Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • बैतडीका ५१ हजार बढी नागरिकहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध
बैतडीका ५१ हजार बढी नागरिकहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध
स्टार बुलेटिन
स्टार बुलेटिन सोमबार, चैत २५, २०८१

बैतडीका ५१ हजार बढी नागरिकहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । जिल्लाका १४ हजार ४३४ परिवारका ५१ हजार ८२९ जना नागरिकहरु स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालयका दर्ता अधिकारी अनिलचन्द्र जोशीले जानकारी दिनुभयो ।   ति मध्ये दुई हजार ५५५ परिवार बीमा शूल्क तिरेर कार्यक्रममा आवद्ध भएका दर्ता अधिकारी जोशीले बताउनुभयो ।

जेष्ठ नागरिक, ‘क’ वर्गका अपाङ्गता भएका व्यक्ति, कुष्ठरोगी र एचआइभी संक्रमित व्यक्तिहरुलाई निःशूल्क स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध गरिएको  स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय बैतडीका प्रमुख जमनसिंह बडालले जानकारी दिनुभयो । १० हजार ४८६ जेष्ठ नागरिक, १३९ परिवार  एचआइभी संक्रमित,  २० परिवार कुष्ठरोगी, ४३६ परिवार (क) वर्गका अपाङ्गता भएका व्यक्ति र ५० परिवार एमडिआर टिबी संक्रमित स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।

उहाँहरुको बीमावाफतको रकम सरकारले नै बीमा बोर्डलाई तिरीदिने गर्दछ ।यस्तै ७४८ महिला स्वास्थ्य स्वयसेविकाका परिवार यस कार्यक्रमा आवद्ध भएका बडालले बताउनुभयो । महिला स्वास्थ्य स्वयसेविकाको ५० प्रतिशत सघिंय सरकार र बाँकी सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले भुक्तानी गर्दै आएको छ ।

 स्वास्थ्य बीमामा आवद्ध व्यक्तिहरुको उपचारका लागि जिल्ला अस्पताल बैतडी, पाटन प्राथमिक स्वास्थ्य केन्द्र र केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र मेलौली   सूचीकृत स्वास्थ्य संस्था रहेका उहाँले बताउनुभयो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा केहीसमयदेखी स्वास्थ्य बीमा गरेका व्यक्तीहरुको उपचार सेवा रोकिएको छ । सबै प्रक्रिया पुगीसकेको र बैशाख पहिलो हप्ताभित्रै सेवा सुरु हुने बडालले जानकारी दिनुभयो ।

गरिब नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउनका लागि शुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत बिमितले १ लाख रुपैयाँसम्मको उपचार निशुल्क पाउने गरेका छन् । ३ हजार ५ सय प्रिमियर तिरेर ५ जनासम्मको परिवारले १ लाख सम्मको उपचार निशुल्क पाउने गरेको कार्यालय प्रमुख बडालले बताउनुभयो ।

पाँच जनाभन्दा बढी सदस्य भएको परिवारले प्रतिसदस्य सात सय थप प्रिमियम बुझाउनुपर्ने र उनीहरूले थप २० हजारका दरले उपचार सुविधा पाउने गरेका छन् । 

यसैबीच बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर नवौं स्वास्थ्य बीमा बार्षिकोत्सव कार्यक्रम मनाइएको छ । स्वास्थ्य बीमाको सम्पर्क कार्यालय बैतडीमा आयोजना गरिएको बार्षिकोत्सव कार्यक्रममा स्वास्थ्यकर्मी, बीमा कार्यालयका कर्मचारी, दर्ता सहयोगी लगायतको सहभागिता रहेको थियो । 

 सबै नागरिकको स्वास्थ्य बीमामा सहभागिता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता भन्ने मूल नाराका साथ बार्षिकोत्सव मनाइएको दर्ता अधिकारी जोशीले बताउनुभयो । 


प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  १८:४२
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Global IME Bank द्वारा दोगडाकेदारमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न शनिबार, चैत ७, २०८२
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द
मतदातालाई धन्यवाद दिन गाउँगाउँ पुग्दै चतुर बहादुर चन्द बुधबार, फागुन २७, २०८२
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ बुधबार, फागुन २०, २०८२
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली
उम्मेदवार भण्डारीको पक्षमा जनसमर्थन देखाउन गोकुलेश्वरमा एमालेको भव्य र्‍याली सोमबार, फागुन १८, २०८२
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु शनिबार, फागुन १६, २०८२
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट बुधबार, फागुन १३, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
बैतडीमा रास्वपा कार्यकर्ता द्धारा एमाले कार्यकर्ता माथी निर्घात कुटपीट
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
एमाले बैतडी : भण्डारीको जित सुनिश्चित देखेपछि विरोधीको ‘प्रपोगण्डा’ सुरु
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
बैतडीमा नगदसहित कांग्रेस कार्यकर्ता पक्राउ
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
नेकपा २ केन्द्रीय सदस्य, कांग्रेस प्रदेश सदस्य सहित नेता–कार्यकर्ता एमाले प्रवेश 
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्