Top Navigation
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • इतिहास
    • पृष्ठभूमि
  • Our Team
  • रेडियो सेभेनस्टार
  • स्टार टिभि
Star Bulletine
Shalt Shalt
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • राष्ट्रिय
  • प्रदेश समाचार
  • मनोरञ्जन
  • पर्यटन
  • अन्य
    • कला/साहित्य
    • खेल
    • बिश्व
    • विचार
    • प्रतिनिधि र प्रदेश सभा निर्वाचन २०७९
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
Search Here
प्रदेश समाचार
  • Home
  • प्रदेश समाचार
  • स्थानीय तह निर्वाचन : यी १० भाग्यमानी उम्मेदवार, जसले १ मतले चुनाव जिते 
स्थानीय तह निर्वाचन : यी १० भाग्यमानी उम्मेदवार, जसले १ मतले चुनाव जिते 
स्टार बुलेटिन
स्टार बुलेटिन मंगलबार, जेठ ३, २०७९

वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । मतपरिणाम आउने क्रममा विभिन्न रोचक आँकडाहरू पनि आइरहेका छन् । त्यसक्रममा केही स्थानीय तहमा मात्रै १ मतले चुनाव जित्नेहरू पनि छन् । यी हुन त्यस्ता १० भाग्यमानी उम्मेदवार जसले मात्रै १ मतका कारण चुनाव जितेका छन् । 

१) ताप्लेजुङको सिदिङ्वा गाउँपालिका उपाध्यक्षमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका कृष्णकुमारी कडरिया १ मतले विजयी भएकी छन् ।  उनले २ हजार ३ सय ७६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार जीवनकुमार चाम्लिङले २  हजार ३ सय ७५ मत पाएका छन् । 


२) काभ्रेमा ३ स्थानीय तहका ३ वडामा एक–एक मतान्तरले वडाध्यक्षमा विजयी भएका छन् । तेमाल गाउँपालिका वडा नम्बर १ मा एमालेका इन्द्र अधिकारी १ मतले विजयी भएका छन् । उनले ५ सय ३१ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी काँग्रेसका कालदास तामाङले ५ सय ३० मत पाएर   पराजित भएका छन् । 


३) काभ्रेको खानीखोला गाउँपालिका वडा नम्बर १ मा माओवादी केन्द्रका सन्तमान थिङ १ मतले विजयी भए । उनले ५ सय ४८ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका आसाराम गोलेले ५ सय ४७ मत प्राप्त गरी पराजित भए ।


४) काभ्रेको चौरीदेउराली गाउँपालिका वडा नम्बर १ मा काँग्रेसका सुशिल लामा पनि १ मतले विजयी भए । उनले ४ सय २ मत पाउँदा माओवादी केन्द्रका राजु आलेले ४ सय १ मत पाएर पराजित भए ।  


५) अर्घाखाँचीको मालारानी गाउँपालिका–६ हंसपुरको वडाध्यक्षमा एमालेका नारायणप्रसाद अर्याल १ मतले विजयी भएका छन् । अर्याल ८ सय ४९ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उदयबहादुर पुन मगर ८ सय ४८ मत ल्याएर पराजित भए ।  


६) पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर ३ को अध्यक्षमा काँग्रेसका जयप्रकाश चौरसिया १ मतले विजयी भएका छन् । उनले १ हजार १ सय ८५ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका हनिफ मियाँ जोलाहाले १ हजार १ सय ८४ मत पाएर पराजित भएका छन् ।  


७) गुल्मीको कालिगण्डकी गाउँपालिका २ मा काँग्रेसका उम्मेदवार रेशमराज न्यौपानेले एक मतले वडाध्यक्षमा विजयी भएका छन् । उनले ७ सय ५६ मत पाउँदा माओवादी–एमाले गठबन्धनका उम्मेदवार शोभाखर न्यौपाने ७ सय ५५ मत ल्याएर पराजित भए । 

८) महोत्तरीको महोत्तरी गाउँपालिका–१ मा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रञ्जितकुमार चौधरी १ मतले विजयी भए । उनले ३ सय ६६ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका मोहम्मद अनामुल राइनले ३ सय ६५ ल्याएर पराजित भए । 

९) महोत्तरीको बर्दिवास नगरपालिका–१४ मा स्वतन्त्र उम्मेदवार विजयकुमार महतो १ मतले विजयी भएका छन् । महतोले ५ सय ८ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका भरत हमाल ५ सय सात मत ल्याएर पराजित भए । 

१०) महोत्तरीको बर्दिवास–७ मा पनि स्वतन्त्र उम्मेदवार रामस्वगारथ यादव १ मतले विजयी भएका छन् । उनले ७ सय २७ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी  माओवादी केन्द्रका सुरेन्द्रकुमार सिंह कोइरी ७ सय २६ मत ल्याएर पराजित भएका छन् । 

 श्रोत : रातोपाटी 


प्रकाशित मिति: मंगलबार, जेठ ३, २०७९  २०:१८
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश समाचार
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु बिहीबार, माघ २२, २०८२
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय आइतबार, माघ १८, २०८२
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै शनिबार, माघ १०, २०८२
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश सोमबार, माघ ५, २०८२
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने
रास्वपा सचिवालय बैठक आज, १० महत्वपूर्ण कार्यसूचीमा छलफल हुने मंगलबार, पुस २२, २०८२
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै
रेशम चौधरीको आममाफीविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै सोमबार, पुस २१, २०८२
NOC Ad NOC Ad
लोकप्रीय
  • Week
  • Month
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
“सेन्चुरी हिमालयन साल्ट” नामक एक केजी नुन १८५ रुपयाँमा बिक्रि
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, ८ जनाको मृत्यु
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
गाउँपालिकाका निमित्त प्रशासकीय अधिकृतलाई ५१ किलोको मालाले स्वागत
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
रास्वपा डिलासैनीका 'खम्बा' लोकेश एमाले प्रवेश
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
"देश जलाउने होइन, देश बनाउने शक्तिलाई साथ दिन्छु" भन्दै दीपक एमालेमा सक्रिय
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
सीप विकासमा अग्रणी भुमिका खेल्दै आएको 'नेपाल सुनचाँदी व्यवसायी संघ' सम्मानित
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
बैतडी समाज कैलालीद्वारा रक्तदान महोत्सवको १७औँ संस्करण फागुन ९ गते आयोजना हुँदै
Shalt Shalt
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us सूचना विभाग दर्ता नं. 3412-2078/79
Email: [email protected]
URL: starbulletine.com
[email protected]

Phone

Marketing: 9848832403
समाचार शाखा: 095410027
Team
प्रकाशन जीत मिडिया एण्ड इन्टरटेन्मेण्ट प्रा.लि.
व्यवस्थापक अमर राज भट्टराई
सम्पादक सीपी लोहिया
सह–सम्पादक कृष्ण बिष्ट
डेस्क सम्पादक डम्बरबाबु बोहरा
Follow us on Twiitter
Like us on Facebook
Star Bulletine
© 2026 Star Bulletine. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्