Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
IDML IDML
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण
सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, माघ १४, २०७८
Benefits-of-Betel-Nut-(Supari).jpg

झापा : झापा सुपारी खेतीका लागि उर्वर जिल्ला हो । देशभर उत्पादन हुने सुपारीको ८० प्रतिशत सुपारी झापामा उत्पादन हुन्छ । सुपारी खेतीको विकास र विस्तारका लागि झापामा सरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । जसका कारण पनि पछिल्लो समय सुपारी खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् । संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन कार्याक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत सिँचाइ, गोदामघरदेखि प्रशोधनसमेतमा अनुदान दिन थालेपछि किसानहरू खेतीमा आकार्षित हुँदै गएका हुन् । सुपारी जोन कार्याक्रमले पूर्वी नेपालमा बर्सेनि सुपारी खेती विस्तार हुँदै गएको छ ।

 

झापामा दुई हजार ७२१ हेक्टर क्षेत्रफलमा सुपारी उत्पादन हुँदै आएको छ । जसमा दश हजार ३३९ दशमलव ८ मेट्रिक्टन सुपारी उत्पादन हुँदै आएको ज्ञानकेन्द्रले जनाएको छ । विगतमा आफ्नै बलबुताले खेती गर्दै आएका किसानलाई सरकारले सहयोग गरेपछि उत्साहित भएका हुन् । सुपारीजोन कार्यक्रमले यस वर्ष प्रशोधन र टपरी निर्माणमा अनुदान उपलब्ध गराएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपारी जोनका प्रमुख रवीन्द्र सुवेदीले बताए । उनका अनुसार सुपारीको पातबाट दुना, टपरी बनाएर कृषकले राम्रो आम्दानी गर्नसक्छन् । जोनले टपरी, दुना निर्माण गर्ने मेसिनमा अनुदान दिएपछि विगतमा त्यसै खेर जाने सुपारीको पात अहिले प्रयोगमा आएका हुन् ।

सुपारी सम्बन्धी विज्ञ, कृषि प्राविधिकको अभाव रहेकाले विभिन्न तालिम र पशिक्षणसमेत दिइँदै आइएको छ । चार वर्षदेखि संचालन भएको सुपारीजोन कार्याक्रमले धेरै सहयोग गरेकाले खेती थप विस्तार गर्दै लगेको अर्जुनधारा-९ का किसान दिनबन्धु पोखरेलले बताए । ‘पहिला हाम्रो तरिकाले खेती गर्दै आएका थियौँ । अहिले राज्यले पनि सहयोग गरेपछि धेरै सहज भएको छ,’ उनले भने, ‘अहिले क्रमशः खेतीको पनि विस्तार हुँदै आएको छ ।’

सुपारी खेती विस्तारसँगै पछिल्लो समय काँचो सुपारीको मुल्य समेत बढ्दै गएको छ । तीन वर्षअघि २५ देखि ३० रुपैयाँ प्रतिकेजी बिक्री हुने काँचो सुपारीको मूल्य पछिल्लो समय ५० देखि ७० रुपैयाँ प्रतिकेजीसम्म पुगेको लामो समयदेखि अर्जुनधारा नगरपालिका क्षेत्रमा सुपारीको व्यवसाय गर्दै आएका रघुनाथ गुप्ताले बताए । सुपारीको मूल्यमा समेत सुधार आएकाले कृषकले उत्साहित भएर खेती गरिरहेको उनले बताए ।


प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  ०५:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत मंगलबार, जेठ २७, २०८२
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन शुक्रबार, जेठ २३, २०८२
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु  शनिबार, जेठ १७, २०८२
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार  शुक्रबार, जेठ १०, २०८२
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी  
सुदूरपश्चिमका स्थानीय तह कर्मचारीहरूको आन्दोलन जारी   बुधबार, जेठ १, २०८२
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै
राष्ट्रिय युवा संघ बैतडीको दशौँ अधिवेशन वैशाख २७ गते पाटनमा हुँदै बुधबार, वैशाख २४, २०८२
Khani Bibhag Info Khani Bibhag Info
लोकप्रीय
  • Week
  • Month
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
दिगो र  समावेशी पर्यटन प्रवर्द्धन सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला काठ्माण्डौँमा सम्पन्न
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
संघीय सरकारबाट बैतडीका लागी करिब २ अर्बको बजेट स्वीकृत
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
युवा सङ्घको केन्द्रीय सचिवमा बैतडीका भण्डारी दाबेदार 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु 
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
योजना कार्यान्वयनमा गति दिन मन्त्री भण्डारीको निर्देशन
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
मन्त्री भण्डारीका कामको गतिलो परिणाम : ठगिएका उपभोक्तालाई ६० लाख रकम क्षतिपूर्ति 
Nepal Top Nepal Top
NOC NOC
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्