Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको रौलाकेदार धाममा दर्शनार्थीहरुको घुइँचो, पदमार्ग निर्माण गर्नुपर्ने स्थानियको माग 
बैतडीको रौलाकेदार धाममा दर्शनार्थीहरुको घुइँचो, पदमार्ग निर्माण गर्नुपर्ने स्थानियको माग 
सुरेश महरा
सुरेश महरा सोमबार, साउन ७, २०८१

ऐतिहासिक तथा पौराणिक महत्व बोकेको रावलाद्री पर्वत अर्थात रौलाकेदार धाममा श्रावण महिना शुरु भएयता दर्शनार्थीहरुको घुइँचो लागेको छ । भगवान शिवको बासस्थानको रुपमा रहेको रौलाकेदार धाममा हरेक बर्ष श्रावण महिनाभरी दर्शनार्थीहरुको भीड लाग्ने गरेको मन्दिरका मूल पूजारी विष्णुदत्त भट्टले बताए । 

सुर्नया गाउँपालिका ४ मा अवस्थित रौलाकेदार धाम हिन्दूहरुको धार्मिक आस्थाको केन्द्र समेत रही आएको छ । यो मन्दिरमा पुग्नका लागि सुर्नया ४ को सन्सेरीमाण्डौ र  सुर्नया गाउँपालिकाको केन्द्रबाट  झन्डै तीनदेखी चार घण्टा लाग्ने गर्छ  उकालो बाटो चड्नुपर्छ। रौलाकेदारको उत्पत्ति बद्रीकेदारबाट भएकाले रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको रौलाकेदारका पूजारी  भट्टले बताए । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले सबैको आस्थाको केन्द्र बन्न पुगेको उनले बताए । 

श्रावणको महिना शुरु भएसंगै विभिन्न ठाउँबाट दर्शनार्थीहरु पुग्ने क्रम जारी रहेको सुर्नया ४ का स्थानीय तथा समाजसेवी गणेश बहादुर महराले जानकारी दिए । दैनिकजसो टाढा टाढाबाट दर्शनार्थीहरु रौलाकेदार धामको दर्शन गर्न पुग्ने गरेको स्थानीय महराले बताए । 

भगवान शिवका १२ ओटा ज्योर्तिलिङ्ग मध्ये रौलाकेदार पनि एक रहेको जानकारहरुले बताएका छन् । नेपालका प्रथम ऐतिहासिक जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले पनि रौलाकेदार नै केदारनाथ ज्योर्तिलिङ्ग भएको बताएका छन् । रावलाद्री पर्वतमा रहेको हुनाले रौलाकेदार नाम रहन गएको किम्वदन्ती रहेको छ । रौलाकेदराको दर्शन गरेमा बद्रीकेदारको दर्शन गरेजत्तिकै फल प्राप्त हुने जनविश्वास रही आएको छ । 

श्रावणको महिना मन्दिरमा पूजापाठ गर्नेहरुको भीड लाग्ने गरेको अर्का पूजारी भुबन भट्टले  बताए । रौलाकेदार धाममा पुग्नका लागि बाटो अप्ठ्यारो भएपनि दैनिक सैयौंको संख्यामा दर्शनार्थीहरु पुग्ने गरेका उनले बताए । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले दर्शनार्थीहरुको भीड लागेको हो । उनले भने ‘रौलाकेदार धाममा श्रावणको महिना दर्शन गर्नेहरुको संख्या बढी हुन्छ । 
रौलाकेदार धाममा श्रावणको महिना पूजापाठ हुने गरेको छ भने कार्तिक शुक्ल सप्तमी र अष्टमीका दिन बिशेष जात्रा हुने गरेको छ । कार्तिकको जात्रामा सुर्नया गाउँपालिका ५ मडस्थित रौलाकेदारको भण्डार घरबाट भण्डारसहित जाने र जात्रा लाग्ने गरेको पूजारी भट्टले बताए । 

रौलाकेदार धामको प्रचार प्रसारका लागि स्थानीय सरकारले कुनै पहल नगरेको  यहाँका स्थानीयहरुको भनाइ छ । रौलाकेदार धाममा पुग्नका लागि बाटो अप्ठ्यारो भएकाले पदमार्ग निर्माण गर्न सके धार्मिक पर्यटहरुको संख्या अझै बढ्ने स्थानीयहरुले बताएका छन् । पदमार्ग निर्माणका लागि स्थानीय सरकारले ध्यान दिनुपर्नेमा यहाँका नागरिकहरुको जोड रहेको छ ।

बैतडी जिल्लामा रहेका रौलाकेदार, सिगास धाम , पत्तालभुवनेश्वर, गुफा केदारलगायतका धार्मिक स्थलहरुको प्रचार प्रसार गर्न सके धार्मिक पर्यटक बढ्ने स्थानीयहरुको भनाइ छ ।  


प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड बुधबार, असार ४, २०८२
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
स्वास्थ्यकर्मी भट्टले गरिन् पाटन नगरपालिकाका हाकिमको कार्यकक्षमा तोडफोड
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
रोजगारी मोहमा अल्झिएका युवा : उत्पादनमुखी सोच बिर्संदै गएको यात्रा
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
दैलेखको जमिनमुनि उज्यालो भविष्यको आशा : मन्त्री भण्डारीको नेतृत्वमा ग्यास उत्खननमा ऐतिहासिक सफलता 
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
धनगढीको नयाँ स्वाद ‘गोल्डेन सेकुवा’, शिक्षित युवाको आत्मनिर्भरताको उदाहरण
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्