Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीमा आलु पकेट क्षेत्र र कोल्ड स्टोरको अनुगमन
बैतडीमा आलु पकेट क्षेत्र र कोल्ड स्टोरको अनुगमन
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, चैत १८, २०८१

बैतडीमा आलु पकेट क्षेत्रको रुपमा रहेको पाटन नगरपालिका ८ मा अनुगमन गरिएको छ । सुदुरपश्चि प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री बिरबहादुर थापाले  जिल्लाको पाटन नगरपापलिका ८ मा सञ्चालित आलु पकेट क्षेत्रको अनुगमन गरेका हुन् । 
सोमबार मन्त्री थापासहित कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी लगायतको टोलीले आलु पकेट क्षेत्रको अनुगमन गरेका पाटन नगरपालिका ८ वडाअध्यक्ष हरिश बिष्टले जानकारी दिए । मन्त्री थापाले यहाँका स्थानीय किसानहरुसंग छलफल समेत गरेका उनले बताए । 
कृषि ज्ञान केन्द्रको सहयोगमा यस क्षेत्रमा बृहत आलु बालि कार्यक्रम सञ्चालनमा रहेको छ । नगरपालिकाको वडा नम्बर ८, ९ र १० का किसानहरुलाई आलुको बिउ र कृषि औजारहरु सहयोग गर्दै आएको छ । 
छलफलका क्रममा किसानहरुले तरकारी संकलन केन्द्र र कोल्ड स्टोर सञ्चालनका लागि पहल गरि दिन माग गरेको थिए । कोल्ड स्टोर नहुँदा किसानहरुले न्यून मूल्यमा तरकारी बिक्री गर्नुपरेको र विउ खरिद गर्दा महंगो पर्ने गरेको पाटन नगरपालिका ८ का किसान भरत बहादुर चन्दले गुनासो पोखे । 
भूमि व्यवस्था  तथा कृषि सहकारी मन्त्री थापाले कोल्ड स्टोर सञ्चालन तथा तरकारीको बजारीकरणका लागि आफुले सक्दो पहल गर्ने बताएका थिए । यस्तै मन्त्री थापाले पाटन नगरपालिका ८ खोड्पेमा बन्द अवस्थामा रहेको १० टन क्षमताको कोल्ड स्टोरको समेत अनुगमन गरेका थिए । 
तरकारीका लागि पकेट क्षेत्ररुमा रहेको खोड्पेमा कोल्ड स्टोर सञ्चालनमा ल्याउन यहाँका किसानहरुले पटक पटक माग गर्दै आएका छन् । कृषि ज्ञान केन्द्र बैतडीको १५ लाख अनुदान र दोगडाकेदार भुमिराज कोल्ड स्टोरको बाँकी लगानी गरी झन्डै ४५ लाखको लागतमा कोल्ड स्टोर निर्माण गरिएको थियो । कोल्ड स्टोर सञ्चालक ललितमोहन भट्ट अहिले सम्पर्क विहिन छन् । 

उक्त कोल्ड स्टोर सञ्चालनका लागि प्रदेश सरकार, कृषि ज्ञान केन्द्र र जिल्ला प्रशासनलाई पटक पटक माग गर्दै आएको भएपनि सञ्चालन आउन नसकेको पाटन नगरपालिका ८का वडाअध्यक्ष हरिश बिष्टले बताए । संचरना निर्माण भएको दुई वर्ष बितिसक्दा पनि सञ्चालनमा नआउँदा किसानहरु मार्कामा परेका छन् । कोल्ड स्टोर सञ्चालनमा नआउँदा किसानहरुले महँगोमा बिउ खरिद गर्ने र भण्डारणका लागि डडेल्धुरा सम्म ध्याउनुपर्ने बाध्यता रहेको उनले बताए । 
 

 


प्रकाशित मिति: सोमबार, चैत १८, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा
जिल्लाका सम्पर्क विभागहरु गठन गर्दै रास्वपा सोमबार, वैशाख १४, २०८३
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी शुक्रबार, वैशाख ४, २०८३
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित
बैतडी जिल्ला खेलकुद समितिको अध्यक्षमा चन्द मनोनित बुधबार, वैशाख २, २०८३
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन सोमबार, चैत ३०, २०८२
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
पुष्पराज पाण्डेयको कथा संग्रह ‘किनार’ विमोचन
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
कफी खेती अवलोकन गर्न कृषक महाभारतमा
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
झापामा ‘पेलेट ऊर्जा’ उत्पादन
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
एकैपटक सम्पत्ति शुद्धिकरण र भ्रष्टाचार मुद्दा दायर
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
नेबिसंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा बैतडीका केसी चयन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
बैतडीमा यू–१६ क्रिकेट क्लोज क्याम्प सञ्चालन
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
मेची राजमार्गमा पुनः पहिरो, सडक अवरुद्ध
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
सेनाको शिविरमा २०८ जनाको स्वास्थ्य परीक्षण
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
क्यान्सरसँग लड्दै वरिष्ठ कलाकार अवस्थी
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्