Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • भ्रमपूर्ण समाचार प्रकाशन गरेको प्रति उद्योग मन्त्रालयको आपत्ति 
भ्रमपूर्ण समाचार प्रकाशन गरेको प्रति उद्योग मन्त्रालयको आपत्ति 
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, वैशाख १८, २०८२

काठमाडौं ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सत्यतथ्य बुझेर समाचार सम्प्रेषणगर्न सञ्चारमाध्यमलाई आग्रह गरेको छ । मन्त्री दामोदर भण्डारीका निजी सचिव सुमन धितालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालय र मन्त्रीका विषयमा आएका समाचारको खण्डन गरेका छन् । पछिल्लो समय मन्त्रीलाई बदनाम गर्ने आधारले आइरहेका समाचारहरु सत्य नभएको मन्त्रालयको दाबि छ । स्रोत उल्लेख नगरेरै लेखिएका उक्त समाचारमा कुनै सत्यता नभएको मन्त्रालयको भनाई छ । 
यहि वैशाख १६ गते दृष्टिन्युज डटकममा प्रकाशित “एमालेका मन्त्री नै सुपारी तस्करीमा संलग्न” शीर्षकको समाचारप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण बताइएको छ । मन्त्रालयले समाचारमा उठाइएका सबै दावीहरू निराधार, भ्रामक र चरित्रहत्या गर्नका नियतका रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, “उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय दामोदर भण्डारीको नाम उल्लेख गरी तथ्यहीन, प्रमाणविहीन, भ्रामक, कपोकल्पित र स्रोत समेत उल्लेख नगरी देश र जनताको उन्नतिको लागि समृद्ध नेपाल सुखी नेपाली निर्माणमा अविचलित रूपमा कार्य गरिरहनुभएका मन्त्रीज्यूको चरित्र हत्या हुने गरी गरिएका यस्ता गलत तथा अविश्वसनीय समाचारले आम नागरिकमा अविश्वास पैदा गराई लोकतन्त्र प्रति भ्रम सिर्जना गर्ने कार्यको माननीय मन्त्री ज्यूको सचिवालय घोर भत्र्सना गर्दछ । आर्थिक तथा व्यवसायी वातावरणको सुधारले गलत क्रियाकलाप मार्फत आफ्नो व्यक्तिगत फाइदा लिन पल्केका तस्कर तथा बिचौलियाहरूको मर्ममा चोट पुगेको कारण सुधारको कार्यलाई गलत देखाउन भ्रामक, कपोलकल्पित समाचार प्रकाशन गरी मन्त्री सरकार प्रति अनास्था फैलाउने कार्यको घोर निन्दा समेत गर्दछौ ।”

उक्त विज्ञप्तिमा सञ्चार माध्यमको मर्यादा, पत्रकार आचारसंहिता र तथ्य जाँचको जिम्मेवारी विपरीत लेखिएको उक्त समाचारमा प्रयुक्त भाषा शैली, शङ्का, आरोप र प्रस्तुत शैली पत्रकारिताको सामान्य मूल्य मान्यता विपरीत रहेको बताइएको छ । “सञ्चारमाध्यमले प्रकाशन गर्ने यस्ता गैर जिम्मेवार समाचारले न त पत्रकारिताको गरिमा जोगाउँछ, न जनताको विश्वास पाउँछ । खुला अर्थ व्यवस्थामा बजारलाई सहज बनाउने, उद्योग कलकारखाना निर्वाध रूपले सञ्चालन हुने वातावरण निर्माण गर्ने र नेपाली कृषकले उचित मूल्य प्राप्त गर्ने वातावरण बनाउन नीतिगत तथा कानुनी सुधारमा मन्त्रालय लागि रहेको छ । आयात तथा निर्यात सहज बनाई देशको औधौगिक वातावरण निर्माण गर्न गरिएको सुधारको कार्यलाई अनदेखा गरी भए गरेका यस प्रकारका भ्रामक सामग्रीको विरुद्ध कानुनी उपचारका लागि आवश्यक कदम चालिने समेत जानकारी गराउँदछौ । यसरी एकतर्फी रूपमा सम्बन्धित व्यक्ति वा संस्थाको जानकारी विना प्रकाशित समाचारको खण्डन प्रकाशित गर्न वा स्रोतसहित स्पष्टता दिन र आगामी दिनमा यस्ता भ्रामक समाचार प्रकाशित नगर्न सम्बन्धित सञ्चार माध्यमलाई सचेत समेत गराउन चाहन्छौं ।” प्रेस विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले मिडियाले यस्ता भ्रामक, पुष्टि नभएका र नियतवश लेखिएका समाचारहरू प्रकाशित नगर्न र प्रेस आचारसंहिताको पालना गर्न आग्रह गरेको छ ।
 


प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  १७:१६
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि बिहीबार, माघ १५, २०८२
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत बुधबार, माघ ७, २०८२
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी
माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै उजुरी बुधबार, माघ ७, २०८२
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने
पूर्वराजा ज्ञानेन्द्र शाह माघ १२ गते जनकपुर जाने बुधबार, माघ ७, २०८२
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता
ललितपुरको तीन निर्वाचन क्षेत्रमा ७४ जनाको उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड
जनभावनाअनुसार रुकुम पूर्वबाट उम्मेदवार बनेको हुँ : प्रचण्ड बुधबार, माघ ७, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
पुल व्यवस्थापनलाई डिजिटल बनाउने तालिम सुदूरपश्चिममा सम्पन्न
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्