काठमाडौँ ।
उपभोक्ता अधिकारको क्षेत्रमा सक्रिय रहेको संस्था उपभोक्ता हित संरक्षण मञ्च नेपालले आफ्नो ३०औँ वार्षिक साधारण सभा सम्पन्न गरी नयाँ नेतृत्व चयन गरेको छ । शनिबार काठमाडौँमा सम्पन्न भएको साधारण सभाबाट वरिष्ठ अधिवक्ता ज्योति बानियाँ पुनः मञ्चको अध्यक्षमा निर्वाचित भएका छन् । मञ्चको उपाध्यक्षहरूमा घनपति ढुंगेल (कैलाली), सुवर्णप्रभा गुरागाई (भक्तपुर), मेघराज श्रेष्ठ (मोरङ), अजय अधिकारी (पर्सा), बासुप्रसाद खतिवडा (मकवानपुर), तेजकुमार पाठक (रुपन्देही), र भुवनप्रसाद निरौला (काठमाडौँ) निर्वाचित भएका छन् ।
महासचिवमा वरिष्ठ अधिवक्ता बिष्णुप्रसाद तिमिल्सिना (ललितपुर) र उपमहासचिवमा अधिवक्ता श्रृगऋषि काफ्ले (काठमाडौँ) चयन भएका छन् ।
त्यस्तै सचिवहरूमा वसन्त गौतम (बाँके), जयप्रसाद पौडेल (भक्तपुर), सरस्वती शर्मा (परासी), सरस्वती ढकाल (ललितपुर) र श्याम महर्जन (ललितपुर) रहेका छन् । कोषाध्यक्षमा पोषकलाल श्रेष्ठ (काठमाडौँ) र सह–कोषाध्यक्षमा सत्यनारायण डंगोल (काठमाडौँ) चयन भएका छन् ।
मञ्चको केन्द्रीय सदस्यहरूमा महेश खड्का (मोरङ), जिवत्स चौधरी (सिराहा), बटुकनाथ झा (धनुषा), अजित भुजेल (पर्सा), लक्ष्मी अर्याल (भक्तपुर), कुमार लगुन (दोलखा), सुर्यबहादुर बोहरा (चितवन), इन्द्र भुजेल (सिन्धुली), चिन्तामणि पौडेल (दाङ), कृष्ण रिमाल (लमजुङ) र राम बिष्ट (मकवानपुर) चयन भएका छन् ।
साधारण सभामा उपभोक्ता अधिकार, बजारको निश्पक्ष अनुगमन, गुणस्तरीय सामग्रीको प्रवद्र्धन, निष्पक्ष व्यापार र राज्यको भूमिकासम्बन्धी विषयमा पनि विस्तृत छलफल गरिएको थियो ।
मञ्चले आगामी दिनमा उपभोक्ताको हित संरक्षणका लागि देशभर अभियान सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ ।