Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
खेल
  • Home
  • खेल
  • बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
बंगलादेश नखेले नेपालसहित चार टोलीलाई सिधै २–२ अंक
स्टार बुलेटिन
स्टार बुलेटिन बुधबार, पुस २३, २०८२

काठमाडौँ । टी–२० विश्वकप अन्तर्गत आफ्ना खेलहरू भारतबाहिर सार्न बंगलादेशले गरेको अनुरोधलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले अस्वीकार गरेको छ । मङ्गलबार भएको भर्चुअल वार्तामा आइसीसीले बंगलादेश क्रिकेट बोर्ड (बिसिबी) ले राखेको प्रस्ताव खारेज गरिदिएको हो ।

क्रिकइन्फोका अनुसार सुरक्षा चिन्तालाई आधार बनाउँदै आइसीसीले बंगलादेशका खेल भारतबाहिर सार्न नसकिने स्पष्ट पारेको छ । साथै, भारतमा टोली नपठाए बंगलादेशले अंक गुमाउने चेतावनीसमेत आइसीसीले दिएको बताइएको छ ।

यद्यपि, बीसीबीले भने आइसीसीबाट औपचारिक रूपमा यस्तो कुनै अल्टिमेटम नआएको दाबी गरेको छ । मङ्गलबारको वार्ताबारे बीसीसीआई र बीसीबी दुवैले हालसम्म कुनै आधिकारिक विज्ञप्ति जारी गरेका छैनन् । बीसीबीले भारतबाहिर खेल सार्न प्रस्तावसहित पत्र पठाएपछि आइसीसीले यो बैठक आयोजना गरेको थियो ।

२० टोली सहभागी प्रतियोगिता फेब्रुअरी ७ बाट भारत र श्रीलङ्कामा सुरु हुँदैछ । प्रतियोगिता सुरु हुन एक महिना बाँकी रहँदा यस्तो जटिलता देखिएको हो । समूह चरणमा रहेको बंगलादेशले आफ्ना सुरुवाती तीन खेल कोलकातामा खेल्ने तालिका छ । तालिकाअनुसार बंगलादेशले फेब्रुअरी ७ मा वेस्ट इन्डिजसँग, फेब्रुअरी ९ मा इटालीसँग, फेब्रुअरी १४ मा इङ्ल्यान्डसँग कोलकातामा तथा अन्तिम समूह खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग खेल्नुपर्नेछ ।

यदि बंगलादेशले भारतमा आएर खेल्न अस्वीकार गरेमा समूह चरणका सबै खेलहरू गुमाउनेछ । त्यस अवस्थामा बंगलादेशसँग खेल्नुपर्ने नेपालसहित चारै टोलीले यत्तिकै २–२ अंक पाउनेछन् । बंगलादेश नखेल्दा समूह चरणमा नेपालको एउटा प्रतिस्पर्धी कम हुनेछ, तर एक टेस्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्ने अवसर भने गुम्नेछ ।

बंगलादेश नखेलेको अवस्थामा नेपालका प्रतिस्पर्धीहरू इङ्ल्यान्ड, इटाली र वेस्ट इन्डिज रहनेछन् । यीमध्ये इटाली नेपालभन्दा कमजोर मानिन्छ । इटालीलाई हराएर वेस्ट इन्डिजविरुद्ध ‘सरप्राइज जित’ निकाल्न सके नेपालका लागि सुपर–८ मा पुग्ने ढोका खुल्न सक्ने विश्लेषण गरिएको छ । बंगलादेश खेलेमा भने समूह प्रतिस्पर्धा थप पेचिलो हुनेछ ।

यसबीच, भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले बंगलादेशी फास्ट बलर मुस्तफिजुर रहमानलाई रिलिज गर्न कोलकाता नाइट राइडर्सलाई निर्देशन दिएपछि बंगलादेश असन्तुष्ट बनेको बताइएको छ । फ्रेन्चाइजले डिसेम्बरमा भएको आईपीएल लिलामीमा मुस्तफिजुरलाई ९.२ करोड भारतीय रुपैयाँमा किनेको थियो ।

बीसीसीआई सचिव देवजित सैकियाले मुस्तफिजुरलाई रिलिज गर्न भनिएको जानकारी दिए पनि त्यसको कारण खुलाएका छैनन् । मुस्तफिजुर २०२६ सिजनका लागि विकेका एकमात्र बंगलादेशी खेलाडी हुन् । आईपीएल गभर्निङ काउन्सिलले यस विषयमा औपचारिक बैठक नगरेको बुझिएको छ, जसका कारण निर्णय प्रक्रियामाथि प्रश्न उठिरहेका छन् ।


प्रकाशित मिति: बुधबार, पुस २३, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्
थप खेल
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश
एनपीएल-२ : विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा प्रवेश मंगलबार, मंसिर २३, २०८२
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित
सुदूरपश्चिमको अपराजित यात्रा कायमै, लुम्बिनी ७ विकेटले पराजित बिहीबार, मंसिर ११, २०८२
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित
एनपीएल–२ः विराटनगर किंग्सको लगातार दोस्रो जित शनिबार, मंसिर ६, २०८२
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात
कैलालीमा मदन भण्डारी कप फुटबल प्रतियोगिता सुरु, सहाराको विजयी सुरुवात सोमबार, कात्तिक ३, २०८२
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित
टी-२० विश्वकप छनोटमा ओमानविरुद्ध नेपालको शानदार जित बिहीबार, असोज ३०, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
'आ बाट आमा' चलचित्रको २० दिन पुरा, १० करोडको व्यापार 
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
कांग्रेसका वडा उपसभापति एमालेमा प्रवेश
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्