Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • पाटन ३मा परीक्षा केन्द्र विवादः घुम्ती विद्यालय अनुसार केन्द्र राख्न माग
पाटन ३मा परीक्षा केन्द्र विवादः घुम्ती विद्यालय अनुसार केन्द्र राख्न माग
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, फागुन २२, २०८१


बैतडी,
बैतडीको पाटन नगरपालिका वडा नं ३ मा परीक्षा केन्द्र सच्याउन माग गरिएको छ । सोही वडाको गौरीशंकर माविले कक्षा ८ को परीक्षा केन्द्र निर्धारण गर्न गत वर्ष भएको सहमती र निर्णयका आधारमा गर्न गराउन माग गरेको छ । 

गौरीशंकर मावि गुरुडाका शिक्षक तथा अभिभावकहरुले वडा कार्यालयमा गएर वडा अध्यक्ष करुणाकर भट्ट समक्ष ज्ञापपत्र पेश गरेका छन् । 

आगामै चैत्र १० गतेदेखि कक्षा ८ को नगरस्तरीय परीक्षा हुदै छ । परीक्षा केन्द्र तोक्ने अधिकार वडा शिक्षा समितिलाई दिइएको छ । 

गत वर्ष माध्यामिक विद्यालय गुजरमा परीक्षा केन्द्र निर्धारण गरेको थियो । यस वर्ष पनि सोही विद्यालयमा परीक्षा केन्द्र तोकिएपछि गौरी शंकर माविले वडा शिक्षा समितिलाई ध्यानाकर्षण गराएको हो । 

गत वर्ष मावि गुजरमा परीक्षा केन्द्र राख्दा आगामी शैक्षिक वर्षमा आवश्यकताका आधारमा घुम्ती विद्यालयमा परीक्षा केन्द्र राख्ने निर्णय गरिएको थियो ।

सोही निर्णयको अवज्ञा गर्दै वडास्तरीय शिक्षा समितिले यस वर्ष पनि घुम्ती विद्यालयमा नराखी सोही गुजर माविमा नै परीक्षा केन्द्र राखेको भन्दै ध्यानाकर्ण गराइएको गौरी शंकर माविका शिक्षक दिलिप कठायतले जानकारी दिए । 

गत वर्ष नै वडा शिक्षा समितिले गरेको निर्णय यस वर्ष कार्यान्वयन नगरेपछि बिरोध गर्न बाध्य भएको वडा नं ३ का स्थानीय एवं गौरीशंकर माविको तर्फबाट गठन गरिएको परीक्षा केन्द्र निर्धारण समितिका संयोजक दान सिंह बिष्टले जानकारी दिए । गत वर्ष घुम्ती विद्यालयको रुपमा अर्काे विद्यालयमा परीक्षा केन्द्र निर्धारण गर्ने निर्णय गरिएको र यस वर्ष सो निर्णण्को अवज्ञा गरी गौरी शंकर माविका विद्यार्थीहरुलाई मात्रै सास्ती दिने काम गरिएको उनले बताए । 

गौरी शंकर माविमा परीक्षा केन्द्र (ख)को रुपमा स्थापना गर्न समेत माग गरिएको उनले बताए । 
गौरी शंकरमाविमा अध्यायन गर्ने पाटन नगरपालिका वडा नं ३ सँगै वडा नं ६, ८ र ९ तथा सुर्नया गाउँपालिका वडा नं ५ का विद्यार्थीहरु रहेका छन् । उनिहरुले माध्यामिक विद्यालय गुजरमा आउन जान निकै समस्या भइरहेकाले परीक्षा केन्द्र फेरबदल गरिनुपर्ने उनिहरुको माग रहेको छ । 

ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष एवं वडास्तरीय शिक्षा समितिका अध्यक्ष करुणकार भट्टले परीक्षा केन्द्र (ख)को रुपमा गौरी शंकर माविलाई राख्नको लागि नगरपालिकासँग आग्रह गरिएको बताएका छन् । वडास्तरीय परीक्षा समितिले नै निर्णय गरेकाले तत्काले सो निर्णय फेरबदल नहुने उनले बताए । टाढाका विद्यार्थीहरुलाई बास बस्न र आवतजावतमा सहजता गर्नको लागि आवश्यक सहयोग गर्ने समेत भट्टले बताए । ‘हामिले वडा शिक्षा समितिबाट निर्णय गरि पालिकामा पठाएका छौँ, गौरीशंकर माविमा परीक्षा केन्द्र (ख) राख्न आग्रह गरेका छौँ,’ अध्यक्ष भट्टले भने । 

वडा कार्यालयमा भेला भएका अभिभावकहरुले आन्दोलित हुदै तालाबन्दी गर्ने अवस्थामा पुगेका थिए । 
वडा अध्यक्ष करुणकर भट्टले परीक्षा केन्द्र (ख) निर्धारण गर्नको लागि नगरपालिकामा जोडदार माग राख्ने बताएपछि तालाबन्दी गर्नबाट पछि हटेका हुन् । 
अभिभावकहरुले ४ दिनभित्र निक्र्यौल नगरे वडा कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिएका छन् । 


प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्