Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीको एक विद्यालयमा विषय शिक्षकको माग गर्दै विद्यार्थीले गरे तालाबन्दी 
बैतडीको एक विद्यालयमा विषय शिक्षकको माग गर्दै विद्यार्थीले गरे तालाबन्दी  लेक लुपुण माविमा नेपाली विषयका शिक्षकलाई २ वर्ष अघि काजमा सरुवा गरेको थियो । तर उक्त विषयको शिक्षक नभएपछि पढाई प्रभावित भएको भन्दै विद्यार्थीहरुले तालाबन्दी गरे । 
स्टार बुलेटिन
स्टार बुलेटिन आइतबार, भदौ १६, २०८१

बैतडी, 
बैतडीको सिगास गाउँपालिका वडा नं ८ मा रहेको लेक लुपुण माविमा तालाबन्दी गरिएको छ । 
निम्न माध्यामिक तहका नेपाली अध्यापन गराउने शिक्षकको माग गर्दै तालाबन्दी गरिएको हो । यसअघि उक्त विद्यालयमा दरबन्दी कायम भएका निम्न माध्यामिक तह नेपाली विषयका शिक्षक देव सिंह धामीको काजमा सरुवा गरिएपछि निम्न माध्यामिक तहमा नेपाली विषयका शिक्षक छैनन् । 
लेक लुपुण माविमा दरबन्दी कायम भएका निमाविका नेपाली शिक्षक देव सिंह धामीको २०७८ फागुनमा सिगास–२ स्थित रण आधारभूत विद्यालयमा काजमा सरुवा गरिएको थियो । त्यसयता नेपाली विषयको अर्काे शिक्षकको व्यवस्थापन हुन सकेको छैन ।  
नेपाली विषयको शिक्षकको व्यवस्थापन हुनुपर्ने माग गर्दै दोश्रो पटक आइतबार तालाबन्दी गरिएको विद्यालयका प्रद्यानाध्यापक हर्क बहादुर धामीले जानकारी दिए । नेपाली विषयको शिक्षकको व्यवस्थापन हुनुपर्ने विद्यार्थीहरुको माग छ । यही विषयमा यसअघि यही भाद्र ५ गते पनि तालाबन्दी गरिएको थियो ।
पहिलो पटक तालाबन्दी गरिएको दिन आगामी विव्यस भेलामा यस विषयमा छलफल गर्ने सहमती जुटेपछि सोही दिन ताला खोलिएको थियो ।
भाद्र ९ गते विद्यालय व्यवस्थापन समितिको बैठकबाट काज फिर्ता गर्न माग गर्दै पालिकालाई पत्र पठाएको थियो । सोही दिन गाउँपालिकाको कार्यपालिका बैठक बसेर काजमा सरुवा गरिएका शिक्षक देव सिंह धामीलाई दरबन्दी कायम भएको लेक लुपुण माविमा एक हप्ताभित्र हाजिर हुन भन्दै पत्र काटेको थियो । तर १५ गतेसम्म पनि शिक्षक हाजिर नभएपछि, १६ गते आइतबार विद्यार्थीहरुले तालाबदी गरेका हुन् । 
लेक लुपण माविबाट आफुलाई गलत्याएर  मनपरी ढंगले काजमा सरुवा गरेकाले आफु उक्त विद्यालयमा फेरी जान नसक्ने शिक्षक देव सिंह धामी बताएका छन् । 
२०६१ सालदेखि लेक लुपण माविमा हाजिर भएका धामीले २०६८ सालदेखि प्रद्यानाध्यापकको जिम्मेवारीमा रहेका थिए । त्यसपछि २०७८ माघ महिनामा प्रद्यानाध्यापकको जिम्मेवारी छाडेका थिए । त्यसको एक महिनापछि २०७८ फागुनमा उनलाई काजमा रण आधारभूत विद्यालयमा पठाइएको छ । 
अनिवार्य अवकास पाउन २ वर्ष मात्रै बाँकी रहेको र यसअघि वपन अपमानित तवरले हटाएको हुनाले पुनः सोही विद्यालयमा जान नसकिने शिक्षक धामी बताउछन् ।  
लेक लुपुण माविमा निम्न माध्यामिक तहका नेपाली विषयका शिक्षक छैनन् । माध्यामिक तहका नेपाली शिक्षक भएपनि कक्षा ९ देखि १२ सम्मका माथिल्लो कक्षामा पढाउने गरेकाले निमावि तहमा नेपाली विषयमा पठन पाठनमा समस्या हुने गरेको विद्यालयले जनाएको छ । 
शिक्षक देव सिंह धामीले पनि पालिकामा पत्र बुझाएको र विद्यालयमा पनि तालाबन्दी गरिएको हुनाले अर्काे कार्यपालिका बैठकमा यस विषयमा छलफल गर्ने गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश प्रशाद ट्टले बताए । 
यही जानकारी विद्यालयमा पनि गराइएको र ताला खोल्न आग्रह गरिएको उनले बताए । तर तालाबन्दी कायमै छ । 
 


प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १६:३०
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्