Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण
सरकारी अनुदानले सुपारी खेतीमा आकर्षण
स्टार बुलेटिन
स्टार बुलेटिन शुक्रबार, माघ १४, २०७८
Benefits-of-Betel-Nut-(Supari).jpg

झापा : झापा सुपारी खेतीका लागि उर्वर जिल्ला हो । देशभर उत्पादन हुने सुपारीको ८० प्रतिशत सुपारी झापामा उत्पादन हुन्छ । सुपारी खेतीको विकास र विस्तारका लागि झापामा सरकारी निकायले विभिन्न कार्यक्रम आयोजना गर्दै आएका छन् । जसका कारण पनि पछिल्लो समय सुपारी खेतीतर्फ किसान आकर्षित हुन थालेका छन् । संघीय सरकारले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत झापामा सुपारी जोन कार्याक्रम सञ्चालन गर्दै आएको छ । कार्यक्रममार्फत सिँचाइ, गोदामघरदेखि प्रशोधनसमेतमा अनुदान दिन थालेपछि किसानहरू खेतीमा आकार्षित हुँदै गएका हुन् । सुपारी जोन कार्याक्रमले पूर्वी नेपालमा बर्सेनि सुपारी खेती विस्तार हुँदै गएको छ ।

 

झापामा दुई हजार ७२१ हेक्टर क्षेत्रफलमा सुपारी उत्पादन हुँदै आएको छ । जसमा दश हजार ३३९ दशमलव ८ मेट्रिक्टन सुपारी उत्पादन हुँदै आएको ज्ञानकेन्द्रले जनाएको छ । विगतमा आफ्नै बलबुताले खेती गर्दै आएका किसानलाई सरकारले सहयोग गरेपछि उत्साहित भएका हुन् । सुपारीजोन कार्यक्रमले यस वर्ष प्रशोधन र टपरी निर्माणमा अनुदान उपलब्ध गराएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपारी जोनका प्रमुख रवीन्द्र सुवेदीले बताए । उनका अनुसार सुपारीको पातबाट दुना, टपरी बनाएर कृषकले राम्रो आम्दानी गर्नसक्छन् । जोनले टपरी, दुना निर्माण गर्ने मेसिनमा अनुदान दिएपछि विगतमा त्यसै खेर जाने सुपारीको पात अहिले प्रयोगमा आएका हुन् ।

सुपारी सम्बन्धी विज्ञ, कृषि प्राविधिकको अभाव रहेकाले विभिन्न तालिम र पशिक्षणसमेत दिइँदै आइएको छ । चार वर्षदेखि संचालन भएको सुपारीजोन कार्याक्रमले धेरै सहयोग गरेकाले खेती थप विस्तार गर्दै लगेको अर्जुनधारा-९ का किसान दिनबन्धु पोखरेलले बताए । ‘पहिला हाम्रो तरिकाले खेती गर्दै आएका थियौँ । अहिले राज्यले पनि सहयोग गरेपछि धेरै सहज भएको छ,’ उनले भने, ‘अहिले क्रमशः खेतीको पनि विस्तार हुँदै आएको छ ।’

सुपारी खेती विस्तारसँगै पछिल्लो समय काँचो सुपारीको मुल्य समेत बढ्दै गएको छ । तीन वर्षअघि २५ देखि ३० रुपैयाँ प्रतिकेजी बिक्री हुने काँचो सुपारीको मूल्य पछिल्लो समय ५० देखि ७० रुपैयाँ प्रतिकेजीसम्म पुगेको लामो समयदेखि अर्जुनधारा नगरपालिका क्षेत्रमा सुपारीको व्यवसाय गर्दै आएका रघुनाथ गुप्ताले बताए । सुपारीको मूल्यमा समेत सुधार आएकाले कृषकले उत्साहित भएर खेती गरिरहेको उनले बताए ।


प्रकाशित मिति: शनिबार, माघ १५, २०७८  ०५:३४
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्