काठमाडौँ ।
नेपाली कांग्रेसभित्र दोस्रो, तेस्रो, चौथो र पाँचौं पुस्ताबीच आन्तरिक संघर्ष र अभ्यास तीव्र बन्दै गएको सन्दर्भमा पार्टीका युवा नेता तेज चन्दले पार्टी सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको अभिभावकीय भूमिकाको आवश्यकता औंल्याएका छन् ।
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति सदस्य रहेका चन्दले सोशल मिडियामा स्टाटसमार्फत लेखेका छन्, “नेपाली कांग्रेसभित्र दोस्रो, तेस्रो, चौथो र पाँचौं न्भ्ल्–श् पुस्ताबीचको आन्तरिक संघर्ष र अभ्यासलाई हेर्दा फेरी एक चोटि देशलाई निकास र कांग्रेसलाई एकढिक्का बनाएर आउँदो निर्वाचनमा सहभागी हुन शेरबहादुर देउवा ज्युको अभिभावकीय नेतृत्वको भूमिका अति आवश्यक महशुस हुँदै गएको छ ।”
उनका अनुसार अब देउवा न त आम निर्वाचनमा प्रत्यक्ष उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्ने मनसायमा छन्, न त समानुपातिक सूचिमा बस्ने तयारीमा। बरु उनले अब पार्टीका मार्गदर्शक र ऐतिहासिक अभिभावकको भूमिकामा आफूलाई स्थापित गर्नुपर्ने बेला आएको बताएकाछन् ।
चन्दले आफ्नो स्टाटसमा लेखेका छन्, “अहिलेको अवस्था देउवा आऊ, कांग्रेस बचाऊ मात्र ।”
पछिल्ला दिनमा कांग्रेसभित्र देखिएको नेतृत्व हस्तान्तरणको बहस र संगठनभित्रको असन्तुलनबीच युवा नेताहरूबाट देउवाको नेतृत्वमा एकता र स्थिरताको आह्वान आउनु राजनीतिकरूपमा अर्थपूर्ण संकेतको रूपमा लिइएको छ ।