Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
राष्ट्रिय
  • Home
  • राष्ट्रिय
  • दीपक मनाङेको सांसद पद चट !
दीपक मनाङेको सांसद पद चट !
स्टार बुलेटिन
स्टार बुलेटिन बिहीबार, असार ५, २०८२

काठमाडौं ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले ज्यान मार्ने प्रयास कसुरमा दोषी ठहर भएका गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङको सांसद पद मुक्त हुने फैसला गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाल र कुमार चुडाल रहेको संवैधानिक इजलासले मनाङेको सांसद पद बुधबारदेखि बदर भएको निर्णय गरेको हो । अदालतले मनाङेलाई उम्मेदवार हुनसमेत अयोग्य भएको ठहर गरेको छ ।

उम्मेदवार बन्न अयोग्य मनाङे सांसद भएर पटक–पटक मन्त्री

रिट निवेदनमा उनी निर्वाचित भएको मितिदेखि नै लागू हुनेगरी पदमुक्त गर्नुपर्ने दाबी थियो, जसमाथि सर्वोच्च अदालतले आंशिक सम्बोधन गरेको हो । अधिवक्ता वीरेन्द्रराज कार्कीले झुटो विवरण बुझाएर निर्वाचित भएकाले उनको पद खारेज हुनुपर्ने माग गरेका थिए ।

तर, त्यसबखत फैसला अन्तिम नभइसकेको र सर्वोच्चमा पुनरावलोकनका क्रममा रहेका कारण निर्वाचन लड्न अयोग्य नभइसकेको तर त्यसपछि सर्वोच्चबाट अन्तिम फैसला भएकाले अब उनी पदमा रहन नपाउने संवैधानिक इजलासको निष्कर्ष छ । सांसद पद खारेज भएसँगै अब निर्वाचनसम्बन्धी कानुनअनुसार अब निर्वाचन आयोगले मनाङ–२ मा उपनिर्वाचन गर्नुपर्नेछ ।

उनी २०७९ को प्रदेशसभा निर्वाचनताका अयोग्य रहेको तर अहिले उनले योग्यता गुमाएको इजलासको ठहर छ । उनको ५ वर्ष कैद भएको मानेर बुधबारदेखि सांसद पद बदर भएको हो । मनाङे हाल ज्यान मार्ने उद्योगको मुद्दामा सर्वोच्चबाटै दोषी ठहर भएर डिल्लीबजार कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

२० कात्तिक २०८१ मा सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले उनलाई ५ वर्ष कैदमा राख्नुपर्ने उच्च अदालत पाटनको फैसला सदर गरिदिएको थियो । यसअघि उनी उच्चकै फैसला कार्यन्वयनका लागि ६ वैशाख २०७५ मा पक्राउ परेका थिए । तर, ८ महिनामै कैदमुक्त भएपछि दुईपटक गण्डकी प्रदेश सांसदमा निर्वाचित भएका मनाङे ६ पटक मन्त्रीसमेत बने ।

६ वैशाख २०७५ मा पक्राउ पर्नुपहिले नै उनी सांसदमा निर्वाचित भइसकेका थिए । तर, शपथ खान पाएका थिएनन् । प्रहरीले उनलाई फरार सूचीमा राखेको थियो । २०७४ सालको निर्वाचनमा उनी मनाङबाट प्रदेशसभामा निर्वाचित भए । उनलाई पहिलोपटक सांसदमा निर्वाचित हुँदा नेकपा एमालेले साथ दिएको थियो । एमालेको साथ पाएपछि नेपाली कांग्रेसका कर्म गुरुङलाई पराजित गर्दै उनी पहिलोपटक सांसदमा निर्वाचित भएका थिए ।

मनाङेले १२ वर्षअघि चक्रे मिलनलाई खुँडा प्रहार गरेका थिए
चक्रे मिलन भनेर चिनिने मिलन गुरुङ १३ वैशाख २०६१ मा आफ्ना साथीहरूसँग महाराजगन्जस्थित चुफाङ रेस्टुरेन्टमा खाना खाँदै थिए । त्यहीबेला दीपक मनाङे नेतृत्वको टोलीले उनीमाथि खुँडा प्रहार गरेको थियो । १३ वैशाख २०६२ मा उनी पक्राउ परेका थिए । खुँडा प्रहार छेक्ने क्रममा चक्रे मिलनको देब्रे हात पुरै छिनेको थियो । उनलाई तत्काल त्रिवि शिक्षण अस्पताल पु-याएर उपचार गरी हात जोडिएको थियो । घटनापछि चक्रे मिलनकी पत्नी इन्दिरा गुरुङले प्रहरीमा जाहेरी दिएकी थिइन् ।

घटनाको एक वर्षपछि मात्रै प्रहरीले दीपक मनाङेको समूहमाथि मुद्दा चलायो । जिल्ला अदालत काठमाडौंले उनीमाथि अंगभंग गराएको आरोपमा २ वर्ष कैद सजाय सुनायो । २०६३ माघमा जिल्ला अदालतले फैसला गरेपछि २ वर्षको कैद भुक्तान गरेर उनी थुनामुक्त भएका थिए । तत्कालीन पुनरावेदन अदालत पाटनले चक्रे मिलनको हात छिनालेको घटनालाई अंगभंग हुनेगरीको आक्रमण मान्न तयार भएन । उसले ज्यान मार्ने उद्योग नै ठहर ग¥यो ।

राजधानीको सुविधासम्पन्न स्थानमा अस्पतालनजिक रहेको अवस्थामा घटना भएकाले ज्यान जोगिएको भन्दै पुनरावेदन अदालत पाटनले अन्यत्र भए ज्यान जाने स्थिति रहेको भन्दै घटनालाई ज्यान मार्ने प्रयास (ज्यान मार्ने उद्योग)को ठहर ग¥यो । पुनरावेदन अदालतले २८ साउन २०६९ मा जिल्लाको फैसला उल्ट्याउँदै ५ वर्षको कैद सजाय तोक्यो । फैसलापछि दीपक मनाङे गायब भए । न उनले कारागारमा आत्मसमर्पण गरे, न फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नै दिए । उनले २०७४ सालमा एमालेका तर्फबाट उम्मेदवारी दिए र गण्डकी प्रदेशसभामा सांसद निर्वाचित भए ।

प्रदेश सांसद भइसकेपछि २३ वैशाख २०७५ मा उनले पुनरावेदन अदालतबाट भएको फैसलाविरुद्ध मुद्दा ‘दोहो¥याई पाऊँ’ भनी निवेदन दिए । करिब ६ वर्षसम्म आफूलाई फैसला’bout थाहा नभएको भनी उनले ढिलो गरी पुनरावेदन दर्ता गरेका थिए । उनको त्यो जिकिरलाई सर्वोच्च अदालतले स्वीकार गरेर पुनरावेदनको निवेदन अघि बढायो ।


प्रकाशित मिति: बिहीबार, असार ५, २०८२  ०७:३४
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु
कुवेतमा विषाक्त मदिरा सेवनका कारण ७ नेपालीसहित २३ मृत्यु शुक्रबार, साउन ३०, २०८२
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त
जोशी, राणा र श्रेष्ठ बोर्ड अफ ट्रेडको विज्ञ सदस्यमा नियुक्त बुधबार, साउन १४, २०८२
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण आइतबार, साउन ११, २०८२
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर
१७ वर्षदेखि जलेको शरीर लिएर हिँडिरहेका गौरीशंकर सोमबार, असार २३, २०८२
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण
श्रमदानको भुक्तानी रोकिएपछि प्रशासकीय अधिकृतलाई हर्क साम्पाङले सोधे स्पष्टीकरण शनिबार, असार २१, २०८२
‘दैलेखको ग्यास र धौवादीको फलाम यसै सरकारको पालामा उपयोग गर्न पाइन्छ’
‘दैलेखको ग्यास र धौवादीको फलाम यसै सरकारको पालामा उपयोग गर्न पाइन्छ’ बुधबार, असार ११, २०८२
banijya bibhag banijya bibhag
लोकप्रीय
  • Week
  • Month
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
अनमी पुजारासँग मन्त्री भण्डारीको फोन संवाद, स्वास्थ्य सेवा र पूर्वाधार विकासको प्रतिबद्धता
जोशीको बैंक खाताबाट पैसा गायब 
जोशीको बैंक खाताबाट पैसा गायब 
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
१३ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसमा समायोजन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
इभी भविष्यका लागि पूर्वाधार निर्माणमा शशीला मोटर्सको ऐतिहासिक अग्रसरता
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
नेपाली मिडियाकर्मी बस्नेतलाई अमेरिकाबाट ‘मिडिया लिडर अफ द इयर’ अवार्ड
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2025 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्