्तरीय सेवा दिने वातावरण बनाइने बताउनुभयो ।  


प्रकाशित मिति: शनिबार, असार २९, २०८१  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्